Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

मध्यावधि निर्वाचनमा हारपछि भान्स राष्ट्रपति चुनावबाट पछि हट्ने संकेत

Share:WhatsAppFacebookX (Twitter)Telegram
मध्यावधि निर्वाचनमा हारपछि भान्स राष्ट्रपति चुनावबाट पछि हट्ने संकेत
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । अमेरिकी रिपब्लिकन पार्टीले मध्यावधि निर्वाचनमा ठूलो हार बेहोरेपछि उपराष्ट्रपति जेडी भान्स सन् २०२८ मा हुने राष्ट्रपति निर्वाचनबाट पछि हट्नेबारे विचार गरिरहेको चर्चा सुरु भएको छ । सीएनएनको रिपोर्टअनुसार इरानसँग जारी युद्ध, पार्टीभित्र बढ्दो मतभेद र ‘मागा’ आन्दोलनको भविष्यबारे अनिश्चितताका कारण भान्स आफ्नो राजनीतिक भविष्यलाई लिएर अन्योलमा छन् । यद्यपि, उनले राष्ट्रपति निर्वाचन नलड्नेबारे कुनै अन्तिम निर्णय गरिसकेका छैनन् । भान्सका निकट सहयोगीहरूका अनुसार इरानसँगको युद्ध उनको राष्ट्रपति बन्ने आकाङ्क्षाका लागि ठूलो चुनौती बनेको छ । युद्ध जारी रहे सन् २०२८ मा रिपब्लिकन पार्टीका कुनै पनि उम्मेदवारलाई चुनाव जित्न कठिन हुने उनीहरूको बुझाइ छ । मध्यावधि निर्वाचनमा पार्टीले हार बेहोरेपछि भान्सले सामाजिक सञ्जालमार्फत युद्धलाई हारको प्रमुख कारण बताएका थिए । उनले युद्ध अन्त्य गर्ने, महँगी नियन्त्रण गर्ने र घरेलु समस्यालाई प्राथमिकता दिनुपर्ने बताएका थिए । उनको अभिव्यक्तिप्रति राष्ट्रपति डोनाल्ड ट्रम्प असन्तुष्ट बनेको सीएनएनले उल्लेख गरेको छ । यसैबीच, फ्लोरिडाका गभर्नर रोन डेसान्टिस, टेक्सासका सिनेटर टेड क्रुज र जर्जियाका गभर्नर ब्रायन केम्प पनि सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन् । भान्सका समर्थकहरूले भने उनी चुनावी प्रतिस्पर्धामा उत्रिए रिपब्लिकन पार्टीको प्रारम्भिक छनोटमा बलियो बन्न सक्ने विश्वास व्यक्त गरेका छन् । The post मध्यावधि निर्वाचनमा हारपछि भान्स राष्ट्रपति चुनावबाट पछि हट्ने संकेत appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
Latest NewsJust now

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

काठमाडौँ । ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक एवं वरिष्ठ पत्रकार कमलप्रसाद रिजाललाई रु २५ हजार राशिको मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान अर्पण गर्ने निर्णय गरेको छ । सो प्रतिष्ठान कार्य... ...

रातोपाटी
स्पेसएक्सको स्टारसिप पहिलोपटक ‘चपस्टिक्स’को सहायताले सुरक्षित अवतरण
Latest NewsJust now

स्पेसएक्सको स्टारसिप पहिलोपटक ‘चपस्टिक्स’को सहायताले सुरक्षित अवतरण

काठमाडौं । अन्तरिक्ष विज्ञान र एलन मस्कको अन्तरिक्ष अभियानको इतिहासमा स्पेसएक्सले एक ऐतिहासिक सफलता हासिल गरेको छ । लामो र चुनौतीपूर्ण अन्तरिक्ष यात्रापछि कम्पनीको स्टारसिप अन्तरिक्षयान प्रक्षेपण टावरमा जडित यान्त्रिक पाखुरा (चपस्टिक्स)को सहायताले सुरक्षित रूपमा समातिएको छ । यो सफलताले अन्तरिक्षयात्रीलाई चन्द्रमा र मंगल ग्रहसम्म पुर्‍याउने लक्ष्यतर्फ ठूलो प्राविधिक उपलब्धि हासिल भएको छ । यस परीक्षण उडानका मुख्य उपलब्धि र चुनौतीहरूमा ...

केन्द्रबिन्दु
राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटमा छठ पूजा गर्न जाने
Latest NewsJust now

राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटमा छठ पूजा गर्न जाने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार दिउँसो ४ बजे गौरीघाटमा छठको पूजा गर्न जाने कार्यक्रम तय भएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटस्थित छठ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play