Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त
Photo / Coverage: नेपालन्युज

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो कडा आप्रवासन नीतिका प्रमुख योजनाकार स्टिफन मिलरलाई नयाँ चिफ अफ स्टाफ (प्रमुख कर्मचारी) नियुक्त गरेका छन् । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेपछि मिलरको नियुक्तिलाई ट्रम्प प्रशासन थप आक्रामक रूपमा प्रस्तुत हुने संकेतका रूपमा हेरिएको छ । एकचालिस वर्षीय मिलरले सुसी वाइल्सको स्थान लिनुहुनेछ । यस साताको सुरुमा डेमोक्रेटिक पार्टीको उल्लेखनीय जितपछि ह्वाइट हाउसबाट बाहिरिने वाइल्स पहिलो उच्चपदस्थ अधिकारी बनेका छन् । ह्वाइट हाउसका एक अधिकारीका अनुसार उनले बिहीबार राति नै राजीनामा दिएका थिए। मिलर ट्रम्पका निकट र विश्वासिला सहयोगी छन् । उनले ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिअनुरूप कडा आप्रवासन नीतिको वकालत गर्दै आएका छन् । नीतिसम्बन्धी उपप्रमुख र आन्तरिक सुरक्षा सल्लाहकारका रूपमा उनी राष्ट्रपतिको दोस्रो कार्यकालमा अघि बढाइएको बृहत् देशनिकाला कार्यक्रमका प्रमुख योजनाकार थिए । आप्रवासन अधिकारीहरूले गत जनवरीमा मिनियापोलिसमा दुई प्रदर्शनकारीको गोली हानी हत्या गरेपछि मिलरको व्यापक आलोचना भएको थियो । उनले ती अधिकारीहरूको बचाउ गरेका थिए । उक्त घटनापछि अमेरिकाका विभिन्न स्थानमा विरोध प्रदर्शन भएका थिए । डेमोक्रेटिक पार्टीका अल्पमत नेता चक शुमरले मिलरको नियुक्तिको आलोचना गर्दै उनी प्रशासनका कठोर नीतिका प्रमुख योजनाकार भएको टिप्पणी गरेका छन् । उनले डेमोक्रेटिक पार्टीले मिलरका कदमको हरेक तहमा विरोध गर्ने बताएका छन् । मिलरको नियुक्तिबारे पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले परिवर्तन आवश्यक भएकाले यस्तो निर्णय गरेको बताए। उनले मिलरलाई उत्कृष्ट योद्धा र सुरुदेखिकै विश्वासिलो सहयोगीका रूपमा प्रशंसा गरे । यसअघि ट्रम्पले वाइल्सले उत्कृष्ट काम गरेको भन्दै उनी अब आफ्नो राजनीतिक अभियानमा संलग्न हुने बताएका थिए। वाइल्स ह्वाइट हाउसको चिफ अफ स्टाफ बन्ने पहिलो महिला थिए । उनले ट्रम्पको पहिलो कार्यकालमा देखिएको कर्मचारीबीचको कलह र अव्यवस्थालाई दोस्रो कार्यकालमा नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । वाइल्सले सामाजिक सञ्जाल एक्समा ह्वाइट हाउसमा ट्रम्पको सेवा गर्न पाउनु आफ्नो जीवनकै ठूलो सम्मान भएको बताउँदै शुक्रबार आफ्नो अन्तिम कार्यदिन रहेको जानकारी दिएका थिए । यसैबीच, ट्रम्पले सीबीएस न्युजको कार्यक्रम ‘६० मिनेट’ का लागि दिएको अन्तर्वार्तामा प्रशासनमा थप केही कर्मचारी परिवर्तन गर्न सक्ने संकेत गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रचण्डको टिप्पणी- राज्यमा विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति हाबी भयो
Latest NewsJust now

प्रचण्डको टिप्पणी- राज्यमा विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति हाबी भयो

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले राज्यमा विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति हाबी भएको बताएका छन् । शनिबार काठमाडौंमा दीपेन्द्र रोकाया र मोहन दास मानन्धरद्वारा लिखित ‘कर्णाली उपेक्षा र उज्यालो’ पुस्तक लोकार्पण गर्दै प्रचण्डले विगतमा बर्षमा भएको सुशासन र बिकासका क्षेत्रमा केहि पनि काम भएन भन्ने विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति राज्यमा हाबी भएको बताएका हुन् । उनले आफ्नो नेतृत्वको ...

केन्द्रबिन्दु
'सरकारले काम गरिरहेको छ, गौतमबुद्ध विमानस्थल चाँडै चल्छ'
Latest NewsJust now

'सरकारले काम गरिरहेको छ, गौतमबुद्ध विमानस्थल चाँडै चल्छ'

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद पुनमकुमारी अग्रवालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालनमा आउने बताएकी छन् । विमानस्थल सञ्चालनका लागि सरकारले आन्तरिक तयारी र कूटनीतिक पहल गरिरहेको... ...

रातोपाटी
बाढीपीडितले छोड्न थाले गुम्बा, गृहमन्त्रीको आश्वासनले रूष्ट (फोटो फिचर)
Latest NewsJust now

बाढीपीडितले छोड्न थाले गुम्बा, गृहमन्त्रीको आश्वासनले रूष्ट (फोटो फिचर)

काठमाडौं । काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ गुम्बामा दुई महिनादेखि आश्रित भोटेकोसी बाढीपीडितले आश्रयस्थल छोड्न थालेका छन् । गुम्बा व्यवस्थापनले लामो समय भइसकेको र अब आफ्नै व्यवस्थापन गर्न भनेपछि पीडितहरू शनिबारदेखि अन्यत्र सर्न थालेका हुन् । गुम्बा छोडेका बाढीपीडित तत्कालका लागि काठमाडौंमा आफन्तकहाँ बस्ने र तिहारपछि रसुवा फर्कने योजनामा छन् । सरकारले नगरे पनि टिमुरेमाथि खैदे डाँडामा बासस्थानको व्यवस्था गर्ने उनीहरूको भनाइ छ । ...

कर्पोरट खबर
दरबारमार्गमा काग सम्मेलन, सयौँ काग एकै ठाउँमा भेला
Latest NewsJust now

दरबारमार्गमा काग सम्मेलन, सयौँ काग एकै ठाउँमा भेला

काठमाडौँ। यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारका अवसरमा आज काठमाडौँस्थित नारायणहिटी दरबारअगाडि ‘काग सम्मेलन’ आयोजना गरिएको छ। कागको संरक्षण, पर्यावरणीय सन्तुलन कायम राख्न यसको भूमिका तथा नेपाली मौलिक संस्कृतिमा कागको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय सङ्गीतकर्मी सङ्घले २३औँ काग सम्मेलन आयोजना गरेको हो। सम्मेलनमा कलाकार रमेश दुलालले कागको आवाज निकालेर विभिन्न स्थानमा रहेका सयौँ कागलाई एकै ठाउँमा भेला पार्नुभएको थियो। ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play