मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो

काठमाडौँ । अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई संसद्मा बहुमत जोगाउन चुनौती देखिएको छ । सार्वजनिक भएका १० प्रमुख सर्वेक्षणमध्ये नौवटामा रिपब्लिकन पार्टी पछाडि रहेको बताइएको छ । महँगी, इरानसँगको युद्ध र ट्रम्पको घट्दो लोकप्रियताले पार्टीलाई दबाबमा पारेको छ। विभिन्न सर्वेक्षणअनुसार ट्रम्पको कार्यशैलीप्रति ३० देखि ३६ प्रतिशत अमेरिकी मात्रै सन्तुष्ट छन् । अमेरिकामा खाद्यान्न, घरभाडा र इन्धनको मूल्यवृद्धिले सर्वसाधारणको खर्च बढाएको छ । सर्वेक्षणमा सहभागी अधिकांश अमेरिकीले वस्तुको मूल्य आफ्नो आम्दानीभन्दा तीव्र गतिमा बढिरहेको बताएका छन् । इरानसँगको युद्ध र विदेश नीतिप्रति पनि असन्तुष्टि बढेको सर्वेक्षणहरूले देखाएका छन् । ट्रम्पको लोकप्रियता घटेपछि रिपब्लिकन पार्टीका केही उम्मेदवारले समेत उनका नीतिबाट दूरी बनाउन थालेका छन् । मध्यावधि निर्वाचनमा विपक्षी डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा वा सिनेटमध्ये कुनै एक वा दुवै सदनमा बहुमत हासिल गरे ट्रम्पलाई आफ्नो नीति कार्यान्वयन गर्न कठिन हुन सक्ने विश्लेषण भइरहेको छ । The post मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी
वासिङटन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई देशबाट निष्कासन नगरे युरोपको अस्तित्व संकटमा पर्ने चेतावनी दिएका छन्। उनले फ्रान्ससहित युरोपका विभिन्न देशमा देखिएको अशान्तिको मुख्य कारण आप्रवासन भएको दाबी गरेका छन्। ह्वाइट हाउस बाहिर सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले फ्रान्सको समस्या शिक्षा वा घरेलु नीतिसँग नभई आप्रवासनसँग सम्बन्धित रहेको बताए। उनले फ्रान्सेली राष्ट्रपति इमानुएल ...

खाना स्वाद मात्र होइन नेपाली संस्कृति पनि हो: वरिष्ठ सेफ केसी
खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि खानुपर्दछ भनिन्छ। किनभने जिब्रोलाई मिठोमात्र लाग्ने खानाले स्वास्थ्यमा सधैँ राम्रै गर्छ भन्ने हुँदैन। मानिसमा प्रायः कुन खानाले आफ्नो शरीरलाई के कस्तो असर या राम्रो गर्छ भन्ने ज्ञान हुन्छ। तर पनि स्वादका लागि र जिब्रोका लागि खाने गरेका हुन्छन्। त्यसैले पछिल्लो समय मिठो भन्दा पनि स्वस्थ एवं सन्तुलित खानाको सूची बनाए... ...

अमेरिकी मध्यावधि चुनावमा कडा प्रतिस्पर्धा
(संसद्) को नियन्त्रण कसको हातमा रहने भन्ने निर्णय गर्ने मध्यावधि निर्वाचन आगामी नोभेम्बर ३ मा हुँदैछ। ...

दसैंजस्तो नहुने दसैं
कामको अत्यधिक चाप हुने चाडबाडको समयमा पनि घरमा महिलालाई सघाउने हातहरू हुँदैनन् भने कस्तो परिवार र केको उल्लास! ...


