Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

मध्यपहाडी लोकमार्गमा तीन पक्की पुल निर्माण, यात्रा सहज

Share:WhatsAppFacebookX (Twitter)Telegram
मध्यपहाडी लोकमार्गमा तीन पक्की पुल निर्माण, यात्रा सहज
Photo / Coverage: नेपालन्युज

कास्की। राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीन वटा पक्की पुल निर्माण सम्पन्न भएसँगै यातायात सहज भएको छ। पोखरा महानगरपालिका–२५ स्थित याम्दी खोलामा सडकको चौडाइअनुसार दुई वटा नयाँ पुल निर्माण भएपछि सवारीसाधनको आवागमन सहज बनेको हो। यसअघि फराकिलो सडकमा साँघुरा पुल हुँदा विपरीत दिशाबाट आउने सवारीसाधनलाई एकैपटक पार हुन समस्या हुने र जाममा बस्नुपर्ने अवस्था थियो। पोखरादेखि सिदिङसम्म नियमित जीप चलाउँदै आएका चालक बुद्ध गुरुङ पुल निर्माणपछि यात्रा सहज भएको बताउँछन्। पहिले साँघुरो पुलका कारण विपरीत दिशाबाट सवारी आएमा रोकिएर पालो कुर्नुपर्ने र कहिलेकाहीँ सवारीसाधनको लाम लाग्ने गरेको उनको अनुभव छ। “पहिले पुल साँघुरो हुँदा अगाडिबाट गाडी आए रोक्नुपर्ने अवस्था थियो। कहिलेकाहीँ गाडीको लाम लाग्थ्यो र जाममा बस्नुपर्थ्यो। अहिले सडकको चौडाइअनुसारकै पुल बनेपछि सहज भएको छ। गाडी रोकिरहनु पर्दैन, समय पनि बचत भएको छ”, चालक गुरुङले भने। मध्यपहाडी लोकमार्गको कास्की खण्डमा रु २१ करोड ५९ लाख ७८ हजार लागतमा तीन वटा पक्की मोटरेबल पुल निर्माण गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर उज्ज्वल शर्माले जानकारी दिए। उनका अनुसार पोखरा महानगरपालिका–२५ स्थित याम्दी खोलामा दुई वटा र अन्नपूर्ण गाउँपालिकामा पर्ने पानीविहाडमा एउटा पुल निर्माण गरी सञ्चालनमा ल्याइएको छ। याम्दी खोलामा पुरानो पुलको दायाँ र बायाँतर्फ एक–एक वटा नयाँ पुल निर्माण गरिएको हो। दुवै पुलको लम्बाइ ५२–५२ मिटर रहेको छ। त्यस्तै, पानीविहाडमा निर्माण गरिएको पुलको लम्बाइ १२४ मिटर रहेको इन्जिनियर शर्माले बताए। तीन वटै पुल निर्माणका लागि कार्यालयले एउटै ठेक्कामार्फत काम अघि बढाएको थियो। विसं २०७९ साउन २२ गते स्याङ्जाको गीता कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार निर्माण सम्पन्न गरी पुल सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ। मध्यपहाडी लोकमार्गले नेपालको मध्यपहाडी क्षेत्रका विभिन्न जिल्लालाई सडक सञ्जालमार्फत जोड्दै आएको छ। कास्की खण्डमा तीन वटा पुल निर्माण सम्पन्न भएपछि पोखराबाट पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका साथै कास्कीको उत्तरी तथा पश्चिमी क्षेत्रमा हुने यातायात थप सहज भएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डडेल्धुराका युवा पुष्पखेतीतर्फ आकर्षित, कम लगानीबाट राम्रो आम्दानी
Latest NewsJust now

डडेल्धुराका युवा पुष्पखेतीतर्फ आकर्षित, कम लगानीबाट राम्रो आम्दानी

डडेल्धुरा । जिल्लाका युवा व्यावसायिक पुष्पखेतीतर्फ आकर्षित हुन थालेका छन् । कम लगानीबाट राम्रो आम्दानी गर्न सकिने भएपछि जिल्लाका आधा दर्जनभन्दा बढी युवा पुष्प व्यवसायमा संलग्न भएका हुन् । पुष्पखेतीले... ...

रातोपाटी
अडियोको आँधी
Latest NewsJust now

अडियोको आँधी

नेपाली कांग्रेसको आन्तरिक विवाद अहिले पार्टीको नेतृत्व कसले गर्ने भन्ने प्रश्नमा मात्र सीमित छैन। पार्टीको आधिकारिकता प्राप्त गर्ने प्रक्रियामा आर्थिक चलखेल भएको हो कि होइन भन्ने गम्भीर आरोपले त्यसको राजनीतिक, कानुनी र नैतिक आधारमाथि समेत प्रश्न उठाएको छ। प्रहरी हिरासतमा रहेका ‘बिचौलिया’ इनम सापकोटाको भनिएको एउटा अडियो सार्वजनिक भएपछि सुरु भएको विवादले पूर्वसभापति शेरबहादुर देउवा र वर्तमान सभापति गगनकुमार थापालाई आमनेसामने ...

नेपालन्युज
प्रेम, परिवार र राजनीतिक उतारचढाव समेट्दै सोनिया गान्धीले ल्याइन् संस्मरण
Latest NewsJust now

प्रेम, परिवार र राजनीतिक उतारचढाव समेट्दै सोनिया गान्धीले ल्याइन् संस्मरण

नयाँदिल्ली । भारतको प्रमुख विपक्षी दल काङ्ग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारविरुद्ध युवाहरूको बढ्दो असन्तुष्टिबाट राजनीतिक शक्ति पुनः प्राप्त गर्ने प्रयास गरिरहेका बेला पार्टीकी पूर्वअध्यक्ष सोनिया गान्धीले आफ्नो जीवनका प्रेम, पारिवारिक... ...

रातोपाटी
नेपाल संवत् र म्हः पूजाले नयाँ आशा र आत्मविश्वास प्रदान गरोस् : गगन थापा
Latest NewsJust now

नेपाल संवत् र म्हः पूजाले नयाँ आशा र आत्मविश्वास प्रदान गरोस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै सभापति थापाले नेपाल संवत् नेपालको मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक भएको बताउनुभएको छ । लोककल्याण र परोपकारको प्रेरणादायी विरासत बोकेको नेपाल संवत्को नयाँ वर्षले सबैको ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play