Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

टीआरसी आयोगले ७ महिनासम्म पाएन पदाधिकारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
टीआरसी आयोगले ७ महिनासम्म पाएन पदाधिकारी
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी)सँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारीविहीन छ । २२ वैशाख २०८३ मा सरकारले ‘सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेको थियो । सोही अध्यादेशका आधारमा टीआरसी र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका तत्कालीन पदाधिकारीहरूलाई पदमुक्त भए । त्यसपछि रिक्त पदमा पुनः पदपूर्ति भएको छैन । अध्यादेशमार्फत पदाधिकारी हटेपछि नयाँ पदाधिकारीहरू नियुक्त नहुँदा आयोगले काम गर्न सकेको छैन । टीआरसी आयोगमा सुरुवाती समयमा ६३ हजार ७१८ वटा उजुरीहरू दर्ता भएका थिए । तर, २०८१ सालमा ऐन संशोधन भएपछि विशेष गरी विगतमा उजुरी दिन छुटेका द्वन्द्वपीडितहरू (विशेष गरी यौन हिंसा र बलात्कारबाट पीडित महिलाहरू) का लागि पुनः उजुरी दिने म्याद थपिएको थियो । उक्त म्यादमा नयाँ थपिएका १५ हजार भन्दा बढी उजुरीहरूसहित हाल सत्य निरूपण तथा मेलमिलाप आयोगमा कुल ७८ हजार ९०९ वटा उजुरीहरू रहेका छन् । सात महिनासम्म पदाधिकारीहरू नियुक्त नहुँदा आयोगले काम गर्न नसकेको बताउँछन् पूर्वमहान्यायाधीवक्ता समेत रहेका राष्ट्रिय सभा सदस्य खम्मबहादुर खाती । ‘आयोग पदाधिकारीविहीन छ । त्यहाँ काम गर्नुपर्नेछ,’ उनी भन्छन्, ‘आयोग गठन भएर त्यहाँ रहेका उजुरी अध्ययन गरेर अगाडि जानुपर्ने छ ।’ खाती समेतको सहभागितामा राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति अन्तर्गतको ‘ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमिति’ले संक्रमणकालीन न्यायको अवस्थाबारे अध्ययन गरेको थियो । उक्त अध्ययनले पनि यो विषय सरकारको प्राथमिकतामा नपरेको औंल्याएको छ । ‘कानुन र कार्यविधि निर्माणसँगै राजनीतिक सहमति, आयोगको संस्थागत क्षमता र पीडितको न्याय सुनिश्चित गर्नु अबको काम हो’ सांसद् खाती भन्छन्, ‘तर फेरि पनि सरकारले यो विषयलाइ प्राथमिकतामा राखेको देखिँदैन ।’ कानुन न्याय तथा संसदीय मामिलामन्त्रीसँग कुरा गर्दा टीआरसी ऐनसँग सम्बन्धित विषयहरू कार्यान्वयन गरेर जाने प्रतिबद्धता आएको तर त्यसअनुसारको व्यवहार अनुभूत गर्न भने नपाएको पनि उनले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध महाभियोग प्रस्तावको तयारी
Latest NewsJust now

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध महाभियोग प्रस्तावको तयारी

रक्षामन्त्री पिट हेग्सेथविरुद्ध औपचारिक रूपमा महाभियोग प्रस्ताव दर्ता गराउँदै यसै साता मतदान गराउने तयारी गरेका छन्। ...

हाम्राकुरा
चाडपर्वले रिसराग भुलेर सामाजिक एकताको भावनालाई बलियो बनाउन प्रेरित गरून् : प्रधानमन्त्री बालेन
Latest NewsJust now

चाडपर्वले रिसराग भुलेर सामाजिक एकताको भावनालाई बलियो बनाउन प्रेरित गरून् : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चाडपर्वहरूले रिसराग सबै भुलेर सामाजिक एकता र सहिष्ण्ॉताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गरून् भन्ने कामना गरेका छन्। नेपाल संवत्को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले नेपाल संवत् चन्द्रमामा आधारित हाम्रो मौलिक समयचक्र र पहिचान भएको बताएका हुन्। ‘नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह पूजाको यस पवित्र अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ ...

कर्पोरट खबर
जो बने ५० हजार पाउन्ड राशिको ‘बुकर प्राइज’ पाउने सबैभन्दा ज्येष्ठ लेखक
Latest NewsJust now

जो बने ५० हजार पाउन्ड राशिको ‘बुकर प्राइज’ पाउने सबैभन्दा ज्येष्ठ लेखक

बेलायती लेखक एम. जोन ह्यारिसनले आफ्नो उपन्यास ‘द एन्ड अफ एभ्रिथिङ’का लागि ‘बुकर प्राइज’ जितेका छन्। योसँगै ८१ वर्षीय ह्यारिसन यो पुरस्कार जित्ने सबैभन्दा ज्येष्ठ लेखक बनेका छन्। सोमबार लन्डनमा आयोजित समारोहमा उनलाई ५० हजार पाउन्ड पुरस्कार राशि प्रदान गरिएको छ।  ह्यारिसन लगभग ६० वर्षदेखि लेखिरहेका छन् र उनका प्र... ...

नेपालखबर
भारतसँग खेल्ने नेपाल यू-१९ महिला क्रिकेट टोली घोषणा (नामसहित)
Latest NewsJust now

भारतसँग खेल्ने नेपाल यू-१९ महिला क्रिकेट टोली घोषणा (नामसहित)

काठमाण्डु- नेपाल क्रिकेट संघ (क्यान)ले भारतसँग खेल्ने नेपाल यू–१९ महिला क्रिकेट टोली घोषणा गरेको छ। आगामी नोभेम्बर १२ देखि २२ सम्म भारतको बेंगलुरुमा सञ्चालन हुने नेपाल-भारत यू–१९ महिला टी-२० शृंखलाका लागि क्यानले सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो। घोषित टोलीमा रचना कुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टिका साह, अन्जिला पाठक, […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play