काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णलाई कोशी प्रदेश प्रमुखको समेत कार्यभार सम्हाल्ने जिम्मेवारी दिनुभएको छ । कोशी प्रदेश प्रमुखको पद रिक्त रहेकाले नयाँ प्रदेश प्रमुख नियुक्त नभएसम्मका लागि कर्णलाई उक्त जिम्मेवारी दिइएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले कर्णलाई कोशी प्रदेश प्रमुखको कार्यभार तोक्नुभएको हो । कोशी प्रदेशका तत्कालीन प्रमुख परशुराम खापुङले पाँच वर्षे कार्यकाल पूरा गरी गत कात्तिक २३ गते पदबाट बिदा भएपछि उक्त पद रिक्त
मधेस प्रदेश प्रमुख कर्णलाई कोशी प्रदेशको पनि कार्यभार

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






