Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते विश्वासको मत लिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते विश्वासको मत लिने
Photo / Coverage: टक्सार

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते विश्वासको मत लिने भएका छन्। प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्। प्रदेशसभाबाट यही कात्तिक २८ गते दिउँसो १ बजे विश्वासको मत लिने मुख्यमन्त्री यादवको भनाई छ । नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी नेकपा एमालेका चार जना मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। सरकारमा सहभागी नेपाली कम्युनिस्ट पार्टीका चार जना मन्त्रीले यही कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सत्तारूढ दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले सरकार जोगाउन सक्रियता बढाएका छन्। १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तिमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हिमाली मुद्दा उठाउन शेर्पा पहिरनमा कोप–३१ मा सहभागी वनमन्त्री चौधरी
Latest NewsJust now

हिमाली मुद्दा उठाउन शेर्पा पहिरनमा कोप–३१ मा सहभागी वनमन्त्री चौधरी

अन्ताल्या । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) को पहिलो दिन शेर्पा समुदायको परम्परागत पोशाकमा सहभागी भएकी छन् । जलवायु परिवर्तनका कारण गम्भीर असर भोगिरहेका... ...

रातोपाटी
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका वैदेशिक व्यापारमन्त्री ताभियोबिच द्विपक्षीय भेटवार्ता
Latest NewsJust now

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका वैदेशिक व्यापारमन्त्री ताभियोबिच द्विपक्षीय भेटवार्ता

टर्की – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोबिच द्विपक्षीय भेटवार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा सहभागी हुन अन्ताल्यामा रहेका मन्त्री खनालले बुधबार फिनल्यान्डका मन्त्री ताभियोसँग भेटवार्ता गरेका हुन् । भेटमा परराष्ट्रमन्त्री खनालले हालै नेपालमा गएको विनाशकारी जलवायुजन्य बाढीपछि फिनल्यान्ड सरकार र त्यहाँका जनताले व्यक्त गरेको […] ...

काठमाण्डुपाटी
बालगृहका बालबालिकाले सामूहिक रूपमा मनाए भाइटिका
Latest NewsJust now

बालगृहका बालबालिकाले सामूहिक रूपमा मनाए भाइटिका

काठमाडौँ। यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटिका लगाएर तिहार मनाएका छन् । नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एक अर्कालाई टीका र माला लगाइदिएर भाइटिका मनाएका हुन् । बालबालिकालाई तिहारमा एक्लोपन महसुस हुन नदिन सामूहिक भाइटिका कार्यक्रम आयोजना गरिएको नेपाल बाल संगठन म्याग्दीका सभापति राजेश शाक्यले जानकारी दिए । बालगृहमा हाल ...

नेपालन्युज
सशस्त्र द्वन्द्वको पीडा : अढाई दशकदेखि गुम्सिएको त्यो पीडा
Latest NewsJust now

सशस्त्र द्वन्द्वको पीडा : अढाई दशकदेखि गुम्सिएको त्यो पीडा

सशस्त्र द्वन्द्वका बेला सुरक्षाकर्मीबाट बलात्कारमा परेकी कञ्चनपुरकी एक महिला परिवार र समाजको डरले अहिलेसम्म घटना सार्वजनिक गर्न सकेकी छैनन् । न न्यायको खोजीमा उजुरी दिएकी छन्, न राज्यबाट कुनै राहत र सुविधा पाएकी छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play