Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लिए पद तथा गोपनीयताको शपथ

Share:WhatsAppFacebookX (Twitter)Telegram
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लिए पद तथा गोपनीयताको शपथ
Photo / Coverage: नेपालन्युज

जनकपुरधाम। मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। मुख्यमन्त्री यादवले भाेजपुरीमा सपथ लिएका हुन्। मुख्यमन्त्री यादवले सपथ लिएपनि अहिले मन्त्रीपरिषद् विस्तार गरेका छैनन्। प्रदेश प्रमुख कर्णले शनिबार जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश संसदीय दलका नेता यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए। नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठनका लागि आह्वान गरिएकोमा कसैको दावी नपुगेपछि प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादव मुख्यमन्त्री नियुक्त भएका हुन्। यादवको मुख्यमन्त्रीका रूपमा यो दोस्रो कार्यकाल हो। यसअघि उनी प्रदेशसभाको दोस्रो कार्यकालमा मधेस प्रदेशको पहिलो मुख्यमन्त्री बनेका थिए। प्रदेश सभाको पहिलो कार्यकालमा उनी सभामुख रहेका थिए। नवनियुक्त मुख्यमन्त्री यादवले सबै दललाई समेटेर सर्वदलीय सरकार बनाउने आफ्नो चाहना रहेको र भोलिदेखि छलफल गरेर सर्वदलीय सरकारमा जान सक्ने बताएका छन्। प्रदेशमा देखिएका व्यथिति अन्त्य गर्न आफ्नो पहिलो प्राथमिकता रहने र भएका विकासहरूलाई गति दिने समेत बताएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
टीभीएसको नयाँ अपाचे आरटीआर २००४भी यूएसडी नेपाली बजारमा सार्वजनिक
Latest NewsJust now

टीभीएसको नयाँ अपाचे आरटीआर २००४भी यूएसडी नेपाली बजारमा सार्वजनिक

काठमाडौं । टीभीएस मोटर कम्पनीको नेपालस्थित आधिकारिक साझेदार जगदम्बा मोटर्स प्रालिले नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले शनिबार आयोजित ‘अपाचे ट्र्याक एक्सपेरियन्स’ (एटीई) कार्यक्रममार्फत नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो। टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय योजनाकार सुगन्धा सिंह र जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत (सीओओ) दीपेन्द्र मिश्रले संयुक्त रूपमा मोटरसाइकलको अनावरण गरेका हुन्। नयाँ मोटरसाइकलमा ...

कर्पोरट खबर
नेपालका कवाड सामग्री भारतमा खपत, वर्षेनी करोडौंको निर्यात
Latest NewsJust now

नेपालका कवाड सामग्री भारतमा खपत, वर्षेनी करोडौंको निर्यात

काठमाडौं । नेपालमा प्रयोग भएर फालिएका तथा पुनः प्रयोग गर्न सकिने कवाड सामग्री भारतका लागि भने आम्दानीको स्रोत बन्दै गएको छ । नेपालबाट वर्षेनी करोडौं रुपैयाँ बराबरका कवाड सामग्री भारत निर्यात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । नेपालमा खेर गएका जस्ता, विभिन्न धातुजन्य फोहोर तथा टुक्राटाक्री भारतमा निर्यात हुँदै आएका छन् । प्रयोगपछि बेकार ठानिएका यस्ता सामग्री संकलन गरी ...

केन्द्रबिन्दु
दशौँ राष्ट्रिय खेलकुदको अन्तिम खेल तालिका र स्थान टुङ्गो लाग्यो
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुदको अन्तिम खेल तालिका र स्थान टुङ्गो लाग्यो

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ को अन्तिम खेल तालिका र आयोजना स्थल टुङ्गो लागेको छ । सार्वजनिक तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन यही मङ्सिर १६ गते हुने भए पनि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play