Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

मधेसका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
मधेसका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने
Photo / Coverage: नेपालन्युज

जनकपुरधाम।मधेस प्रदेशसभाको बैठक यही कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि यही कात्तिक २८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको मधेस प्रदेशका सभामुख रामअशिष यादवले जानकारी दिए। प्रदेशसभाको बैठक सञ्चालनका लागि भोलि कात्तिक २७ गते दिउँसो प्रदेशसभाअन्तर्गतको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र सोही बैठकले कार्यसूची निर्धारण गर्ने सभामुख यादवले बताए। मधेस प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्। प्रदेशसभाबाट यही कात्तिक २८ गते दिउँसो १ बजे विश्वासको मतका लागि प्रदेशसभा सचिवालयलाई मुख्यमन्त्री यादवले हिजो पत्राचार गरेका थिए। विश्वास प्राप्त गर्न विभिन्न राजनीतिक दलसँग संवाद जारी रहेको र विश्वास लिनुअघिसम्म संवाद जारी राख्ने मुख्यमन्त्री यादवले बताए। नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी नेकपा एमालेका चार जना मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार जना मन्त्रीले यही कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन्। सत्तारुढ दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले सरकार जोगाउन सक्रियता बढाएका छन्। एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। मधेस प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन्। त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठ पर्वमा सहभागी हुन रवि दम्पती जनकपुरधाम जाँदै, सर्वसाधारणको घरमा बस्ने
Latest NewsJust now

छठ पर्वमा सहभागी हुन रवि दम्पती जनकपुरधाम जाँदै, सर्वसाधारणको घरमा बस्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्वमा सहभागी हुन शनिबार जनकपुरधाम जाने भएका छन् । पत्नी निकिता पौडेलसहित सपरिवार छठ पूजामा सहभागी हुन उनीहरू जनकपुरधाम... ...

रातोपाटी
लुम्बिनीविरुद्ध कर्णालीले रोज्यो ब्याटिङ, कप्तानमा डेभिड मिलर
Latest NewsJust now

लुम्बिनीविरुद्ध कर्णालीले रोज्यो ब्याटिङ, कप्तानमा डेभिड मिलर

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत २३औँ खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा केहीबेरमा हुने यस खेलमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । ...

केन्द्रबिन्दु
भीमफेदी दुर्घटना छानबिन गर्न समिति
Latest NewsJust now

भीमफेदी दुर्घटना छानबिन गर्न समिति

हेटौंडा। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहान भएको यात्रुबाहक विद्युतीय गाडी (इभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित समितिले दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन पेस गर्नेछ। समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, प्रहरी निरीक्षक उमाशङ्कर प्रसाद, प्रदेशको ...

नेपालन्युज
जलवायु कार्यको केन्द्रमा हिमाली मुद्दा राख्न परराष्ट्रमन्त्री खनालको आग्रह
Latest NewsJust now

जलवायु कार्यको केन्द्रमा हिमाली मुद्दा राख्न परराष्ट्रमन्त्री खनालको आग्रह

अन्ताल्या (टर्किए) । परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा बढ्दो जलवायु सङ्कटको असर पर्वतीय क्षेत्रमा मात्र सीमित नरही विश्वव्यापी अर्थतन्त्र, पारिस्थितिकीय प्रणाली र मानव जीवनमा पर्ने भएकाले पर्वतीय लचिलोपनलाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आज आयोजित ‘पर्वतीय एजेन्डालाई अगाडि बढाउनेः तापक्रमको सीमा नाघ्ने अवस्था, साझा उत्तरदायित्व र दिगो वित्तपोषणअन्तर्गत ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play