जनकपुरधाम। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज बिहान ९ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ। संविधानको धारा १६८(३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका यादवले दोस्रो पटक प्रदेश सरकारको नेतृत्व सम्हाल्न लागेका हुन्। शपथ ग्रहणपश्चात् आफूले सात दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने यादवले जानकारी दिएका छन्।
मधेशका मुख्यमन्त्री यादवले आज बिहान शपथ लिँदै

Read Complete Original Article
Published originally on नेपालन्युज






