सिरहा । मधेश प्रदेशका किसानलाई यतिबेला पाकेको धान भित्र्याउने चटारो छ । वर्षभरको मेहनत र पसिनापछि खेतमा लहलहाएको सुनौलो धान काटेर भित्र्याउन किसानहरू व्यस्त देखिएका छन् । हुलाकी सडकअन्तर्गत सिरहाको बरियारपट्टी गाउँपालिका-नर्गी चोकदेखि पश्चिमतर्फका खेतमा किसानहरू धान कटानीमा जुटेका छन् । पछिल्लो समय आधुनिक हार्भेस्टर मेसिनको प्रयोग बढेसँगै खेतमै धान काट्ने र भित्र्याउने काम सहज बन्दै गएको छ । परम्परागत रूपमा श्रमिकको सहायताले धान काट्नुपर्ने अवस्थाको तुलनामा हार्भेस्टरको प्रयोगले कम समयमै धेरै क्षेत्रफलको धान कटानी गर्न सकिने भएको छ । खेतमा मेसिनको प्रयोगसँगै धान भित्र्याउने कामले तीव्रता पाएको छ । पाकेर पहेँलपुर बनेका धानका बाला, खेतमा गुडिरहेका हार्भेस्टर र बाली भित्र्याउन व्यस्त किसानका दृश्यले मधेश प्रदेशको कृषि जीवनमा छुट्टै रौनक थपेको छ । वर्षभरिको मेहनतको प्रतिफल भित्र्याउने समयले किसानमा उत्साहसमेत बढाएको छ ।
मधेशका खेतमा धान भित्र्याउने चटारो, किसानलाई भ्याइनभ्याइ

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






