Saturday, November 21, 2026||
MultiKhabarMultiKhabar

‘मदन भण्डारी : ओझेल परेको विशिष्ट व्यक्तित्व’ कृति विमोचन

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘मदन भण्डारी : ओझेल परेको विशिष्ट व्यक्तित्व’ कृति विमोचन
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाल बौद्धिक परिषद् केन्द्रीय समितिले वरिष्ठ लेखक प्राडा.बद्रीविशाल पोखरेलद्वारा लिखित तथा सम्पादित ‘मदन भण्डारी : ओझेल परेको विशिष्ट व्यक्तित्व’ कृति विमोचन गरेको छ । काठमाडौंस्थित मदन भण्डारी फाउण्डेशनको सभाकक्षमा आयोजित समारोहमा संस्कृतिविद् तथा नेकपा एमालेका वरिष्ठ नेता प्रदीप ज्ञवालीले उक्त कृतिको लोकार्पण गर्नुभएको हो । कृतिको लोकार्पण गर्दै प्रमुख अतिथि ज्ञवालीले जननेता मदन भण्डारीका विषयमा थप गहन अध्ययन गर्न पुस्तक उपयुक्त, पठनीय तथा संग्र्रहणीय रहेको बताउनुभयो । यद्यपि, मदन भण्डारीको व्यक्तित्व ओझेल परेको भन्ने पुस्तकको शीर्षकप्रति उहाँले असहमति जनाउनुभयो ।कार्यक्रममा वरिष्ठ स्रष्टा विधान आचार्यले कृतिको समीक्षा गर्नुभएको थियो । त्यसपछि आयोजित अन्तर्क्रियात्मक कार्यक्रममा कृतिमा उठाइएका विषयलाई लिएर लेखक पोखरेल र प्रमुख अतिथि ज्ञवालीबीच तीखो बौद्धिक बहस भएको मदन भण्डारी फाउण्डेशन कोशी प्रदेशकी सदस्य मिथिला पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार लेखक पोखरेलले मदन भण्डारीले पटक-पटक उठाएको सांस्कृतिक रूपान्तरणको पक्ष नेकपा एमालेमा शून्यप्रायः रहेको र मदनको विशिष्ट तथा अतिविशिष्ट व्यक्तित्वलाई नबुझ्ने र नचिन्ने नेता पार्टीमा ९९ प्रतिशत रहेको धारणा व्यक्त गर्नुभएको थियो । त्यसको जवाफमा ज्ञवालीले आंशिक सत्यलाई पूर्ण सत्यका रूपमा प्रस्तुत गर्न नमिल्ने बताउनुभएको थियो । कृतिकार पोखरेलले एमालेमा हाल देखिएका विभिन्न विकृति र विसंगति मदन भण्डारीको भावना तथा विचार अनुसार पार्टी नेतृत्व सञ्चालन हुन नसक्नुको परिणाम भएको टिप्पणी गर्नुभयो । उहाँले पार्टीमा नोकरशाही जनवाद चरमचुलीमा पुगेको उल्लेख गर्दै यही प्रवृत्ति कायम रहे नेकपा एमाले पार्टीबाट पाटीमा परिणत हुने चेतावनीसमेत दिनुभयो । नेपाल बौद्धिक परिषद्का अध्यक्ष इन्जिनियर गजेन्द्र थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुद्धिजीवी इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य जे.एन. थपलिया, नेकपा मसालका नेता भैरवराज रेग्मी, एमाले नेता डा.विजय सुब्बा, प्राडा.उपेन्द्रकुमार कोइराला, प्राडा.विदुर चालिसे, प्राडा.नन्दीश अधिकारी, डा.विनोद मञ्जन, मदन भण्डारी फाउण्डेशनका सचिव डा.भेषराज अधिकारी, पूर्वराजदूतद्वय रमेशचन्द्र पौडेल र उदयराज पाण्डे, राधा अधिकारी तथा परिषद्का महासचिव डा.दीपेन्द्र श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विवाह : श्रीमान्-श्रीमतीको सम्बन्धमात्र होइन
Latest NewsJust now

विवाह : श्रीमान्-श्रीमतीको सम्बन्धमात्र होइन

विवाह एउटा केटा र केटीबीचको सम्बन्धमात्र होइन । विवाहपछि दुईजना मानिसमात्र जोडिँदैनन्, दुई परिवार पनि जोडिन्छन् । दुई फरक घर, फरक संस्कार, फरक सोच र फरक बानी भएका मानिसहरू एउटै सम्बन्धमा बाँधिन्छन् । त्यसैले विवाहलाई श्रीमान्–श्रीमतीको मायामा मात्र सीमित गरेर हेर्नु हुँदैन भन्ने मलाई लाग्छ । मेरो लागि बिहे भनेको श्रीमान्सँग मात्र जोडिनु होइन । बिहेपछि उहाँको परिवार, उहाँका आमाबुबा र ...

हिमालय टाइम्स
राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्दै प्रधानमन्त्री शाह, यस्ता छन् २ दिनका कार्यक्रम
Latest NewsJust now

राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्दै प्रधानमन्त्री शाह, यस्ता छन् २ दिनका कार्यक्रम

प्रधानमन्त्री वालेन्द्र शाह राजकीय भ्रमणका लागि आज मंसिर ६ गते भारत प्रस्थान गर्दै छन्। ३४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री शाह आज आइतबार दिउँसो १:४५ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको विमान चढेर दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शाह २ दिनका लागि... ...

नेपालखबर
प्रधानमन्त्रीको भारत भ्रमण फलदायी बनोस्
Latest NewsJust now

प्रधानमन्त्रीको भारत भ्रमण फलदायी बनोस्

प्रधानमन्त्री बालेन साहले आजदेखि भारतको दुई दिने राजकीय भ्रमण गर्दै हुनुहुन्छ । अत्यन्त छोटो समयको बसाइ हुने यो भ्रमण उहाँ प्रधानमन्त्री बनेको आठ महिनापछि मिलेको संयोग हो । नेपालमा जो प्रधानमन्त्री बने पनि पहिलो विदेश भ्रमण भारतबाट सुरु हुने परम्परा रहिआएको थियो तर पछिल्लो समयमा केही प्रधानमन्त्रीहरूले उक्त परम्परालाई पालना नगरी अन्य मुलुकबाट विदेश भ्रमण थालनी गरेका हुँदा भारत रिसाएको ...

हिमालय टाइम्स
कविता : नखाएको बीष
Latest NewsJust now

कविता : नखाएको बीष

मानव जातिको उन्नत्तिमारमाउने मेरो चाहानाआज तुषारा पात भएछस्वरूप हेरेर आनन्दको अनुभूति संगाल्नेमेरा प्रिय जनको अनायासै कत्लेयाय भएछ । आफ्नै पसिनाद्वारा धर्तिमा उज्ज्यालो छर्नेअन्तरमनको उत्कट अभिलाषामाभोल्कानोजले क्षेदविछेद पार्दैछघमण्ड र उन्माद द्वारा उत्पन्न विषत्त कार्बनद्वारामेरो वास्तविक स्वरूपको क्षयीकरण भएछ । सुन्दैछु मेरो अन्तिम गन्तव्यमा पनिसुनामी र मरुभूमीकरण बन्दैछमानव जाति आफूले आफैंलाई विभाजन कर्म गरिरहेछ । चील गाडी युद्धले धर्ती रगताम्य भएको छप्राकृतिक सौन्दर्य क्रमशः जीर्ण ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play