काठमाडौं । अमेरिकाले हर्मुज स्ट्रेट (जलमार्ग) स्थित इरानको क्वेसम टापुमा आक्रमण गरेको छ। अमेरिकी सञ्चारमाध्यम फक्स न्युज र द वाल स्ट्रिट जर्नलले यो समाचार छापेका छन्। यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू इरानमा आक्रमण तीव्र बनाउने हतारमा नरहेको बताएका छन्। समाचार एजेन्सी एक्सियोससँग कुरा गर्दै ट्रम्पले भनेका छन्, ‘हामी कुनै न कुनै तरिकाले कारबाही गर्नेछौँ, तर कुनै हतार छैन। हामीले उनीहरूलाई आर्थिक रूपमा पूर्ण रूपमा कमजोर पारेका छौँ।’ ट्रम्पले अगाडि भनेका छन्, ‘इरानसँग न त पैसा छ न त पेट्रोल। इरानी जनता पनि वर्तमान अवस्थाबाट दिक्क भइसकेका छन्।’ सोमबार वासिङ्टन डीसीमा एक कार्यक्रममा ट्रम्पलाई मध्यावधि चुनावपछि इरानमा आक्रमण पुनः सुरु गर्ने हो कि भनेर सोधिएको थियो। जवाफमा उनले भने, ‘होइन।’ एक्सियोस संवाददाता बाराक रविदका अनुसार, एक अमेरिकी अधिकारीले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले सोमबार राति क्वेसम टापुबाट हर्मुजमा रहेको अमेरिकी विमानलाई निसाना बनाई मिसाइल प्रहार गरेको बताएका छन्। ती अधिकारीका अनुसार आक्रमणको जवाफमा अमेरिकी लडाकु विमानले आत्मरक्षाका निम्ति सतहबाट हावामा प्रहार गर्ने इरानी क्षेप्यास्त्र प्रणालीको लन्चरलाई ध्वस्त पारेको हो।
मतदाता प्रभावित पार्न अमेरिकामा मध्यावधि चुनावको मतदानअघि ‘इरानमा हमला’

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






