Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

मञ्जुश्रीको २० प्रतिशत लाभांश पारित

Share:WhatsAppFacebookX (Twitter)Telegram
मञ्जुश्रीको २० प्रतिशत लाभांश पारित
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको १९औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसअन्तर्गत १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) र पाँच प्रतिशत बोनस सेयर वितरण गरिने बताइएको छ । कम्पनीको उक्त निर्णयले सेयरधनीलाई प्रतिफल प्रदान गर्नुका साथै संस्थाप्रतिको विश्वास र सहकार्य थप मजबुत बनाउने अपेक्षा गरिएको छ । साथै सभाले ४० करोड बराबरको ८.७५ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्षमात्र मुनाफा वितरण हुने गरी अविमोच्य असञ्चिती अग्राधिकार सेयर नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित नियमनकारी निकायको स्वीकृतिपछि प्राथमिक पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भोटेकोशी बाढीमा बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
Latest NewsJust now

भोटेकोशी बाढीमा बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

काठमाडौं । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भाटेकोशी बाढीमा परी बेपत्ता भएका ३२ जिल्लाका दुई हजार २९४ जनाको विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले शनिबार बेपत्ता व्यक्तिको दाबी पेस गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेर ३२ जिल्लाको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भई आएका विवरण मात्र सार्वजनिक गरेको हो । प्राधिकरणका अनुसार सबैभन्दा बढी रसुवाका ...

हिमालय टाइम्स
आज कुकुरतिहार र लक्ष्मीपूजा
Latest NewsJust now

आज कुकुरतिहार र लक्ष्मीपूजा

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक २२ गते । तिहारको दोस्रो दिन आइतबार कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै छ । तिथिको घटबढका कारण दिउँसो चतुर्दशी तिथि र साझ औँसी तिथि लाग्ने... ...

गोरखापत्र
पर्यटन अभियन्ता तथा साहित्यकार विष्णु प्रसाईंको निधन
Latest NewsJust now

पर्यटन अभियन्ता तथा साहित्यकार विष्णु प्रसाईंको निधन

काठमाडौं । पर्यटन व्यवसायी, लोकतन्त्रका अविचलित योद्धा तथा साहित्यकार विष्णु प्रसाईंको निधन भएको छ । टीकाप्रसाद प्रसाईंका ज्येष्ठ सुपुत्र प्रसाईंको निधन भएको हो । उहाँको निधनले नेपाली पर्यटन, साहित्य तथा लोकतान्त्रिक आन्दोलनको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।नेपालमा पर्यटन प्रवर्द्धन र पर्यटक भित्र्याउन कठिन संघर्ष गर्नुपर्ने प्रारम्भिक दिनदेखि पछिल्ला समयसम्म प्रसाईंले पर्यटन क्षेत्रमा निरन्तर सक्रिय रहेर महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो ...

हिमालय टाइम्स
देवकोटा जयन्ती र साहित्यको सीमावलोकन
Latest NewsJust now

देवकोटा जयन्ती र साहित्यको सीमावलोकन

नेपाली साहित्यिक आकाशमा सदैव उज्ज्वल नक्षत्रका रुपमा रहेका महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म विक्रम सम्वत १९६६ कार्तिक २७ गते लक्ष्मी पूजाको दिन धोबीधारा दिल्ली बजार काठमाडौँमा भएको थियो । लक्ष्मी पूजाको दिन लक्ष्मीको प्रसाद स्वरूप जन्मिएता पनि सरस्वतीको वरदान पाएका महाकविले १० वर्षकै कलिलो उमेरबाट कविता लेख्न सुरुवात गरेका थिए । कलिलो उमेरबाटै साहित्यमा विशेष अभिरुचि राख्ने देवकोटा एकदिन गएर ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play