Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

मङ्सिरमा पूर्वाधार सम्मेलन गरिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
मङ्सिरमा पूर्वाधार सम्मेलन गरिने
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आकर्षित गर्न कानुनी तथा नीतिगत सुधारलाई तीव्रता दिने बताएका छन्। नेपाल पूर्वाधार सम्मेलन २०२६ को तयारीबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सार्वजनिक लगानीले मात्रै पूर्वाधार विकासको लक्ष्य पूरा गर्न नसकिने भन्दै निजी क्षेत्रको पुँजी परिचालन आवश्यक रहेको बताए । उनका अनुसार सरकारले पूर्वाधार तथा आर्थिक सुधारसँग सम्बन्धित ५९ वटा ऐनका झन्डै ५०० दफा संशोधन तथा परिमार्जन गर्ने तयारी गरेको छ। लगानीमैत्री वातावरण बनाउन पुराना र अवरोधक कानुन संशोधन तथा खारेजीको काम पनि अघि बढाइएको उनले जानकारी दिए। निजी लगानी विस्तारका लागि सरकारले हाइब्रिड एन्युटी मोडल, वैकल्पिक विकास वित्त कोष, स्वच्छ ऊर्जा ऋणपत्र तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थामार्फत स्रोत जुटाउने योजना बनाएको छ । सडक, प्रसारण लाइन, ऊर्जा लगायतका क्षेत्रमा निजी क्षेत्रलाई लगानी र सञ्चालनको अवसर दिने उनको भनाइ छ। वाग्लेले आगामी पाँचदेखि सात वर्षभित्र नेपालको अर्थतन्त्रको आकार एक खर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य रहेको बताउँदै त्यसका लागि वार्षिक ६ देखि ८ प्रतिशत आर्थिक वृद्धि आवश्यक रहेको उल्लेख गरे। उनले सुशासन, आर्थिक सुधार र पूर्वाधार विकासलाई सरकारका तीन प्रमुख प्राथमिकता रहेको बताए । पत्रकार सम्मेलनमा मन्त्रीहरू स्वर्णिम वाग्ले, शोभिता गौतम र सुनील लम्सालको उपस्थितिमा सम्मेलनबारे जानकारी गराइएको हो । नेपाल सरकार, नेपाल उद्योग परिसंघलगायत विभिन्न संस्थाको संयुक्त आयोजनामा हुने सम्मेलनमा पूर्वाधार विकासमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने, कानुनी तथा नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माणका विषयमा छलफल हुनेछ । पूर्वाधार सम्मेलन मंसिर २३ र २४ गते काठमाडौंमा हुदैछ । The post मङ्सिरमा पूर्वाधार सम्मेलन गरिने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ट्रम्पविरुद्ध महाभियोगको तयारी
Latest NewsJust now

ट्रम्पविरुद्ध महाभियोगको तयारी

मध्यवर्ती निर्वाचनमा रिपब्लिकन पार्टीको हारपछि राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने तयारी शुरू भएको छ। ...

हाम्राकुरा
प्रधानमन्त्रीले भने– देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ
Latest NewsJust now

प्रधानमन्त्रीले भने– देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र(बालेन)शाहले देश जोगाउने र पार्टी जोगाउनेहरूबिच फरक हुने बताएका छन्।बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले लेखेका छन्,'तपाईंहरुको कार्यकर्ता लड्छन्,नेता, हाँसेर बस्छन्, हाम्रो नेता... ...

रातोपाटी
प्रधानमन्त्री बालेनको भारत भ्रमण मुख्य एजेन्डा बनाएर फर्किए मिस्री
Latest NewsJust now

प्रधानमन्त्री बालेनको भारत भ्रमण मुख्य एजेन्डा बनाएर फर्किए मिस्री

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री स्वदेश फर्केका छन् । उनी परराष्ट्र सचिव अमृतबहादुर राइको निमन्त्रणामा दुई दिने नेपालको औपचारिक भ्रमण सम्पन्न गरी फर्केका छन् । भ्रमणका क्रममा भारतीय सचिव... ...

रातोपाटी
फ्रान्समा सरकारविरुद्ध देशव्यापी आमहडताल र प्रदर्शन, दुई लाख ७० हजारभन्दा बढी सडकमा
Latest NewsJust now

फ्रान्समा सरकारविरुद्ध देशव्यापी आमहडताल र प्रदर्शन, दुई लाख ७० हजारभन्दा बढी सडकमा

काठमाडौँ। बढ्दो महँगी, न्यून ज्याला र सार्वजनिक सेवामा लगानी कटौतीको विरोध गर्दै फ्रान्समा बिहीबार देशव्यापी आमहडताल र विशाल प्रदर्शन भएका छन्। देशका झन्डै २०० स्थानमा आयोजित प्रदर्शनमा राजधानी पेरिसबाहेक मात्रै दुई... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play