मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली र नक्सा तयार गरेका छन् । यसले भविष्यमा मंगल ग्रहमा अन्वेषण, मानव बस्ती स्थापना तथा खाद्य उत्पादनका लागि सम्भावित स्थान पहिचान गर्न वैज्ञानिकहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ। अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयद्वारा जारी विज्ञप्तिअनुसार, अनुसन्धानकर्ताहरूले मंगल ग्रहका करिब ८० करोड स्थानलाई वर्गीकरण गर्दै माटोका दुई हजार प्रकार पहिचान गरेका छन् । कक्षीय अवलोकन र विभिन्न वैज्ञानिक मोडेलको प्रयोगबाट तयार गरिएको नक्साले मंगल ग्रहमा कुन प्रकारको माटो कहाँ पाइन्छ भन्ने जानकारी प्रदान गर्छ। अनुसन्धानको नेतृत्व गरेका सिड्नी विश्वविद्यालयका विद्यावारिधि अनुसन्धानकर्ता ड्यानियल इर्भिङका अनुसार यसअघि वैज्ञानिकहरूले मंगल ग्रहको भूगर्भ, खनिज संरचना र रासायनिक गुणहरूको नक्साङ्कन गरिसकेका थिए। तर, नयाँ प्रणालीले माटोका विभिन्न गुणलाई एउटै संरचनामा समेटेर तिनको आपसी सम्बन्ध र भौगोलिक वितरण बुझ्न सहयोग पुर्याउनेछ। अनुसन्धानकर्ताहरूले माटोको बनावट, खनिज संरचना, पीएच (अम्लीय वा क्षारीय अवस्था) र तहको मोटाइका आधारमा वर्गीकरण गरेका छन् । यस प्रणालीमा माटोलाई १० प्रमुख समूह, १०० उपसमूह र दुई हजार विस्तृत प्रकारमा विभाजन गरिएको छ। अध्ययनको प्रारम्भिक परीक्षणका रूपमा अनुसन्धानकर्ताहरूले बिरुवा उत्पादनका लागि उपयोगी हुन सक्ने माटोका विशेषताहरूको मूल्याङ्कन गरेका थिए । त्यस क्रममा ‘नोहिबारेथ’ नाम दिइएको माटोको एक प्रकार सबैभन्दा सम्भावनायुक्त देखिएको छ। शून्यदेखि एकसम्मको मापनमा यसले ०.९३ अङ्क प्राप्त गरेको अनुसन्धानमा उल्लेख छ । यद्यपि, यस निष्कर्षको अर्थ मंगल ग्रहको माटोमा सिधै बाली उब्जाउन सकिन्छ भन्ने नभएको अनुसन्धानकर्ताहरूले स्पष्ट पारेका छन् । भविष्यमा मंगल ग्रहमा मानव बस्ती स्थापना गरी खाद्य उत्पादन गर्न नियन्त्रित वातावरण, पानी, आवश्यक पोषक तत्त्व तथा सम्भावित हानिकारक पदार्थको उचित व्यवस्थापन आवश्यक पर्नेछ । माटो विज्ञानसम्बन्धी जर्नल ‘क्याटेना’ मा प्रकाशित यस अध्ययनले मंगल ग्रहको माटोका वर्गलाई जनाउन ‘एरेथ्स’ शब्द प्रस्ताव गरेको छ । यो शब्द मंगल ग्रहसँग सम्बन्धित प्राचीन ग्रिक नाम ‘एरेस’ बाट लिइएको हो । अनुसन्धान टोलीका अनुसार पृथ्वीमा मंगल ग्रहको माटोसँग मिल्दोजुल्दो मिश्रण तयार गरी नियन्त्रित अवस्थामा थप परीक्षण गर्न सकिनेछ। भविष्यमा मंगल ग्रहमा पठाइने रोभरबाट प्राप्त मापन तथा त्यहाँबाट ल्याइने माटोका नमुनाले पनि तयार गरिएका वैज्ञानिक मोडेलको विश्वसनीयता जाँच्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। रासस/सिन्ह्वा The post मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

सोनीले सार्वजनिक गर्यो नयाँ वायरलेस माइक्रोफोन किट ईसीएम-डब्लू५, डीजेआईसँग प्रतिस्पर्धा गर्ने
यो किटमा दुईवटा ट्रान्समिटर र एउटा रिसिभर छन्। यसले ३२-बिट फ्लोट रेकर्डिङलाई पनि समर्थन गर्छ। सोनीले ४०० अमेरिकी डलर मूल्यको वायरलेस माइक्रोफोन किट ईसीएम-डब्लू५सार्वजनिक गरेको छ। तुलनात्मक रूपमा महँगो भए पनि प्रयोग गर्न सजिलो बनाइएको यो किट डीजेआईका सस्ता वायरलेस माइक्रोफोनसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले ल्याइएको हो। इन्ग्याजेटका अनुसार यसमा वायरलेस ट्रान्समिटर र रिसिभर समावेश छन्। यसले सोनी क्यामेरा वा यूएसबी-सीमार्फत अन्य उपकरणमा ...

बोलपत्रमा एआईदेखि बैंक ग्यारेन्टी जाँचसम्म, नयाँ प्रणालीमा यस्ता छन् सुविधा
काठमाडौं । सार्वजनिक खरिद प्रक्रियालाई थप सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले पूर्वाधार विकास मन्त्रालयको पहलमा नयाँ बोलपत्र प्रणाली निर्माण गरिएको छ । पुरानो ई-जीपी प्रणालीमा देखिएका सर्भरको समस्या, बोलपत्रको गोपनीयता र प्राविधिक अवरोधजस्ता चुनौती समाधान गर्ने लक्ष्यसहित नयाँ प्रणाली विकास गरिएको मन्त्रालयले जनाएको छ ।पुरानो प्रणालीमा बोलपत्र बुझाउने अन्तिम समयमा सर्भरमा समस्या आउने, बोलपत्र खोल्नुअघि नै कबोल रकम सार्वजनिक ...

भर्चुअल डाटाबाट ह्युमनोइड रोबोटलाई तालिम दिँदै चिनियाँ स्टार्टअप डेक्सफोर्स
चिनियाँ स्टार्टअप डेक्सफोर्सले भर्चुअल वातावरणमा तयार पारिएको कृत्रिम डाटाको प्रयोग गरी ह्युमनोइड रोबोटलाई तालिम दिइरहेको छ। कम्पनीले यस विधिबाट रोबोटको तालिम खर्च घटाउने र वास्तविक काम गर्न सक्ने क्षमता छिटो विकास गर्ने लक्ष्य राखेको छ। चीनको प्रविधि केन्द्र सेन्जेनमा रहेको डेक्सफोर्सले भर्चुअल वातावरणमा रोबोटलाई विभिन्न कामको अभ्यास गराउँछ। यस क्रममा टेबलको कोण, रङ र वस्तुहरू परिवर्तन गरेर रोबोटलाई एउटै काम फरक ...


