मकवानपुरमा ईभी दुर्घटना हुँदा ११ जना घाइते, एकको अवस्था गम्भीर

मकवानपुर। हेटौँडा–भैँसे सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–१ बादरेभीरमा भाडाको विद्युतीय गाडी (ईभी) दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार आइतबार १ गते दिउँसो करिब १२ः३० बजे काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको ईभी सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएर बायाँतर्फको नालामा खसेको थियो। दुर्घटनामा रौतहटको दुर्गा भगवती गाउँपालिका–१ का ५० वर्षीय हरि साह गम्भीर घाइते भएका छन्। उनको मुखमा चोट लागेको र थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका अन्य व्यक्तिहरूमा रौतहट दुर्गा भगवतीका राजेश साह, चन्दा कुमारी साह, शिवा कुमारी साह र बालबालिकासहित अन्य यात्रु रहेका छन्। भारतको बिहार, मोतिहारीका सर्फे आलम पनि घाइते भएका छन्। त्यस्तै, रौतहटका सबिता कुमारी चौधरी, राहुल ठाकुर र विजय कुमार ठाकुर घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते हरि साहलाई चितवन रिफर गरिएपछि उनका छोरीहरू चन्दा कुमारी र शिवा कुमारी तथा नातिनातिनासमेत थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल गएको प्रहरीले जनाएको छ। दुर्घटनामा सामान्य अवस्थामा रहेका दुई बालबालिकासहित केही यात्रुलाई पनि चोटपटक लागेको प्रहरीले प्रहरीले जनाएको छ। दुर्घटनापछि ईभी चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। गाडीका साहु शिवकान्त झासँग सम्पर्क भएको तथा दुर्घटनाका कारण सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

गाउँदेखि सहरसम्म रौनक
कमेरो र रातोमाटोले सिँगारिएका घर, गाउँमा ठडिएका लिंगे पिङ, घर फर्किनेको लर्को र शक्तिपीठमा भक्तजनको भीड। दसैँले नेपाली जनजीवनलाई उत्सवमय बनाएको छ। दसैँ नेपालीको घरआँगनमा भित्रिसकेको छ। आश्विन शुक्ल पक्षको महाअष्टमीसँगै दसैँको उल्लास गाउँदेखि सहरसम्म फैलिएको छ। घरको सरसफाइ र रङरोगनदेखि पिङ हाल्ने, किनमेल गर्ने र परदेशबाट घर फर्किने चटारोसम्मले दसैँको आगमनलाई थप उत्सवमय बनाएको छ। दसैँमा घर सिँगार्ने परम्परा अझै पनि ...

भीमफेदीको बाँदरेभीरमा गाडी दुर्घटना : ११ यात्रु घाइते, ५ जना गम्भीर
काठमाडौंबाट हेटौंडातर्फ आइरहेको बा.प्र०३-००१ ज ०६७४ नम्बरको गाडी भित्तामा ठोक्किएर नालामा खसेको थियो । ...

थाइल्याण्डको गाँजा नेपालसम्म ओसार्न म्यानमारका भरिया
काठमाडौँ । थाइल्याण्डमा उत्पादन भएको गाँजा म्यानमारका भरिया प्रयोग गरेर हवाई मार्ग हुँदै काठमाडौँ ल्याउने र काठमाडौँलाई ट्रान्जिट बनाएर भारततर्फ तस्करी हुन्छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । लागु पदार्थ... ...

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन
म्याग्दी । सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकको फापरखेत खण्डमा वैकल्पिक मार्ग प्रयोग गरी सडक सञ्चालन भएको छ । बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा शनिबार अपराह्नदेखि सुरु भएको पहिरो नरोकिएपछि मङ्गला गाउँपालिकाले पखेर–बरञ्जा–ज्यामिरे–सातबिसे–बाबियाचौरको सडक प्रयोग गरी यातायात सञ्चालन गरिएको हो । मङ्गला गाउँपालिका–३ का वडा सदस्य हरि ...


