Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

मकवानपुरको भीमफेदीमा भएको इभी दुर्घटनामा १४ जनाको मृत्यु, सबैको पहिचान खुल्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
मकवानपुरको भीमफेदीमा भएको इभी दुर्घटनामा १४ जनाको मृत्यु, सबैको पहिचान खुल्यो
Photo / Coverage: टक्सार

काठमाडौँ । मकवानपुरको भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डको चिसापानी गढीमा भएको इभी माइक्रो बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०८८० नम्बरको २० यात्रु बोकेको इभी हाइस सडकबाट करिब ५०० मिटर तल भिरमा खस्दा चालकसहित १४ जनाको ज्यान गएको हो । नेपाल प्रहरीका अनुसार घटनास्थलबाट १४ जनाको शव फेला परेको तथा घाइते ६ जनालाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो । मृतकहरूमध्ये अधिकांश सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका रहेको खुलेको छ । दुर्घटनामा चालक रविशंकर कुमार मण्डलसहित बिकेश यादव, पुनम यादव, गुड्डु यादव, गायत्री देवी, राम दुलार यादव, सुबोध यादव, रोहन यादव, राकेश यादव, रामप्रसाद राय यादव र सुधेश यादवको मृत्यु भएको छ । दुर्घटनामा दिक्षा यादव (७), दिपिका यादव (५) र अनु कुमारी यादव (१०) को समेत घटनास्थलमै ज्यान गएको छ। घटनामा गम्भीर घाइते भएका ३ वर्षीय सुजन यादव, १४ महिनाका सुदिप यादव र देवेन्द्र रायलाई थप उपचारका लागि काठमाडौं र भरतपुरका अस्पतालमा रिफर गरिएको छ । अन्य तीन घाइते मुकेश यादव, सक्षम कुमार यादव र देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन् । दुर्घटनामा एकै टोल र आपसमा नातागोता जोडिएका धेरै व्यक्तिको ज्यान गएपछि सर्लाहीको सुन्दरपुरटोल शोकमग्न बनेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले प्रहरीले प्राविधिक तथा यान्त्रिक पक्षको अनुसन्धान थालेको जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पन्जाब विधानसभा चुनाव : आम आदमी पार्टीद्वारा उम्मेदवारहरूको दोस्रो सूची सार्वजनिक
Latest NewsJust now

पन्जाब विधानसभा चुनाव : आम आदमी पार्टीद्वारा उम्मेदवारहरूको दोस्रो सूची सार्वजनिक

पन्जाब । आम आदमी पार्टी (आप) ले बिहीबार सन् २०२७ को पन्जाब विधानसभा चुनावको लागि ३१ उम्मेदवारहरूको दोस्रो सूची सार्वजनिक गरेको छ । आम आदमी पार्टीका केन्द्रीय सचिव पंकजकुमार गुप्ताले... ...

रातोपाटी
फिल्डिङमा चुकिरहेका छौँ: सन्दीप लामिछाने
Latest NewsJust now

फिल्डिङमा चुकिरहेका छौँ: सन्दीप लामिछाने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा तेस्रो जित हात पारेपछि विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले टोली फिल्डिङमा चुक्दा पछि परिरहेको बताएका छन्। पोखरा एभेन्जर्समाथि जितपछि आयोजित पत्रकार सम्मेलनमा सन्दीपले टोलीले समग्रमा राम्रो खेलिरहे पनि फिल्डिङमा भएका कमजोरीका कारण समस्या भइरहेको बताए। यद्यपि, खेलाडीले उत्कृष्ट प्रयास गरिरहेको उनको भनाइ छ। विराटनगरको खेलमा भिजेको मैदानका कारण पनि केही समस्या भएको सन्दीपले बताए। ...

लुम्बिनी सञ्चार
कर्णाली याक्सलाई ४ विकेटले हराउँदै साविक विजेता लुम्बिनी लायन्स प्लेअफमा प्रवेश
Latest NewsJust now

कर्णाली याक्सलाई ४ विकेटले हराउँदै साविक विजेता लुम्बिनी लायन्स प्लेअफमा प्रवेश

• लुम्बिनी लायन्सले कर्णाली याक्सलाई ४ विकेटले हराउँदै एनपिएलको प्लेअफमा प्रवेश गरेको छ। • कर्णालीले १०५ रन बनाएको खेलमा लुम्बिनीले १०६ रनको लक्ष्य १६.४ ओभरमा पूरा गर्यो। • कर्णालीको प्लेअफ यात्रा कठिन बनेको छ, जसले ६ खेलमा ४ हार र २ जित मात्र निकालेको छ। ...

नेपालबहस
कर्णालीलाई हराउँदै साविक विजेता लुम्बिनी लायन्स प्लेअफमा प्रवेश
Latest NewsJust now

कर्णालीलाई हराउँदै साविक विजेता लुम्बिनी लायन्स प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटको प्लेअफमा पुगेको छ । आज भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफमा पुगेको हो । आफ्नो छैटौँ खेलमा कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ दशमलव ४ ओभरमा छ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीका लागि डार्सी सर्टले ४६, दिलिप नाथले अविजित २८ र निरोशन ...

विश्वखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play