Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

मकवानपुरको चिसापानी गढीमा माइक्रोबस दुर्घटना,१० जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
मकवानपुरको चिसापानी गढीमा माइक्रोबस दुर्घटना,१० जनाको मृत्यु
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडाैँ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाका अनुसार ५ जना घाइते भएका छन्। बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा गाडीमा सवार १५ जनामध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ। घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार कार्यका लागि खटिएको छ भने नेपाली सेना र नेपाल प्रहरी सहितको संयुक्त टोलिले उद्धार जारी राखेको छ। मृतकमध्ये ५ पुरुष,३ महिला र २ बालिका रहेका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भेडीगाउँमा गाई मारेको बाघ नियन्त्रणमा लिन सकिएन, डार्ट टोली फर्कियो
Latest NewsJust now

भेडीगाउँमा गाई मारेको बाघ नियन्त्रणमा लिन सकिएन, डार्ट टोली फर्कियो

बोमलाल गिरीनवलपुर, कात्तिक २६ गते । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–५ भेडीगाउँमा आक्रमण गरी स्थानीयका तीनवटा गाई मारेको बाघ नियन्त्रणमा लिन प्राविधिक टोली असफल भएको छ ।गत कात्ति... ...

गोरखापत्र
छठको तयारी सुरु, काठमाण्डुका १७ स्थानमा मनाइने
Latest NewsJust now

छठको तयारी सुरु, काठमाण्डुका १७ स्थानमा मनाइने

काठमाण्डु – छठ पर्वका लागि काठमाण्डु उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ । काठमाण्डुमा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको सङ्ख्या बढ्दै गएपछि यस वर्ष पनि विभिन्न १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको हो । गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा छठ पर्व […] ...

काठमाण्डुपाटी
विराटनगरविरुद्ध पोखराको मध्यम सुरुवात, क्रिजमा छन् सामरा
Latest NewsJust now

विराटनगरविरुद्ध पोखराको मध्यम सुरुवात, क्रिजमा छन् सामरा

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखरा एभेन्जर्सले पावरप्लेको समाप्तिमा २ विकेट गुमाएर ४६ रन बनाएको छ। विराटनगर किङ्ग्सविरुद्ध ब्याटिङमा उत्रिएको पोखराले सुरुवातमै आफ्ना दुई महत्त्वपूर्ण ब्याट्सम्यान गुमाउन पुग्यो। ओपनर अर्जुन कुमाल १ रन बनाएर एन्जेलो म्याथ्युजको बलमा आउट भए भने कुशल भुर्तेल खाता नै नखोली चरिथ असालंकाको बलमा एलबीडब्ल्यू आउट भए। सुरुवाती दबाबका ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play