Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

मंगलामा मौरीपालनबाट आयआर्जन तथा रोजगारी प्रवर्द्धन परियोजना

Share:WhatsAppFacebookX (Twitter)Telegram
मंगलामा मौरीपालनबाट आयआर्जन तथा रोजगारी प्रवर्द्धन परियोजना
Photo / Coverage: नेपालन्युज

म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिकामा यस वर्ष व्यावसायिक मौरीपालनबाट आयआर्जन तथा रोजगारी प्रवर्द्धन परियोजना सञ्चालन हुने भएको छ। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि मङ्गला गाउँपालिकाको परियोजना स्वीकृत भएको हो। मङ्गलाका प्रमुख प्रशासकीय अधिकृत अमृत दाहालले प्रदेश सरकारको ७० र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा रु एक करोड बजेटको परियोजना प्रस्ताव स्वीकृत भएको जानकारी दिए। “व्यावसायिक मौरीपालनको माध्यमबाट रोजगारी सिर्जना र किसानको आयआर्जन सुधार गर्ने उद्देश्यले परियोजना सञ्चालन गर्न लागिएको हो,” उनले भने “किसानलाई मौरीपालन गर्न प्रविधि र ज्ञान, सीप सहयोग गरिनेछ।” गण्डकी प्रदेश सरकारले रु ७० लाख बजेट उपलब्ध गराउने परियोजनामा गाउँपालिकाले रु ३० लाख लगानी गर्ने भएको छ। सम्झौतापछि चालु आर्थिक वर्षभित्रनै परियोजना सम्पन्न हुने गरी कार्यान्वयन हुने गाउँपालिकाले जनाएको छ। मध्य पहाडी क्षेत्रमा पर्ने मङ्गला गाउँपालिकाको कुहुँ, पूर्णगाउँ, बरङ्जा, अर्मन र बाबियाचौरमा परम्परागत हिसाबले मौरीपालन हुँदै आएको छ। मौरीपालन गर्दै आएकालाई विस्तार र नयाँ किसानलाई आकर्षिक गराउनका लागि परियोजना सञ्चालन गर्न लागिएको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए। मौरीपालन गर्दै आएका मङ्गला गाउँपालिका–३ बरङ्जा निवासी संविधानसभा सदस्य गमबहादुर श्रीसले परियोजनाले किसानहरुलाई उत्साहीत बनाएको बताए। मुख्यमन्त्री नवप्रर्वतन साझेदारी कार्यक्रम कार्यान्वयनका लागि मङ्गलासहित गण्डकीका ११ वटा स्थानीय तहका प्रस्ताव स्वीकृत भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गोरखाको पालुङटार नगरपालिकामा गरिबी निवारणका लागि एकीकृत कृषि तथा पशुपन्छी विकास, आरुघाटमा कृषकको आर्थिकस्तर सुधारका लागि बाख्रा विकास, तनहुँको घिरिङ गाउँपालिकामा खाली जग्गा मसलाजन्य बस्तु उत्पादन र ब्यास नगरपालिकाको उद्यमशीलतायुक्त सांस्कृतिक गाउँ (बेनीकोट कृषि तथा पर्यटन प्रवर्द्धन) परियोजना छनोट भएको छ। स्याङ्जाको फेदीखोला गाउँपालिकाको डिजिटल लर्निङसम्बन्धी प्रविधि, कास्कीको रुपमा गाउँपालिकाको रुपा समृद्धिको लागि सस्तो लागतमा दूध उत्पादन, पर्वतको पैयु गाउँपालिकाको महिला नेतृत्वमा हाई–टेक टनेल तथा स्मार्ट कृषि बजार ब्यवस्थापन, बागलुङ नगरपालिकाको एकीकृत क्युआर इ–हाउसिङ, डाटा सेन्टर तथा सामाजिक आर्थिक सूचना प्रणाली, काठेखोला गाउँपालिकाको विद्यार्थी केन्द्रीत विद्यालय फलफूल बगैँचा कार्यक्रम र बडिगाड गाउँपालिकाको कार्यालय डिजिटलाइजेशन परियोजना छनोट भएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति
Latest NewsJust now

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति हासिल गरेको छ । नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखा अन्तर्गतका कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु. ५ अर्ब २० करोड ९० लाख बजेट विनियोजन भएको छ । पहिलो त्रैमासिक अवधिमा रु. ६२ करोड ७४ लाख बजेटमध्ये रु. १४ करोड ७० लाख खर्च भएको छ, जुन ...

टक्सार
हेलिकोप्टर दुर्घटनामा भारतीय नागरिकको मृत्यु भएको पुष्टि, घाइतेलाई काठमाडौं ल्याइयो
Latest NewsJust now

हेलिकोप्टर दुर्घटनामा भारतीय नागरिकको मृत्यु भएको पुष्टि, घाइतेलाई काठमाडौं ल्याइयो

विराटनगर । सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ल्यान्ड गर्ने क्रममा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा भारतीय नागरिक वसन्तकुमार बलरा माडुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । दुर्घटनामा शैलेश किसान पट्टेल र फिस्टेल एयरका पाइलट घाइते भएका छन् । घाइते दुवैलाई […] ...

लोकपथ
जुम्लामा नेकपाको जागरण अभियान सुरु
Latest NewsJust now

जुम्लामा नेकपाको जागरण अभियान सुरु

जुम्ला । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जुम्लाले राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । नेकपा जुम्लाले आइतबार निर्वाचन क्षेत्र नम्बर (ख) र सोमबार निर्वाचन क्षेत्र नम्बर (क) मा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै अभियान सुरु गरेको हो । नेकपाका कर्णाली प्रदेश सह इन्चार्ज नरेश भण्डारीले केन्द्रीय पार्टीको नीतिअनुसार जिल्लामा जागरण अभियान सञ्चालन गरिएको बताउनुभयो । राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको रक्षा, ...

हिमालय टाइम्स
तिहारका लागि काठमाडौं महानगरले कहाँकहाँ तोक्यो फूलमाला बिक्री गर्ने स्थान ? [सूचीसहित]
Latest NewsJust now

तिहारका लागि काठमाडौं महानगरले कहाँकहाँ तोक्यो फूलमाला बिक्री गर्ने स्थान ? [सूचीसहित]

महानगरपालिकाले सूचना जारी गर्दै प्लास्टिकजन्य फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री–वितरण नगर्न व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play