Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मंगलबारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव, एनपीएलका खेल प्रभावित हुनसक्ने

मंगलबारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव, एनपीएलका खेल प्रभावित हुनसक्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
मंगलबारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव, एनपीएलका खेल प्रभावित हुनसक्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुन: बदली आउने चेतावनी दिएको छ। विभागकाअनुसार मंगलवारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधबारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो। गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले जनाएको छ। हाललाई देशको मौसम स्थिर रहे पनि कात्तिक १० गतेदेखि १५ गतेसम्म मौसमी प्रणालीमा फेरबदल आउने संकेत देखिएको छ। मौसमविद् रोजन लामिछानेका अनुसार उक्त न्युन चापीय प्रणालीका कारण देशका अधिकांश भूभागमा प्रभाव पर्न सक्ने सम्भावना छ। यद्यपि, वर्षाको मात्रा र प्रभावको यकिन अवस्थाबारे अहिले नै भन्न सकिने अवस्था नरहेको विभागले स्पष्ट पारेको छ। यो मौसमी फेरबदलले विशेष गरी कृषि र पर्यटन क्षेत्रलाई प्रभावित पार्नसक्ने आकलन गरिएको छ। हाल धान भित्र्याउने समय भएकाले किसानलाई मंगलबारसम्मको अनुकूल मौसमको सदुपयोग गर्दै बाली भित्र्याइसक्न विभागले विशेष आग्रह गरेको छ। ‘आगामी कात्तिक ७ गतेसम्म हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। अन्य भूभागमा वर्षाको सम्भावना न्युन छ,’ उनले भने, ‘कात्तिक १० देखि १५ गतेसम्म बंगालको खाडीमा विकसित भइरहेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्नसक्ने देखिन्छ । वर्षाको मात्रा र प्रभावबारे अहिले नै यकिन गर्न सकिने अवस्था छैन।’ कात्तिक ८ गतेपछि कुनैपनि बाह्य कार्यक्रम, भ्रमण वा कृषि कार्यको योजना बनाउँदा मौसमी अवस्थालाई ध्यानमा राख्न र पछिल्ला अद्यावधिक सूचनाहरू नियमित रूपमा लिन सचेत गराइएको छ। ‘कृषि, पर्यटन तथा खेलकुद गतिविधि प्रभावित हुनसक्ने भएकाले मौसमको अवस्था बुझेर मात्र योजना बनाउन अनुरोध छ। धान काट्ने तथा बाली भित्र्याउने काम सम्भव भएसम्म कार्तिक ७ गतेभित्रै सम्पन्न गर्नुहोला,’ उनले भने । उक्त प्रणालीका कारण सञ्चालन हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) लगायतका खेलकुद प्रतियोगिताहरूमा समेत असर पर्नसक्ने देखिएको छ । एनपीएलका खेलहरू सोमबारबाट सुरु हुँदैछ। आम नागरिकलाई आधिकारिक मौसमी सूचनाका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जालहरू नियमित हेर्न वा ११५५ मा फोन गरेर जानकारी लिन अनुरोध गरिएको छ। The post मंगलबारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव, एनपीएलका खेल प्रभावित हुनसक्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

यस्तो छ आगामी पाँच दिनको मौसम पूर्वानुमान
ताजा खबरJust now

यस्तो छ आगामी पाँच दिनको मौसम पूर्वानुमान

काठमाडौँ। आगामी पाँच दिन देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने तथा कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। नेपाल मौसम विज्ञान विभागको मौसम... ...

रातोपाटी
स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, सरकारको धारणा माग
ताजा खबरJust now

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, सरकारको धारणा माग

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत सम्बन्धका सन्दर्भमा दिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। थापाले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत वाग्लेको अभिव्यक्ति नेपाली राष्ट्रियतामाथिको... ...

रातोपाटी
दसैंमा हरिण जात्रा : आस्था, संस्कृति र सद्भावको अनुपम सङ्गम
ताजा खबरJust now

दसैंमा हरिण जात्रा : आस्था, संस्कृति र सद्भावको अनुपम सङ्गम

प्रकाशविक्रम शाह धनगढी, कात्तिक ७ गते । दार्चुलाको व्यास गाउँपालिका–६, हुति गाउँमा एउटा अनौठो र मौलिक परम्पराको हरिण जात्रा सुरु भएको छ । यो जात्रा दसैँको पूर्णिमासम्म मनाइने गरिन्... ...

गोरखापत्र
एमालेसँग एकताको सम्भावना छैन: प्रचण्ड
ताजा खबरJust now

एमालेसँग एकताको सम्भावना छैन: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले तत्काल एमालेसँग पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित जागरण अभियानको उद्घाटन कार्यक्रममा प्रचण्डले इतिहास र पृष्ठभूमि समीक्षा गर्न आवश्यक रहेको उल्लेख गर्दै तत्काल एकताको सम्भावना नरहेको बताएका हुन् । उनले नेकपा एमाले भ्रष्टाचारको संरक्षण गर्ने र आफ्नो पार्टी भ्रष्टाचारविरुद्धको लडाइँ लड्ने पार्टी भएकाले तत्काल एकताको ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play