Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशी बाढी: यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढी: यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
Photo / Coverage: नेपालन्युज

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा परी बेपत्ता भएका भएका ३२ जिल्लाका दुई हजार २९४ जनाको यकिन विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले ३२ जिल्लाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भई आएका विवरण मात्र सार्वजनिक गरेको हो । प्राधिकरणका अनुसार सबैभन्दा बढी रसुवाका एक हजार ५८३ जना रहेका छन् । त्यस्तै धनकुटा, डडेल्धुरा, खोटाङ, भोजपुर, अछाम, कपिलवस्तु, जाजरकोट, सर्लाही, ललितपुर, कैलाली, महोत्तरी, बागलुङ, ताप्लेजुङ, जुम्ला, बाजुरा, कालीकोट, नवलपरासी पूर्व, उदयपुर, काभ्रेपलाञ्चोक, नवलपरासी (पश्चिम), तेह्रथुम, रुकुम (पूर्व), सप्तरी, बर्दिया, स्याङ्जा, रामेछाप, दाङ, सिन्धुपाल्चोक र सिन्धुली बेपत्ताको सूचीमा सार्वजनिक गरिएको छ । सात देशका १७१ बेपत्ता नागरिकको विवरण पनि प्राधिकरणले सार्वजनिक गरेको हो । बेपत्ता व्यक्तिको पूर्ण विवरण प्राधिकरणको वेबसाइटमा हेर्न सकिनेछ । प्राधिकरणले आज सूचना जारी गर्दै बेपत्ता व्यक्ति जीवित रहेको वा फेला परेको भए निज वा एकाघरको परिवारका तर्फबाट सात दिनभित्र दाबी पेस गर्न आग्रह गरेको छ । बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेको स्थानीय तहबाट भएको सिफारिसको आधारमा सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा स्वदेशी व्यक्तिको सूची प्रकाशन गरिएको हो । यस्तै बेपत्ता विदेशी व्यक्तिको हकमा भने सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्नेगरी तोकिएको नियोगबाट कन्सुलर सेवा विभागमार्फत प्राप्त विवरण सार्वजनिक गरिएको हो । बत्तीस जिल्लाबाहेकका विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालय र बेपत्ता विदेशी नागरिकको हकमा नियोगबाट सूची प्राप्त भएपछि पुनः सूचना प्रकाशित गरिने प्राधिकरणले जनाएको छ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी हालसम्म एक हजार ४५७ जनाको मृत्यु भएको छ । बाढीमा पाँच हजार २८५ बेपत्ता भएको प्राधिकरणको तथ्यांक छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रचण्डको टिप्पणी- राज्यमा विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति हाबी भयो
Latest NewsJust now

प्रचण्डको टिप्पणी- राज्यमा विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति हाबी भयो

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले राज्यमा विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति हाबी भएको बताएका छन् । शनिबार काठमाडौंमा दीपेन्द्र रोकाया र मोहन दास मानन्धरद्वारा लिखित ‘कर्णाली उपेक्षा र उज्यालो’ पुस्तक लोकार्पण गर्दै प्रचण्डले विगतमा बर्षमा भएको सुशासन र बिकासका क्षेत्रमा केहि पनि काम भएन भन्ने विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति राज्यमा हाबी भएको बताएका हुन् । उनले आफ्नो नेतृत्वको ...

केन्द्रबिन्दु
'सरकारले काम गरिरहेको छ, गौतमबुद्ध विमानस्थल चाँडै चल्छ'
Latest NewsJust now

'सरकारले काम गरिरहेको छ, गौतमबुद्ध विमानस्थल चाँडै चल्छ'

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद पुनमकुमारी अग्रवालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालनमा आउने बताएकी छन् । विमानस्थल सञ्चालनका लागि सरकारले आन्तरिक तयारी र कूटनीतिक पहल गरिरहेको... ...

रातोपाटी
बाढीपीडितले छोड्न थाले गुम्बा, गृहमन्त्रीको आश्वासनले रूष्ट (फोटो फिचर)
Latest NewsJust now

बाढीपीडितले छोड्न थाले गुम्बा, गृहमन्त्रीको आश्वासनले रूष्ट (फोटो फिचर)

काठमाडौं । काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ गुम्बामा दुई महिनादेखि आश्रित भोटेकोसी बाढीपीडितले आश्रयस्थल छोड्न थालेका छन् । गुम्बा व्यवस्थापनले लामो समय भइसकेको र अब आफ्नै व्यवस्थापन गर्न भनेपछि पीडितहरू शनिबारदेखि अन्यत्र सर्न थालेका हुन् । गुम्बा छोडेका बाढीपीडित तत्कालका लागि काठमाडौंमा आफन्तकहाँ बस्ने र तिहारपछि रसुवा फर्कने योजनामा छन् । सरकारले नगरे पनि टिमुरेमाथि खैदे डाँडामा बासस्थानको व्यवस्था गर्ने उनीहरूको भनाइ छ । ...

कर्पोरट खबर
दरबारमार्गमा काग सम्मेलन, सयौँ काग एकै ठाउँमा भेला
Latest NewsJust now

दरबारमार्गमा काग सम्मेलन, सयौँ काग एकै ठाउँमा भेला

काठमाडौँ। यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारका अवसरमा आज काठमाडौँस्थित नारायणहिटी दरबारअगाडि ‘काग सम्मेलन’ आयोजना गरिएको छ। कागको संरक्षण, पर्यावरणीय सन्तुलन कायम राख्न यसको भूमिका तथा नेपाली मौलिक संस्कृतिमा कागको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय सङ्गीतकर्मी सङ्घले २३औँ काग सम्मेलन आयोजना गरेको हो। सम्मेलनमा कलाकार रमेश दुलालले कागको आवाज निकालेर विभिन्न स्थानमा रहेका सयौँ कागलाई एकै ठाउँमा भेला पार्नुभएको थियो। ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play