Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशी बाढी : यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढी : यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
Photo / Coverage: पर्दाफास

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा परी बेपत्ता भएका भएका ३२ जिल्लाका दुई हजार २९४ जनाको यकिन विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले ३२ जिल्लाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भई आएका विवरण मात्र सार्वजनिक गरेको हो । प्राधिकरणका अनुसार सबैभन्दा बढी रसुवाका एक हजार ५८३ जना रहेका छन् । त्यस्तै धनकुटा, डडेल्धुरा, खोटाङ, भोजपुर, अछाम, कपिलवस्तु, जाजरकोट, सर्लाही, ललितपुर, कैलाली, महोत्तरी, बागलुङ, ताप्लेजुङ, जुम्ला, बाजुरा, कालीकोट, नवलपरासी पूर्व, उदयपुर, काभ्रेपलाञ्चोक, नवलपरासी (पश्चिम), तेह्रथुम, रुकुम (पूर्व), सप्तरी, बर्दिया, स्याङ्जा, रामेछाप, दाङ, सिन्धुपाल्चोक र सिन्धुली बेपत्ताको सूचीमा सार्वजनिक गरिएको छ । सात देशका १७१ बेपत्ता नागरिकको विवरण पनि प्राधिकरणले सार्वजनिक गरेको हो । बेपत्ता व्यक्तिको पूर्ण विवरण प्राधिकरणको वेबसाइटमा हेर्न सकिनेछ । प्राधिकरणले आज सूचना जारी गर्दै बेपत्ता व्यक्ति जीवित रहेको वा फेला परेको भए निज वा एकाघरको परिवारका तर्फबाट सात दिनभित्र दाबी पेस गर्न आग्रह गरेको छ । बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेको स्थानीय तहबाट भएको सिफारिसको आधारमा सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा स्वदेशी व्यक्तिको सूची प्रकाशन गरिएको हो । यस्तै बेपत्ता विदेशी व्यक्तिको हकमा भने सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्नेगरी तोकिएको नियोगबाट कन्सुलर सेवा विभागमार्फत प्राप्त विवरण सार्वजनिक गरिएको हो । बत्तीस जिल्लाबाहेकका विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालय र बेपत्ता विदेशी नागरिकको हकमा नियोगबाट सूची प्राप्त भएपछि पुनः सूचना प्रकाशित गरिने प्राधिकरणले जनाएको छ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी हालसम्म एक हजार ४५७ जनाको मृत्यु भएको छ । बाढीमा पाँच हजार २८५ बेपत्ता भएको प्राधिकरणको तथ्यांक छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शुभकामना आदानप्रदान कार्यक्रमको बीचमा उठेर किन हिंडे गृहमन्त्री ?
OthersJust now

शुभकामना आदानप्रदान कार्यक्रमको बीचमा उठेर किन हिंडे गृहमन्त्री ?

२१ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ रास्वपा गोरखा–काठमाडौं सम्पर्क विभागले आयोजना कार्यक्रमको बीचमा उठेर हिंडेका छन् । विभागले शनिबार काठमाडौंमा नयाँ बजारमा आयोजना गरेको कार्यक्रममा बक्ताको संख्या धेरै भएपछि गृहमन्त्री गुरुङ कार्यक्रमकोबीचमै उठेर हिंडेका हुन् । कार्यक्रम जारी रहदा गृहमन्त्री गुरुङ बाहिरिएपछि आयोजक अलमलमा पर्‍यो । उनले शुभकामना आदनप्रादन कार्यक्रम राखेपछि आफूलाई स्टेजमा मात्रै… ...

अनलाइन खबर
तिहारमा विद्युत् अभाव नहुने, २४सै घण्टा प्राविधिक टोली परिचालन
OthersJust now

तिहारमा विद्युत् अभाव नहुने, २४सै घण्टा प्राविधिक टोली परिचालन

नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित राख्न विशेष व्यवस्थापन गरेको छ । लक्ष्मीपूजाका दिन विद्युत्को मागभन्दा आन्तरिक उत्पादन बढी हुने प्रक्षेपण गर्दै प्राधिकरणले सम्भावित प्राविधिक अवरोध तत्काल समाधान गर्न चौबीसै घण्टा जनशक्ति परिचालन गर्ने व्यवस्था मिलाएको हो । प्राधिकरणका अनुसार यस वर्ष लक्ष्मीपूजाको साँझ विद्युत्को अधिकतम माग करिब एक हजार ७०० मेगावाट पुग्ने अनुमान छ । सोही ...

पर्दाफास
शेरबहादुर देउवा भन्छन्- १८ करोडमा पार्टी किनी दियो भन्ने छ, अब पैसामा पार्टी बेच्ने हामीले ?
OthersJust now

शेरबहादुर देउवा भन्छन्- १८ करोडमा पार्टी किनी दियो भन्ने छ, अब पैसामा पार्टी बेच्ने हामीले ?

‘इनम सापकोटाले १८ करोड भनेको छ । बा, सानो पैसा हो त्यो ?,’ आश्चर्य व्यक्त गर्दै पूर्वसभापति देउवाले प्रश्न गरे, ‘त्यो पैसा दिएर पार्टी किनी दियो । अब पैसामा पार्टी बेच्ने हामीले ?’ ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play