Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ नेपाली र ६२३ विदेशीलाई मृत घोषणा गर्न सिफारिस

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ नेपाली र ६२३ विदेशीलाई मृत घोषणा गर्न सिफारिस
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । रसुवा–भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ नेपाली र ६२३ विदेशी नागरिकलाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस गरिएको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३८औँ बैठकले यस्तो सिफारिस गरेको हो । ४८ जिल्लाबाट प्राप्त विवरण र सातवटा विदेशी नियोगबाट प्रमाणित भएर आएका विवरणका आधारमा बेपत्ताहरूलाई मृत घोषणा गर्न सिफारिस गरिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत घोषणा गर्न सक्ने व्यवस्था छ । यसअघि स्वदेशी नागरिकका हकमा सम्बन्धित स्थानीय तह र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको सिफारिसका आधारमा तथा विदेशी नागरिकका हकमा सम्बन्धित मुलुकका नेपालस्थित नियोगबाट प्राप्त विवरणका आधारमा दुई चरणमा सातदिने सूचना जारी गरी दाबी पेस गर्न आह्वान गरिएको थियो । त्यस्तै, बैठकले ‘सबैका लागि पूर्वसूचना’ राष्ट्रिय मार्गचित्र २०८३–२०८७ स्वीकृत गरेको छ । यसमार्फत २०८७ सालसम्म नेपालका सबै समुदायमा विपद्को पूर्वसूचना पुर्‍याउने लक्ष्य राखिएको र बहुप्रकोप पूर्वसूचना प्रणालीको विस्तार, स्तरोन्नति र प्रभावकारी सञ्चालनलाई मार्गचित्रमा प्राथमिकता दिइएको प्राधिकरणले जनाएको छ । बैठकले वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ र कार्ययोजना २०८३/८४ देखि २०९१/९२ सम्मका लागि स्वीकृत गरेको छ । यसैगरी वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना २०८३–२०८७ पनि स्वीकृत गरेको प्राधिकरणले जानकारी दिएको छ । The post भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ नेपाली र ६२३ विदेशीलाई मृत घोषणा गर्न सिफारिस appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रदेश लोकसेवा आयोगको अध्यक्षमाथि छानबिन गर्न ५ सदस्यीय उपसमिति गठन
Latest NewsJust now

प्रदेश लोकसेवा आयोगको अध्यक्षमाथि छानबिन गर्न ५ सदस्यीय उपसमिति गठन

प्रदेश लोकसेवा आयोगसँग जोडिएको भत्ता तथा अनियमितता सम्बन्धी उजुरीमाथि छानबिन गर्न सुशासन तथा योजना समितिले पाँच सदस्यीय उपसमिति गठन गरेको छ। संसदीय समितिमा उजुरी आएपछि यस बारेमा समितिले छानबिन गरिरहेको छ। समितिबाट भन्दा पनि उपसमिति बनाएर त्यस बारेमा विस्तृत छानविन गर्न उपसमिति गठन गरिएको समितिका सभापति खगेश्वरी पौडेलले जानकारी दिइन्।  छानबिन उ... ...

नेपालखबर
रुपन्देहीमा १४८ जनाले पाए लालपूर्जा
Latest NewsJust now

रुपन्देहीमा १४८ जनाले पाए लालपूर्जा

रुपन्देहीको मायादेवी गाउँपालिकामा १४८ जनालाई जग्गाधनी प्रमाणपूर्जाको (लालपूर्जा) वितरण गरिएको छ । गाउँपालिका र नापी कार्यालय, रुपन्देहीको आयोजनामा वडा नम्बर ७ का विभिन्न गाउँब्लकका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो । गाउँपालिकाका अमिन हृदयदेश कुमार बनियाका अनुसार गाउँब्लकका कित्ताहरूको लालपुर्जा वितरण गरिएको हो । लालपूर्जा वितरण कार्यक्रममा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले वितरण कार्यमा केही महिना ढिलाइ भए पनि विभिन्न वडामा लालपूर्जा वितरण ...

फरकधार
मृत्युदण्ड सुनाइएकी शेख हसिनाको स्वदेश फर्किने योजनाले बङ्गलादेशमा तनाव, भारतलाई पनि अप्ठ्यारो
Latest NewsJust now

मृत्युदण्ड सुनाइएकी शेख हसिनाको स्वदेश फर्किने योजनाले बङ्गलादेशमा तनाव, भारतलाई पनि अप्ठ्यारो

पूर्वप्रधानमन्त्री हसिनाले यसअघि पनि पटक–पटक बङ्गलादेश फर्किने प्रतिबद्धता जनाउँदै आएकी थिइन् । तर, यसपटक उनले स्वदेश फर्किने मिति नै घोषणा गरेकी छन् । उनका अनुसार उनी १६ डिसेम्बरमा बङ्गलादेश फर्किनेछिन्... ...

रातोपाटी
६ दशक पुरानो कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी
Latest NewsJust now

६ दशक पुरानो कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

झापा, मङ्सिर ११ गते । झापा कारागारमा क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी रहेका छन् । छ दशक पुरानो भवन र साँघुरो कोठाका कारण कैदीबन्दी सकसमा बस्न बाध्य छन् ।कारागार प्रमुख पूर्णबहादु... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement