Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भोटेकोशी-कालीगण्डकी बाढी प्रभावित ४९ वडाको क्षति विवरण प्रमाणित गरेर उपलब्ध गराउन संसदीय समितिको निर्देशन

भोटेकोशी-कालीगण्डकी बाढी प्रभावित ४९ वडाको क्षति विवरण प्रमाणित गरेर उपलब्ध गराउन संसदीय समितिको निर्देशन

10/28/2026, 2:13:01 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी-कालीगण्डकी बाढी प्रभावित ४९ वडाको क्षति विवरण प्रमाणित गरेर उपलब्ध गराउन संसदीय समितिको निर्देशन

काठमाडाैँ । भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले विपद्बाट प्रभावित ४९ वटै वडाको छुट्टाछुट्टै क्षति विवरण प्रमाणित गरेर उपलब्ध गराउन सरकारसँग माग गरेको छ । समितिका सभापति कृष्णप्रसाद पौडेलले प्रभावित प्रत्येक वडामा मानवीय क्षति, बेपत्ता भएका व्यक्ति, कृषि तथा अन्य क्षेत्रमा भएको क्षति र राहत वितरणको वास्तविक विवरण उपलब्ध कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई निर्देशन दिएका हुन् । समितिले बुधबार सिंहदरबारमा गरेको छलफलका क्रममा सभापति पौडेलले स्थलगत निरीक्षणमा जानुअघि नै ४९ वटै वडाको क्षति तथा नोक्शानीसम्बन्धी तथ्याङ्क आवश्यक रहेको बताए । उनले प्रत्येक वडामा कति जनाको मृत्यु भयो, कति जना बेपत्ता भए र कृषि लगायतका विभिन्न क्षेत्रमा कति क्षति पुग्यो भन्ने यथार्थ विवरण सरकारी निकायबाट हस्ताक्षर गरी प्रमाणित गरेर उपलब्ध गराउनुपर्नेमा जोड दिए । उनकाअनुसार सही र प्रमाणित सूचना प्राप्त भएपछि मात्रै समितिले यथार्थपरक प्रतिवेदन तयार गर्न र तथ्यमा आधारित निर्णय तथा सुझाव दिन सक्नेछ । समितिले स्थलगत निरीक्षणका क्रममा सरकारी प्रतिवेदनमा उल्लेख गरिएको राहत वितरणको विवरण र प्रभावित नागरिकले वास्तविक रूपमा प्राप्त गरेको राहतको अवस्था पनि तुलना गर्ने जनाएको छ । सरकारी निकायले राहत उपलब्ध गराएको दाबी गरे पनि सम्बन्धित नागरिकले प्राप्त गरे वा नगरेको विषयमा समितिले स्थलगत रूपमा जानकारी लिने पौडेलले बताए । राष्ट्रिय सभाले गर्ने अध्ययन तथा अनुगमन तथ्याङ्कमा आधारित र प्रभावित नागरिकले भोगेको वास्तविक अवस्थालाई प्रतिबिम्बित गर्ने खालको हुनुपर्ने उनको भनाइ छ । त्यसैले सम्बन्धित निकायले आवश्यक विवरण यथाशिघ्र उपलब्ध गराउनुपर्नेमा जोड दिँदै पौडेलले तथ्याङ्क प्राप्त भएपछि मात्रै समितिले स्थलगत निरीक्षण अघि बढाउने बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

सुदूरपश्चिमले जित्यो टस, पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने
ताजा खबरJust now

सुदूरपश्चिमले जित्यो टस, पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने भएको छ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले फिल्डिङ रोजेपछि पोखराले ब्याटिङ गर्ने भएको हो।  सुदूरपश्चिमका कप्तान दीपेन्द्रले पहिलो खेलमा पावर प्लेमा नै विकेट जाँदा आफुहरुलाई गाह्रो भएको बताउँदै आजको खेलमा जितका लागि खेल्... ...

नेपालखबर
एनपीएल : टस जितेर सुदूरपश्चिमले रोज्यो बलिङ
ताजा खबरJust now

एनपीएल : टस जितेर सुदूरपश्चिमले रोज्यो बलिङ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। टस हारेसँगै पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्नेछ। ...

केन्द्रबिन्दु
भोटेकोशी बाढीपीडितलाई पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग
ताजा खबरJust now

भोटेकोशी बाढीपीडितलाई पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग

अमेरिकामा रहेका नेपालीलगायत विभिन्न समुदायबाट संकलित रकम फाउन्डेसनले प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो । ...

कान्तिपुर
चोरीको विषयमा विवाद हुँदा वृद्धको हत्या, तीन जना पक्राउ
ताजा खबरJust now

चोरीको विषयमा विवाद हुँदा वृद्धको हत्या, तीन जना पक्राउ

जयकृष्ण यादव इनरुवा, कात्तिक ११ गते । मोरङको विराटनगर महानगरपालिका–६ मा चोरीको आरोपलाई लिएर भएको विवाद भएपछि ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या भएको प्रहरीले जनाएको छ । बुधबार जि... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play