Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

भोजपुरमा जारी वडाध्यक्ष कपको उपाधि युनिटी–७ लाई

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोजपुरमा जारी वडाध्यक्ष कपको उपाधि युनिटी–७ लाई
Photo / Coverage: हिमालय टाइम्स

भोजपुर । भोजपुरमा सञ्चालन भएको चौथो संस्करणको वडाध्यक्ष कप खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि युनिटी–७ ले जितेको छ । आज उपाधिका लागि आम्तेक–११ र युनिटी–७ बीच भएको फाइनल खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि निर्णय ट्राइब्रेकरबाट गरिएको थियो । ट्राइब्रेकरमा आम्तेक–११ लाई ३–१ गोलले पराजित गर्दै युनिटी–७ ले उपाधि आफ्नो पक्षमा पारेको हो । उपाधिसँगै विजेता युनिटी–७ ले नगद एक लाख एक हजार एक सय ११ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको आम्तेक–११ ले ५१ हजार एक सय ११ रुपैयाँमा चित्त बुझाएको छ । आयोजक संस्थाका खेल संयोजक सन्तोष तामाङले पुरस्कार राशिबारे जानकारी दिनुभयो । मङ्सिर ४ गतेदेखि भोजपुर सदरमुकामस्थित स्थानीय टुँडिखेलमा सञ्चालन भएको प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगिताको व्यक्तिगत विधातर्फ म्यान अफ द म्याच तथा उत्कृष्ट गोलरक्षकको उपाधि युनिटी–७ का नवीन पोखरेलले प्राप्त गर्नुभयो । त्यसैगरी, उत्कृष्ट खेलाडी युनिटी–७ कै निकेन राई घोषित हुनुभयो । प्रतियोगितामा उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरले समेत पुरस्कार प्राप्त गरेका छन् । विजेता टोली तथा उत्कृष्ट खेलाडीहरूलाई मुख्य प्रायोजक भोजपुर नगरपालिका–७ का वडाध्यक्ष जयबहादुर तामाङलगायत अतिथिहरूले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगिताको मुख्य प्रायोजन भोजपुर नगरपालिका वडा नम्बर ७ ले गरेको थियो भने भोजपुर जिल्ला फुटबल सङ्घले खेल संयोजन गरेको थियो । प्रतियोगितामा समूह ‘क’ तर्फ बोखिम फुटबल क्लब, आम्तेक–११, भोजपुर–१०, खेलकुद विकास समिति–६, टेम्केमैयुङ, जयबुद्ध, बिहानी फुटबल क्लब र पौवादुङमा कलेक्सन सहभागी थिए । त्यस्तै, समूह ‘ख’ तर्फ भोर्टोक्स फुटबल क्लब, अन्नपूर्ण फुटबल क्लब, बोखिम, कोदार फुटबल क्लब, सेभेन स्टार फुटबल क्लब, रिमाचुङ, युनिटी–७ र चौतारी फुटबल क्लबले प्रतिस्पर्धा गरेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राशिद खानको घातक बलिङ, पाकिस्तान ‘ए’ १६८ रनमै अलआउट
Latest NewsJust now

राशिद खानको घातक बलिङ, पाकिस्तान ‘ए’ १६८ रनमै अलआउट

काठमाडौँ । कतारमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालका स्पिनर राशिद खानले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएपछि पाकिस्तान ‘ए’ १६८ रनमै समेटिएको छ । टस जितेर पहिले ब्याटिङ... ...

रातोपाटी
उग्रतारा मेलामा रैथाने उपजको बजार
Latest NewsJust now

उग्रतारा मेलामा रैथाने उपजको बजार

पहाडी तथा हिमाली क्षेत्रका विभिन्न गाउँबाट आफ्नै उत्पादन बोकेर आएका किसान र साना व्यापारीका कारण मेला स्थानीय उत्पादनको बजारसमेत बनेको छ । ...

कान्तिपुर
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा घोषित भारतीय सहयोगप्रति निक्कीको स्वागत
Latest NewsJust now

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा घोषित भारतीय सहयोगप्रति निक्कीको स्वागत

भारतले नेपाललाई विकास सहायता, पारवहन, ऊर्जा, शिक्षा, सूचना तथा सञ्चार प्रविधि र पूर्वाधारका क्षेत्रमा सहयोग गर्ने घोषणा गरेको छ । ...

कान्तिपुर
कांग्रेस केन्द्रीय समिति बैठकका पाँच कार्यसूची
Latest NewsJust now

कांग्रेस केन्द्रीय समिति बैठकका पाँच कार्यसूची

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा छलफलका लागि पाँच वटा कार्यसूची पेश गरिएका छन्। मंगलबार सभापति गगन थापाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले कार्यसूची पेश गरेका हुन्। केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिएको कार्यसूचीमा संगठनको आगामी कार्यभार (हामी तयार छौँ अभियान), भोटेकोसी र बूढीगण्डकी विपद् पछिको पुनःस्थापना र पुनर्निर्माण, विस्थापित ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement