पोखरा। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भैरहवा हवाई प्रवेशमार्ग दुईतर्फी बनाउने विषयमा भएको सहमतिलाई सकारात्मक रूपमा लिएको बताएका छन्। प्रेस चौतारी नेपाल, कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले यससम्बन्धी प्राविधिक विषय छिटो टुङ्ग्याएर हवाई प्रवेशमार्ग दुईतर्फी सञ्चालनमा ल्याउन सरकारले तदारुकता देखाउनुपर्ने बताए। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका सहमति र समझदारी कार्यान्वयन हुनुपर्नेमा पनि उनले जोड दिए। यसैबीच, महासचिव पोखरेलले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा विचार मिल्ने दलसँग तालमेल गरेर अघि बढ्ने बताए। “कुन दलसँग तालमेल गर्ने भन्ने टुङ्गिएको छैन, तर निर्वाचनमा विचार मिल्ने दलबीच मिलेर जाने विषयमा छलफल भइरहेको छ”, उनले भने। एमालेलाई थप एकताबद्ध र सुदृढ बनाउँदै आगामी निर्वाचनमा जाने पनि पोखरेलले बताए।
‘भैरहवा हवाई प्रवेशमार्ग दुईतर्फी बनाउने सहमति सकारात्मक’

Read Complete Original Article
Published originally on नेपालन्युज






