Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ : प्रधानमन्त्री

Share:WhatsAppFacebookX (Twitter)Telegram
भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ : प्रधानमन्त्री
Photo / Coverage: पर्दाफास

सरकारले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट जग्गा प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् । सरकारले शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत भूमि प्रशासनका सेवा स्थानीय तहबाटै प्रवाह गर्ने योजना अघि बढाएको हो । प्रधानमन्त्री शाहका अनुसार हालसम्म ३३ वटा स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालनमा आइसकेको छ । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ ले गरेको व्यवस्थाअनुसार भूमि प्रशासनका सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको उनले बताएका छन् । सरकारले बाँकी सबै स्थानीय तहबाट समेत एक महिनाभित्र अनिवार्य रूपमा जग्गा प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । यसका लागि स्थानीय तहलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि सरकारले जनाएको छ । यो व्यवस्था कार्यान्वयनमा आएपछि जग्गासम्बन्धी सेवा लिन नागरिकले मालपोत तथा नापी कार्यालय धाउनुपर्ने बाध्यता कम हुने सरकारको अपेक्षा छ । स्थानीय तहले भूमि प्रशासनसम्बन्धी आफ्नो संवैधानिक तथा कानुनी अधिकार प्रयोग गर्न पाउने र सेवा नागरिकको नजिक पुग्ने प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् । सरकारले यस पहललाई संघीयताको मर्मअनुसार राज्यका सेवा नागरिकको घरदैलोमा पु¥याउने र अधिकार केन्द्रमा सीमित राख्ने कानुनी व्यवस्थालाई खुकुलो बनाउने प्रयासका रूपमा व्याख्या गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘काठमाडौं हरर फिल्म फेस्ट’ को दोस्रो संस्करण सकियो
OthersJust now

‘काठमाडौं हरर फिल्म फेस्ट’ को दोस्रो संस्करण सकियो

तीन दिनदेखि काठमाडौंमा जारी ‘काठमाडौं हरर फिल्म फेस्ट’ को दोस्रो संस्करण सम्पन्न भएको छ । नेपालसहित विभिन्न देशका हरर तथा विधागत फिल्मको प्रदर्शनमा दर्शकको उत्साहजनक सहभागिता देखिएको थियो । मोराद मुस्तफाद्वारा निर्देशित फिल्म ‘आयशा कान्ट फ्लाई अवे’ प्रदर्शनसँगै सम्पन्न भएको महोत्सवको समापन समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति ब्रजेश खनाल, नेपालस्थित रुसी दूतावासका मिनिस्टर काउन्सेलर तथा उपनियोग प्रमुख रिनचेन राक्शायेभ, ...

पर्दाफास
अगाडि जाने होडबाजीमा अनुशासन उल्लङ्घन गर्दै सार्वजनिक यातायात
OthersJust now

अगाडि जाने होडबाजीमा अनुशासन उल्लङ्घन गर्दै सार्वजनिक यातायात

काठमाडौंको कोटेश्वरस्थित सडकमा सार्वजनिक यातायातका साधनले अगाडि जाने(ओभरटेक) होडबाजीमा ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको पाइएको छ । सडकमा आफ्नो लेन नै छाडेर अगाडि बढ्ने वा ओभरटेक गर्ने प्रतिस्पर्धाले सवारी आवागमनलाई अव्यवस्थित बनाएको छ । यात्रु चढाउने र ओराल्ने तथा अगाडि बढ्ने क्रममा सार्वजनिक यातायातका साधनले ट्राफिक नियम पालना नगर्दा ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको देखिन्छ । व्यस्त सडकमा चालकहरूले आफ्नो लेनमा गाडी ...

पर्दाफास
कामना सेवा फुटसल कप सिजन-६ सम्पन्न
OthersJust now

कामना सेवा फुटसल कप सिजन-६ सम्पन्न

१६ कात्तिक, काठमाडौं । कामना सेवा विकास बैंकले २० औँ वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्थाहरूबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको छैठौं फुट्सल कप सम्पन्न भएको छ । यस प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीको सहभागिता रहेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एन्फा… ...

अनलाइन खबर
सीडीओले होटल सञ्चालनको समय तोके, मुख्यमन्त्रीले भने, ‘गैरजिम्मेवार कदम’
OthersJust now

सीडीओले होटल सञ्चालनको समय तोके, मुख्यमन्त्रीले भने, ‘गैरजिम्मेवार कदम’

जिल्ला प्रशासनले प्रदेश सरकारसँग समन्वयन नगरी समयसीमा तोकेपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असन्तुष्टि जनाएका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play