भूमिहीनको समस्या समाधान र सहकारीपीडितको रकम फिर्ता गर्ने प्रक्रियालाई तिब्रता दिँदैछौँः मन्त्री रावल

काठमाडाैँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले दसैँ–तिहारपछि भूमिहीन नागरिकको समस्या समाधान र सहकारीपीडित बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियालाई तिब्रता दिने बताएकी छिन् । सोमबार चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भूमिहीन नागरिक र सहकारीपीडितका समस्या समाधान सरकारको प्राथमिकतामा रहेको बताउँदै दसैँ तिहार लगत्तै तीव्रता दिइने बताएकी हुन् । उनले दुवै क्षेत्रका समस्या समाधानका लागि आवश्यक कानूनी तथा नीतिगत जटिलता हटाउँदै काम अघि बढाइएको जानकारी दिइन् । मन्त्री रावलकाअनुसार सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका वकचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया शुरु भइसकेको छ । लामो समयदेखि वचत फिर्ता नपाएर पीडामा रहेका नागरिकलाई जतिसक्दो छिटो रकम फिर्ता गर्ने गरी कामलाई तिब्रता दिनुपर्ने आवश्यकता रहेको बताइन् । उनले भूमिहीन नागरिकको समस्या समाधानमा वाधक बनेका कानूनी जटिलता अध्यादेशमार्फत हटाइएको उल्लेख गरिन् । यसअघि कानुनी व्यवस्थाका कारण भूमिहीन नागरिक बसेकै स्थानमा उनीहरूलाई व्यवस्थापन गर्न कठिनाइ रहेको भन्दै उनले आवश्यक नीतिगत सुधार गरेर अघि बढिएको बताएकी हुन् । भूमिहीन नागरिकमा आफूहरू बसिरहेको स्थानबाट हटाइने वा डोजर चलाइने हो कि भन्ने त्रास रहेको उल्लेख गर्दै मन्त्री रावलले सरकारले गरिरहेको काम र आगामी योजनाबारे उनीहरूलाई जानकारी गराउन आवश्यक रहेको बताइन् । त्यसैक्रममा आफू चितवन आइपुगेको उनको भनाइ छ । मन्त्री रावलले सरकार जनताका समस्या सुन्न र समाधानका लागि पहल गर्न जनताकै बीचमा पुग्नुपर्ने मान्यताअनुसार आफू चितवन आएको उल्लेख गरिन् । उनले भूमिहीन नागरिक र सहकारीपीडित वचतकर्तासँग भेटेर उनीहरूका गुनासा, सुझाव तथा समस्या समाधानको अवस्थाबारे जानकारी लिने बताइन् । मन्त्री रावलले चितवनमा पुगेर सहकारी पीडित, भूमिहीनहरुसँग समेत छलफल गरेकी थिइन् ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

इरान, टर्की, पाकिस्तान र साउदी अरबले अलग्गै क्षेत्रीय सुरक्षा संरचना बनाउन थाले पहल
तेहरान- इरान, टर्की, पाकिस्तान र साउदी अरबले क्षेत्रीय देशकै हित र निर्णयमा आधारित सुरक्षा संरचना निर्माणका लागि पहल अघि बढाउन सक्ने भएका छन् । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले सोमबार तेहरानमा टर्की, पाकिस्तान र साउदी अरबका उच्च अधिकारीहरूसँग हुने बैठकले क्षेत्रीय सुरक्षा संयन्त्र निर्माणका लागि थप कदम चाल्ने आधार तयार गर्न सक्ने बताएका छन् […] ...

प्रलोभन देखाइ रकम असुल गर्ने वर्णवाल पक्राऊ
दिपकप्रसाद गौतम वीरगञ्ज (पर्सा), कार्तिक ९ गते । पर्सा प्रहरीले आफू सुरक्षाकर्मीको घुमुवा हुँ भन्दै विभिन्न व्यक्तिहरुसँग अवैध रकम असुली गरेको आरोपमा पोखरिया नगरपालिका वडा नम्बर ५... ...

स्कारपियो दुर्घटनामा ५ जनाकाे मृत्यु
गुल्मी। गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडक खण्डमा स्कारपियो दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ । स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बीएए ०२२० नम्बरको स्कारपियो सडकबाट खसेर दुर्घटना... ...

एनपीएल : उद्घाटन खेलमा लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गतको सुरुवाती खेलमा लुम्बिनी लायन्सले ८८ रनको लक्ष्य पाएको छ । पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले लुम्बिनीलाई ८८ रनको टार्गेट दिएको हो । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर सुदूरपश्चिमले पहिले ब्याटिङ गर्यो । सुदूरपश्चिम रोयल्स १७ ओभर २ बलमा ८७ रन बनाउँदै […] ...


