Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

भूतपूर्व सैनिक सम्मेलन भोलिदेखि, पृतना मुख्यालयमा प्रधानसेनापति सिग्देलले सम्बोधन गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
भूतपूर्व सैनिक सम्मेलन भोलिदेखि, पृतना मुख्यालयमा प्रधानसेनापति सिग्देलले सम्बोधन गर्ने
Photo / Coverage: नेपालन्युज

काठमाडौं। सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोसी प्रदेशबाट सुरु हुँदैछ। नेपाली सेनाका सहायकरथी एवं सैनिक प्रवक्ता राजेन्द्र श्रेष्ठका अनुसार यस वर्षको सम्मेलनको मूल भाव ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ रहेकोे छ। यस पटक यही मङ्सिर १४ देखि २५ गतेसम्म कोसी र बागमती प्रदेशका २४ जिल्लाका भूपूसैनिकलाई समेट्ने गरी २० स्थानमा हुने सम्मेलनमा करिब ५५ हजार भूपूसैनिकको सहभागिता रहने अनुमान गरिएको छ। पहिलो चरणमा यस वर्ष पूर्वी पृतनाअन्तर्गत सुनसरी, मोरङ, धनकुटा, भोजपुर, सङ्खुवासभा, तेह्रथुम, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, उदयपुर, खोटाङ र सोलुखुम्बुमा सम्मेलन हुनेछ। हरेक प्रधान सेनापतिको कार्यकालमा प्रत्येक प्रदेशमा एकपटक आयोजना गरिने सम्मेलनलाई वैज्ञानिक र व्यवस्थित बनाउन तीन चरणमा विभाजन गरी गरिँदै आएको छ। पृतनाको मुख्यालयमा हुने सम्मेलनलाई प्रधान सेनापति अशोकराज सिग्देलले सम्बोधन गर्नेछन्। भूपूसैनिक सम्मेलनसम्बन्धी गतिविधि समेटिएको नेपाली सेनाद्वारा राससलाई उपलब्ध लेख यस प्रकार छः ‘भूपू सैनिक सम्मेलन २०८३’ नेपाली सेनाले करिब एक लाख अवकाश प्राप्त सैनिकबीच पुनर्मिलन गराउने हेतुले विसं २०७० बाट भूतपूर्व सैनिक सम्मेलन सञ्चालन गर्दै आइरहेको छ। ‘एक पटकको सिपाही, जीवन रहेसम्म सिपाही’ रहने हुँदा अवकाश प्राप्त सैनिकका आश्रित परिवारको शिक्षा र स्वास्थ्यको सुनिश्चितता गर्ने, सुविधा तथा सहुलियत प्रदान गर्ने र सीप तथा स्वरोजगार कार्यक्रम सैनिक कल्याणकारी कोषले सञ्चालन गर्दै आइरहेको छ। हरेक प्रधान सेनापतिको कार्यकालमा एकपटक सञ्चालन गरिने भूतपूर्व सैनिक सम्मेलनलाई वैज्ञानिक र व्यवस्थित बनाउन तीन चरणमा विभाजन गरी प्रत्येक चरणमा निश्चित प्रदेशमा कार्यक्रम सञ्चालन गरी तीन वर्षमा देशभर सञ्चालन हुँदै आइरहेको छ। यस वर्ष सञ्चालन हुने भूपूसैनिक सम्मेलनको मूल भाव ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ रहेको छ। सैनिक व्यक्तिको अवकाशपछिको जीवनमा थप ऊर्जा प्रदान गर्ने, एकापसमा भेटघाट गरी आफ्ना सुख–दुःखका अनुभव साट्ने, बहालवाला सैनिक र अवकाश प्राप्त सैनिकबीच सामीप्यको भावना जागृत गराउने, नेपाली सेनाद्वारा सञ्चालित विविध कल्याणकारी कार्यहरूको जानकारी गराई अझै समयानुकूल सुधारका लागि थप राय–सुझावहरू सङ्कलन गरी प्रभावकारी बनाउने उद्देश्यले भूपूसैनिक सम्मेलन आयोजना हुँदै आएको छ। भूपूसैनिक सम्मेलन समग्र राष्ट्र तथा नेपाली सेनाका लागि पूर्वसैनिकले सेवारत रहँदा पु¥याएको सेवा र समर्पणको यथोचित सम्मान पनि हो। भूपूसैनिक सम्मेलनले समाजमा छरिएर रहेका भूपूसैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिबीच पुनर्मिलन गरी आपसी भाइचाराको विकास गर्दै अपनत्वको भावना कायम गर्नाका साथै भूपूसैनिक तथा एकल महिला र आश्रित परिवारहरूको आर्थिक, सामाजिक एवम् भौतिक जीवनस्तरमा सुधारका लागि महत्वपूर्ण पक्षहरू जस्तै शिक्षा, स्वास्थ्य, स्वरोजगार, पुनः रोजगार तथा आवासजस्ता कल्याणकारी आवश्यकताहरूको सम्बोधन गर्दै आइरहेको छ। यस किसिमका सम्मेलनमार्फत सेनाप्रति समर्पित भूपूसैनिक तथा एकल महिलाहरूको सञ्जाल निर्माण तथा सोको परिचालन गरी नियमित सेना र भूपूसेनाबीच आपसी हितका लागि सहकार्यको वातावरण सृजना गर्नाका साथै भूपूसैनिक व्यक्तिहरू र प्रधान सेनापतिबीच प्रत्यक्ष अन्तरक्रिया तथा छलफल गर्न कोसेढुङ्गा साबित भएको छ। यस वर्ष योजना गरिएको भूपूसैनिक सम्मेलनमा कोसी प्रदेश र बागमती प्रदेशका करिब ५५ हजार जनाको उपस्थितिरहने अनुमानसहित मङ्सिर महिनाको तेस्रो र चौथो हप्ता गरी तीन चरणमा भूपूसैनिक सम्मेलन २०८३ सञ्चालन गर्न लागिएको छ। यस वर्ष पूर्वी पृतनाअन्तर्गत सुनसरी, मोरङ, धनकुटा, भोजपुर, सङ्खुवासभा, तेह्रथुम, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, उदयपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गा मध्य पृतनाअन्तर्गत चितवन, मकवानपुर, धादिङ, नुवाकोट र रसुवा तथा उपत्यका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक गरी कुल २४ जिल्लाका २० स्थानमा यही मङ्सिर १४ देखि २५ गतेसम्म आयोजना हुनेछ। अवकाश प्राप्त सैनिक एवं पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिलाई लक्षित गरी सञ्चालन हुँदै आएको भूपूसैनिक सम्मेलनले विशिष्ट महत्व बोकेको छ। यस किसिमका सम्मेलनले हिताधिकारीको आत्मीयता, भरोसा एवं विश्वास बढ्दै गएको महसुस गरिएको छ भने सम्पूर्ण हिताधिकारीहरूको प्रतिष्ठा र आत्मसम्मानमा पनि वृद्धि भएको पाइन्छ। स्थान विशेषमा रहेका हिताधिकारीहरूको चाहना, आवश्यकता, रायसुझाव र गुनासाहरू नेतृत्व तहबाट स्थान विशेषमै गएर बुझी उनीहरूको समस्या समाधान गराउनेतर्फ ठोस निर्णय लिन पनि यस प्रकारका कार्यक्रम फलदायी हुनाका साथै कल्याणकारी सेवासुविधालाई अझै परिमार्जित र परिष्कृत गर्दै लैजान मद्दत पुग्ने विश्वास लिइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पूर्वी नाकाबाट फर्सीको बियाँ तस्करी, १९ हजार किलो बियाँ बरामद
Latest NewsJust now

पूर्वी नाकाबाट फर्सीको बियाँ तस्करी, १९ हजार किलो बियाँ बरामद

तेस्रो मुलुकबाट आयातित फर्सीको बियाँ पूर्वी सिमाना झापा हुँदै अवैध रूपमा भारत तस्करी हुने गरेको पाइएको छ।  सशस्त्र प्रहरी र नेपाल प्रहरीले झापाका विभिन्न स्थानबाट ठूलो परिमाणमा फर्सीको बियाँ नियन्त्रणमा लिन थालेपछि तस्करीको नयाँ शृंखला बाहिर आएको हो। झापा र इलामको सिमाना मेचीनगर नगरपालिका-१ स्थित भालु खोपको जङ्गल क्षेत्रबाट ४८५ बोरा फर्सीको बियाँ बरामद गरि... ...

नेपालखबर
किरण मानन्धरको एकल चित्रकला प्रदर्शनी सम्पन्न
Latest NewsJust now

किरण मानन्धरको एकल चित्रकला प्रदर्शनी सम्पन्न

काठमाडौँ । वरिष्ठ नेपाली कलाकार किरण मानन्धरको एकल चित्रकला प्रदर्शनी काठमाडौँस्थित रुसी हाउसमा सम्पन्न भएको छ । नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव तथा नेपाल संवत् ११४७ को अवसरमा रुसी हाउस... ...

रातोपाटी
उत्तर कोरियाले कसरी बनायो विश्वकै शक्तिशाली ह्याकर सेना ?
Latest NewsJust now

उत्तर कोरियाले कसरी बनायो विश्वकै शक्तिशाली ह्याकर सेना ?

जेसी येयुङ । उत्तर कोरिया विश्वकै ‘गरिब’ र सबैभन्दा गोप्य राखिने देशमध्ये एक हो । त्यहाँका अधिकांश नागरिकलाई बाहिरी विश्वको पहुँच छैन । सीमित व्यक्तिसँग मात्र मोबाइल फोन र कम्प्युटरको सुविधा... ...

रातोपाटी
बक्सिङमा कर्णालीको कम्तीमा दुई पदक सुरक्षित
Latest NewsJust now

बक्सिङमा कर्णालीको कम्तीमा दुई पदक सुरक्षित

​सुर्खेत । घरेलु मैदान सुर्खेतमा जारी बक्सिङ प्रतियोगितामा आयोजक कर्णाली प्रदेशले कम्तीमा दुई पदक सुरक्षित गरेको छ । ​प्रतियोगिताको महिला ८० किलोमाथि (हेभी वेट) तौल समूहमा कर्णालीकी टीका श्रेष्ठ फाइनलमा प्रवेश... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement