Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

भुवनेश्वरी गणेश फल्चा पुनरुत्थान गरिने, आज शिलान्यास

Share:WhatsAppFacebookX (Twitter)Telegram
भुवनेश्वरी गणेश फल्चा पुनरुत्थान गरिने, आज शिलान्यास
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले विकासका लागि समय समयमा गरेका पूर्वाधार निर्माणले नासिएका प्राचीन स्मारक, संरचना तथा कलाकृतिलाई पुनरुत्थानका लागि काम गरिरहेको बताउँदै काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ८ का अध्यक्ष आशामान संगतले, यस्ता सम्पत्तिको पुनरुत्थानका लागि निकायगत कार्यालयबाट पर्याप्त सहयोग प्राप्त हुन नसकेको अनुभव सुनाए । आज वडा नं. ८ भुवनेश्वरी भकुंटोलमा रहेको भुवनेश्वरी गणेश फल्चाको पुनरुत्थानका लागि शिलान्यास गर्दै उनले यस्तो बताए । ‘काठमाडौँ नगर पञ्चायतले २०३९ सालमा बनाएको इन्भेन्ट्रीमा यसको निर्माण मिति १९९३ भएको देखिन्छ । इन्भेन्ट्री बनाउँदा देवपतनमा रहेको फल्चाको भौतिक अवस्था नराम्रो भनेर उल्लेख गरिएको छ । यस्तो नराम्रो अवस्थामा रहेको फल्चा निर्माण गर्नुको साटो पशुपति क्षेत्रको विकास गर्ने बेला नामनिशान मेटाइयो । भौतिक स्वरुपबाट पूर्ण हटाइएको फल्चालाई पुरानो दस्तावेजका आधारमा हामीले पुनरुत्थान थालेका हौँ ।’ यही वडाका अध्यक्ष समेत रहेका संगतले थप्दै भने, ‘फल्चा मासेर सटरयुक्त संरचना बनाइएका र व्यापारिक प्रयोजनमा उपयोग भइरहेका ठाउँ खाली गरेर अबको १५ दिनभित्रमा अरु फल्चाको पनि शिलान्यास गर्ने तयारीमा छौँ ।’ इन्भेन्ट्रीमा भनिएको छ, ‘झिँगटीको छाना हाली प्राचीन शैलीमा निर्माण गरिएको यस पाटीको वर्तमान अवस्थाले यथाशीघ्र जीर्णोद्धार कार्य थालनी गर्नुपर्ने संकेत गरेको छ । पश्चिम मोहडाको यस पाटीको पूर्वमा घर, पश्चिममा पशुपति जाने बाटो, उत्तरमा घर र दक्षिणमा गोरेटो बाटो पर्दछ । हाल यस सत्तलमा घरबारबिहीन एक परिवारले बसोबास गरेको छ ।’ यो फल्चाको लम्बाइ १२ फिट ३ इञ्च र चौडाइ ६ फिटको छ । आज शिलान्यास गरिएको फल्चाको पश्चिममा भूःबहाल (बालकुमारी रोड), उत्तरमा भुवनेश्वरी मन्दिर र नासः ननी र दक्षिणमा गौशालातर्फ जाने सडक छ । यो फल्चा वरिपरिका विभिन्न स्थानको चौबाटोमा छ । फल्चा निर्माण गर्दा पुरातत्व विभागका सहमति लिएर पुरानै शैली र स्वरुप तथा परम्परागत निर्माण सामग्रीको प्रयोग गरेर बनाइँदैछ । The post भुवनेश्वरी गणेश फल्चा पुनरुत्थान गरिने, आज शिलान्यास appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
थरिन्दुको धैर्यपूर्ण ब्याटिङले सुदूर फाइनलमा, चितवन तीन विकेटले पराजित
Latest NewsJust now

थरिन्दुको धैर्यपूर्ण ब्याटिङले सुदूर फाइनलमा, चितवन तीन विकेटले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ । १३५ रनको सामान्य लक्ष्य पछ्याएको सुदूरले सात विकेट... ...

रातोपाटी
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा
Latest NewsJust now

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा

चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो सिजन नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ।  एनपीएलमा लगातार तीन वटा फाइनल खेल्ने सुदूरपश्चिम एक्लो टोली हो। बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवनलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिमले फेरि लुम्बिनीसँगको भेट पक्का गरेको छ।   सुदूरपश्चिमले अब उपाधिका लागि शनिबार लुम्... ...

नेपालखबर
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको तयारी पूरा, भोलिदेखि भृकुटीमण्डपमा सुरु हुने
Latest NewsJust now

आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको तयारी पूरा, भोलिदेखि भृकुटीमण्डपमा सुरु हुने

काठमाडाैँ । काठमाडौंको भृकुटीमण्डपमा भोलि (मंसिर ४)देखि ६ गतेसम्म आयोजना हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आधुनिक कृषि यन्त्र, उपकरण तथा नवीनतम प्रविधिको प्रदर्शनसँगै रैथाने सीप र उत्पादनको प्रवर्द्धन तथा अवलोकनकर्ताका लागि आकर्षक उपहारको व्यवस्था गर्दै प्रदर्शनी आयोजना हुन लागेको हो । ‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल ...

टक्सार
अमिताभ बच्चनपछि सैफ अली खानलाई धम्की
Latest NewsJust now

अमिताभ बच्चनपछि सैफ अली खानलाई धम्की

बलिउड अभिनेता सैफ अली खानलाई ज्यान मार्ने धम्की आएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार बाबा सिद्दिकी हत्याकाण्डका वान्टेड अभियुक्त जिशान अख्तरको नामबाट खानलाई मार्ने धम्की आएको हो।  यो पछिल्ला केही हप्तामा फिल्म स्टारहरूलाई धम्की दिइएको पछिल्लो घटना हो। यसअघि अमिताभ बच्चन, आयुष्मान खुराना र तुषार कपुरलाई यस्तै धम्की दिइएको छ। मुम्बई प्रहरीले यस विषयम... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play