हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसेमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान करिब ८ः३० बजे चपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो सडकबाट करिब १० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका-४ का ५० वर्षीय बमबहादुर वाइबा, २२ वर्षीया अस्मिता तिमल्सिना र चन्द्रपुर–४ की २५ वर्षीया अनुषा लामा रहेका छन् । दुर्घटनामा चन्द्रपुर नगरपालिका-३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज, १५ वर्षीया सुमिना थिङ, चन्द्रपुर-४ का ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रपुर-३ की १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र चन्द्रपुर-४ का १९ वर्षीय वोय हाङ रानामगर घाइते भएका छन् । घाइते सातै जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






