Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

भीमफेदी माइक्रोबस दुर्घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त, पीडित परिवारलाई राहत र उपचारको व्यवस्था गर्न माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदी माइक्रोबस दुर्घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त, पीडित परिवारलाई राहत र उपचारको व्यवस्था गर्न माग
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको भीषण माइक्रोबस दुर्घटनामा १० जनाको मृत्यु र ६ जना घाइते भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गहिरो दुःख व्यक्त गरेको छ। पार्टीले बिहीबार एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। काठमाडौंमा व्यवसाय तथा रोजगारीमा संलग्न परिवारका सदस्यहरू एउटै गाडी रिजर्भ गरी छठ पर्व मनाउन घर फर्किने क्रममा दुर्घटना भएको रास्वपाले जनाएको छ। दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका– ४, सुन्दरपुर टोलका धेरै परिवार प्रभावित भएका छन्। एउटै टोलका पाँच परिवारसम्मका सदस्य गुमाउनुपरेको घटनाले गाउँ तथा समुदायमा अपूरणीय क्षति पुगेको पार्टीको भनाइ छ। रास्वपाले घाइतेहरूको प्रभावकारी तथा निःशुल्क उपचारको व्यवस्था मिलाउन, मृतकहरूको पहिचान तथा शव व्यवस्थापनमा आवश्यक सहजीकरण गर्न र शोकसन्तप्त परिवारलाई तत्काल राहत तथा मानवीय सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेको छ। पार्टीले सडक दुर्घटना कुनै एक परिवारको निजी पीडामा मात्र सीमित नभई राज्यको यातायात सुरक्षा प्रणाली र सार्वजनिक जवाफदेहितासँग जोडिएको गम्भीर विषय भएको उल्लेख गरेको छ। यस्ता दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सरकारले प्रभावकारी र दीर्घकालीन कदम चाल्नुपर्नेमा जोड दिँदै रास्वपाले पीडित परिवारको अभिभावकत्व ग्रहण गरी राहत, सहयोग र सहजीकरणमा संवेदनशील तथा जिम्मेवार भूमिका निर्वाह गर्न सरकारलाई आग्रह गरेको छ। रास्वपाले दुःखको यस घडीमा पीडित परिवार तथा सिंगो सुन्दरपुरवासीको साथमा रहने प्रतिबद्धतासमेत व्यक्त गरेको छ। The post भीमफेदी माइक्रोबस दुर्घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त, पीडित परिवारलाई राहत र उपचारको व्यवस्था गर्न माग appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठ पर्वमा सहभागी हुन रवि दम्पती जनकपुरधाम जाँदै, सर्वसाधारणको घरमा बस्ने
Latest NewsJust now

छठ पर्वमा सहभागी हुन रवि दम्पती जनकपुरधाम जाँदै, सर्वसाधारणको घरमा बस्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्वमा सहभागी हुन शनिबार जनकपुरधाम जाने भएका छन् । पत्नी निकिता पौडेलसहित सपरिवार छठ पूजामा सहभागी हुन उनीहरू जनकपुरधाम... ...

रातोपाटी
लुम्बिनीविरुद्ध कर्णालीले रोज्यो ब्याटिङ, कप्तानमा डेभिड मिलर
Latest NewsJust now

लुम्बिनीविरुद्ध कर्णालीले रोज्यो ब्याटिङ, कप्तानमा डेभिड मिलर

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत २३औँ खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा केहीबेरमा हुने यस खेलमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । ...

केन्द्रबिन्दु
भीमफेदी दुर्घटना छानबिन गर्न समिति
Latest NewsJust now

भीमफेदी दुर्घटना छानबिन गर्न समिति

हेटौंडा। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहान भएको यात्रुबाहक विद्युतीय गाडी (इभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित समितिले दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन पेस गर्नेछ। समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, प्रहरी निरीक्षक उमाशङ्कर प्रसाद, प्रदेशको ...

नेपालन्युज
जलवायु कार्यको केन्द्रमा हिमाली मुद्दा राख्न परराष्ट्रमन्त्री खनालको आग्रह
Latest NewsJust now

जलवायु कार्यको केन्द्रमा हिमाली मुद्दा राख्न परराष्ट्रमन्त्री खनालको आग्रह

अन्ताल्या (टर्किए) । परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा बढ्दो जलवायु सङ्कटको असर पर्वतीय क्षेत्रमा मात्र सीमित नरही विश्वव्यापी अर्थतन्त्र, पारिस्थितिकीय प्रणाली र मानव जीवनमा पर्ने भएकाले पर्वतीय लचिलोपनलाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आज आयोजित ‘पर्वतीय एजेन्डालाई अगाडि बढाउनेः तापक्रमको सीमा नाघ्ने अवस्था, साझा उत्तरदायित्व र दिगो वित्तपोषणअन्तर्गत ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play