मकवानपुर।मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित भीमफेदी–कुलेखानी सडक खण्डमा ईभी गाडी दुर्घटना हुँदा मृत्यु भएका १० जनामध्ये दुई जनाको पहिचान खुलेको छ। पहिचान खुल्नेमा गाडी चालक सर्लाहीको कबिलासी नगरपालिका–८ का करिब ३० वर्षीय रविशंकरकुमार मण्डल र चक्रघट्टा गाउँपालिका–४ का सुवेक यादव रहेका छन्। बिहीबार बिहान काठमाडौंबाट भीमफेदीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी गाडी सडकबाट करिब ६०० देखि ७०० मिटर तल खसेको थियो। दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ६ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। एक बालकलाई थप उपचारका लागि अस्पताल ल्याइँदै गरिएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनास्थलमा उद्धार तथा व्यवस्थापनको काम जारी रहेको छ।
भीमफेदी दुर्घटना : चालकसहित दुई मृतकको पहिचान खुल्यो, आठको बाँकी

Read Complete Original Article
Published originally on नेपालन्युज



![भीमफेदी ईभी दुर्घटनामा १० को मृत्यु, ६ घाइतेको हेटौँडा अस्पतालमा उपचार हुँदै [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/ev-accident-83-7-26-bhimphedi%20(1).jpeg)


