Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

भीमफेदी दुर्घटनामा १४ जनाको मृत्यु, सुन्दरपुर गाउँ शोकमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदी दुर्घटनामा १४ जनाको मृत्यु, सुन्दरपुर गाउँ शोकमा
Photo / Coverage: नेपालन्युज

काठमाडौं। मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीमा बिहीबार भएको विद्युतीय हाइस दुर्घटनाले सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुर गाउँलाई शोकमा डुबाएको छ। छठ पर्व मनाउन काठमाडौंबाट घर फर्किएका यात्रु सवार मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको हाइस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा सुन्दरपुरका गुडु यादव, गायत्री देवी यादव, विकेश यादव, सुधेश यादव, पुनम यादव, अनु यादव, शिक्षा यादव, दिपिका यादव, राकेश राय, रोहन राय, सुबोध राय, राम दुलार राय र राम प्रवेश राय रहेका छन्। त्यस्तै चालक सर्लाहीका ३० वर्षीय रविशंकर मण्डलको पनि मृत्यु भएको छ। घाइते मुकेश राय, देवेन्द्र राय, बेचु भनिने देवेन्द्र राय, सक्षम राय, सुजन राय र सुदिप यादवको उपचार भइरहेको छ। दुर्घटनाको खबरले सुन्दरपुरमा सन्नाटा छाएको छ। गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवका अनुसार गाउँका अधिकांश घरमा चुल्हो बलेको छैन र आफन्तहरू शवको पर्खाइमा छन्। छठ पर्वको उल्लास एकाएक मातममा बदलिएको छ। प्रारम्भिक विवरणअनुसार हाइसमा क्षमताभन्दा बढी यात्रु सवार रहेको आशंका गरिए पनि वास्तविक कारण अनुसन्धानबाट खुल्न बाँकी छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सिँगारिँदै मधेसका छठघाट, सरसफाइ र सजावटमा जुटे स्थानीय (तस्बिरहरु)
Latest NewsJust now

सिँगारिँदै मधेसका छठघाट, सरसफाइ र सजावटमा जुटे स्थानीय (तस्बिरहरु)

सिराहा । आस्थाको महापर्व छठ नजिकिँदा मधेसका विभिन्न नदी, नाला, तलाउ तथा पोखरीका किनारमा सरसफाइ र छठघाट सजाउने काम तीव्र बनेको छ । छठपर्वलाई भव्य र व्यवस्थित रूपमा मनाउन स्थानीयवासी, युवा... ...

रातोपाटी
डिजिटल विभाजन घटाउन नेपालको पहल
Latest NewsJust now

डिजिटल विभाजन घटाउन नेपालको पहल

काठमाडौं।सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) को महासम्मेलन (आइटियु पिपी–२६) मा नेपालले अर्थपूर्ण र प्रभावकारी सहभागिता जनाएको बताएका छन्। कतारको दोहामा जारी सम्मेलनमा सहभागी भई स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटमा उनले उदीयमान प्रविधिको प्रयोगमार्फत विकासशील राष्ट्रमा देखिएको ‘डिजिटल डिभाइड’लाई कम गर्ने र प्रविधिको पहुँच बढाउने विषयमा नेपालले आफ्नो धारणा प्रस्तुत गरेको जानकारी ...

नेपालन्युज
बैंकिङ क्षेत्रको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले खिच्दैछ २ खर्ब
Latest NewsJust now

बैंकिङ क्षेत्रको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले खिच्दैछ २ खर्ब

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले दुई खर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम २० दिनका लागि खिच्न लागेको हो । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आगामी कात्तिक २७ गते दुई खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने जनाएको छ । […] ...

लोकपथ
काठमान्डु गोर्खाज र सुदूरपश्चिमबीच खेल हुँदै
Latest NewsJust now

काठमान्डु गोर्खाज र सुदूरपश्चिमबीच खेल हुँदै

पहिलो खेल साढे १२ बजेदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play