काठमाडौं । मकवानपुरको भीमफेदीमा ईभी गाडी दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका छन् भने पाँच जना घाइते भएका छन् । बिहीबार बिहान काठमाडौं हुँदै सर्लाही जाने क्रममा रहेको उक्त गाडी भीमफेदी गाउँपालिका–६ चिसापानी गढी क्षेत्रमा दुर्घटनामा परेको हो । बिहान करिब ६ः१० बजे गाडी सडकबाट झन्डै ७०० मिटर तल खसेको प्रारम्भिक विवरण छ । दुर्घटनाका बेला गाडीमा १५ जना सवार रहेको र उनीहरूमध्ये १० जनाको मृत्यु भएको जनाइएको छ । बाँकी पाँच जना घाइते भएका छन् । दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलको सुरक्षा बेस भीमफेदीबाट नायब उपरीक्षकको नेतृत्वमा उद्धारकर्मी घटनास्थल पुगेका छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
भीमफेदी गाडी दुर्घटना अपडेट: १० जनाको मृत्यु, पाँच घाइते

Read Complete Original Article
Published originally on नेपालन्युज






