Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

भीमफेदी इभी दुर्घटनामा दुई जनाको सनाखत, ८ मृतकको पहिचान खुल्न बाँकी

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदी इभी दुर्घटनामा दुई जनाको सनाखत, ८ मृतकको पहिचान खुल्न बाँकी
Photo / Coverage: विश्वखबर

काठमाडौं – मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी ९इभी० दुर्घटनामा मृत्यु भएका १० जनामध्ये दुई जनाको पहिचान खुलेको छ । दुर्घटनामा चालकसहित १० जनाको मृत्यु भएको छ भने अन्य यात्रु घाइते भएका छन् । बिहीबार बिहान सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी माइक्रोबस भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा सडकबाट करिब ६०० देखि ७०० मिटर तल खसेर दुर्घटना भएको थियो । सशस्त्र प्रहरी बलका अनुसार दुर्घटनामा गाडीमा सवार १६ जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकमध्ये दुई जनाको शव हेटौँडा अस्पताल ल्याइएको छ भने अन्य आठ जनाको पहिचान खुल्न बाँकी छ । मृत्यु हुनेमा गाडी चालक सर्लाहीको कविलासी नगरपालिका–८ का करिब ३० वर्षीय रविशङ्करकुमार मण्डल र सर्लाहीकै चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका सुवेक यादव रहेका छन् । दुर्घटनामा घाइते भएका पाँच जनालाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ । घाइतेमध्ये चक्रघट्टा गाउँपालिका–४ का ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र तीन वर्षीय सुजन यादवको अवस्था सामान्य रहेको छ ।त्यस्तै, सोही स्थानका करिब २६ वर्षीय देवेन्द्र यादव गम्भीर घाइते भएका छन् भने देवेन्द्र रायको अवस्था मध्यम रहेको छ । एक बालकलाई थप उपचारका लागि हेटौँडा अस्पताल ल्याउने तयारी गरिएको जनाइएको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं। १४ गण मकवानपुरअन्तर्गत भीमफेदीस्थित कारागार सुरक्षा बेस र कुलेखानीस्थित सुरक्षा बेसबाट सुरक्षाकर्मी उद्धारमा खटिएका थिए । सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंह र सशस्त्र प्रहरी सहायक निरीक्षक मनिष जैसवालको कमान्डमा १९ जना सुरक्षाकर्मी घटनास्थलमा परिचालन भएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली र नेपाली सेनाको संयुक्त टोलीले पनि उद्धार गरेको थियो । उद्धार तथा व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपाल नं। १४ गण मकवानपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक निबनकुमार खड्काको कमान्डमा थप ११ जनाको टोली बिहान १०ः४५ बजे घटनास्थलतर्फ पठाइएको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनास्थलमा उद्धार तथा व्यवस्थापनको काम जारी रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सन्दीपको घातक बलिङले पोखरा १३२ रनमै समेटियो
Latest NewsJust now

सन्दीपको घातक बलिङले पोखरा १३२ रनमै समेटियो

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै ह्याट्रिकसहित ६ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शनपछि पोखरा एभेन्जर्स १३२ रनमै अलआउट भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १३२ रन बनाएको हो । पोखराको इनिङ्स ध्वस्त पार्ने क्रममा सन्दीपले ४ ओभर बलिङ गर्दै २७ ...

केन्द्रबिन्दु
भीमफेदी ईभी दुर्घटनामा १० को मृत्यु, ६ घाइतेको हेटौँडा अस्पतालमा उपचार हुँदै [तस्बिरहरू]
Latest NewsJust now

भीमफेदी ईभी दुर्घटनामा १० को मृत्यु, ६ घाइतेको हेटौँडा अस्पतालमा उपचार हुँदै [तस्बिरहरू]

दुर्घटनामा मृत्यु भएका १० जनामध्ये चार जनाको शव जिल्ला अस्पतालमा ल्याइसकिएको छ । ...

हाम्राकुरा
सन्दीपले एक्लै लिए ६ विकेट, युवराजको ८४ रनका बाबजुद पोखरा अलआउट
Latest NewsJust now

सन्दीपले एक्लै लिए ६ विकेट, युवराजको ८४ रनका बाबजुद पोखरा अलआउट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी २२औँ खेलमा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेको घातक बलिङसामु पोखरा एभेन्जर्स १३२ रनमै समेटिएको छ। टस जितेर पहिले ब्याटिङ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play