काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँतर्फ आउँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो जिप आज बिहान करिब साढे ८ बजे घुम्तीमा अनियन्त्रित भई सडकबाट भैँसे खोलामा खसेको हो । दुर्घटनामा चालकसहित १० जना घाइते भएका थिए । घटनालगत्तै प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याएको थियो । अस्पतालमा उपचारका क्रममा चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका हुन् । दुर्घटनामा घाइते भएका अन्य सात जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।
भीमफेदीमा सुमो दुर्घटना, तीन जनाको मृत्यु, सात जना घाइते

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार





