काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। बिहीबार बिहान करिब ८:३५ बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँका लागि आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो जिप घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेर दुर्घटना भएको हो। दुर्घटनामा सुमो चालकसहित १० जना घाइते भएका थिए। घाइतेहरूलाई तत्काल प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा बिहान ९:२० बजे चिकित्सकले ३ जनालाई मृत घोषणा गरेका हुन्। अन्य ७ जना घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ भने उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
भीमफेदीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ जना घाइते

Read Complete Original Article
Published originally on नेपालन्युज





