Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

भिसा लिडरसिप कन्क्लेभ २०२६ को प्रतिबद्धता

Share:WhatsAppFacebookX (Twitter)Telegram
भिसा लिडरसिप कन्क्लेभ २०२६ को प्रतिबद्धता
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । विश्वासः विश्वलाई अगाडि बढाउने शक्ति भन्ने नाराका साथ डिजिटल भुक्तानी क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी भिसाले हालै काठमाडौंमा ‘भिसा लिडरसिप कन्क्लेभ २०२६’ आयोजना गर्दै नेपालको विकासोन्मुख डिजिटल भुक्तानी इकोसिस्टम सहयोग गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धता दोहोर्‍याएको छ । कन्क्लेभमा नेपालको बैंकिङ तथा वित्तीय सेवा क्षेत्र, सरकार, नियामक निकाय र समग्र भुक्तानी इकोसिस्टमका दुर्ई सयभन्दा बढी नेतृत्वकर्ता तथा सरोकारवालाले सहभागी भई अझ सुरक्षित, नवीन र समावेशी डिजिटल अर्थतन्त्र निर्माणबारे धारणा आदानप्रदान गरेका थिए । कन्क्लेभ भुक्तानी क्षेत्रमा आइरहेका परिवर्तन तथा उपभोक्ता, व्यवसाय र वित्तीय संस्थाका बदलिँदा आवश्यकता सम्बोधन गर्न विश्वास, नवीनता र सहकार्यको भूमिकाबारे अर्थपूर्ण छलफल गर्ने महत्त्वपूर्ण मञ्च रहेको आयोजकले जनाएको छ । कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिन तथा नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका निर्देशक अजित रेग्मीका साथै भिसाको नेतृत्व तहबाट बंगलादेश, नेपाल तथा भुटानका लागि कन्ट्री म्यानेजर सब्बिर अहमद, भिसा नेपालका प्रमुख मनोज थापा र बंगलादेश, नेपाल तथा भुटानका लागि प्रोडक्ट प्रमुख तौफिक इमामको पनि सहभागिता थियो । बंगलादेश, नेपाल तथा भुटानका लागि भिसाका कन्ट्री म्यानेजर सब्बिर अहमदले भन्नुभयो, ‘कुनै पनि सफल डिजिटल भुक्तानी प्रणालीको आधारस्तम्भ भनेकै विश्वास हो । नेपाल डिजिटल रूपान्तरणको यात्रामा अघि बढिरहेका बेला नवीनता, सुरक्षा र अर्थपूर्ण साझेदारीमार्फत् यो विश्वास थप बलियो बनाउनु उपभोक्ता तथा व्यवसायका लागि नयाँ अवसरका ढोका खोल्ने निर्णायक कडी हुनेछ । हाम्रो अन्तर्राष्ट्रिय अनुभव, आधुनिक प्रविधि तथा सशक्त सञ्जाललाई स्थानीय सहकार्यसँग आबद्ध गर्दै नेपालको डिजिटल भुक्तानी अभियान साकार पार्न भिसा निरन्तर क्रियाशील रहेको छ । सम्मेलनले हाम्रा वित्तीय साझेदार, नियामक निकाय तथा सरोकारवालासँगको सहकार्य अझ मजबुत बनाउँदै सुरक्षित, पहुँचयोग्य र प्रविधिमैत्री डिजिटल अर्थतन्त्र सुदृढ गर्ने दिशामा हाम्रो साझा अठोट पुनः उजागर गरेको छ ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
Latest NewsJust now

खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन

म्याग्दी । कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन् । परम्परागत खाद्यबालीको खेती छाडेर सुन्तलाखेतीमा लागेका सुर्केमेलाका खेतबारीको... ...

रातोपाटी
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
Latest NewsJust now

ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल

भोजपुर । जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन् । पदमार्गको प्रचारप्रसार गर्दै... ...

रातोपाटी
राष्ट्रिय खेलकुद: जुम्लामा फुटबल प्रतियोगिताको तयारी पुरा
Latest NewsJust now

राष्ट्रिय खेलकुद: जुम्लामा फुटबल प्रतियोगिताको तयारी पुरा

जुम्ला । यहाँ आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पुरा भएको छ । पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेल हुने भएपछि... ...

रातोपाटी
झापाको ८६ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमामा आबद्ध
Latest NewsJust now

झापाको ८६ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमामा आबद्ध

झापा । झापा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुने नागरिकको सङ्ख्या आठ लाख ५७ हजार १९९ पुगेको छ । स्वास्थ्य बिमा बोर्डका अनुसार यो झापाको कूल जनसङ्ख्याको ८६ प्रतिशत हो... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement