Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

भिसा लिडरसिप कन्क्लेभमा हिमालयन बैंकलाई दुई अवार्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
भिसा लिडरसिप कन्क्लेभमा हिमालयन बैंकलाई दुई अवार्ड
Photo / Coverage: पर्दाफास

हिमालयन बैंक लिमिटेडले भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ । कार्ड तथा डिजिटल भुक्तानी कारोबारको क्षेत्रमा हासिल गरेको उपलब्धि र व्यवसाय सञ्चालनको सुरुवातदेखि हालसम्मकै उच्च कारोबार रेकर्ड कायम गर्न सफल भएको भन्दै बैंकलाई दुई विधामा सम्मान गरिएको हो । बैंकले ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस अक्वायरिङ’ र ‘एक्सिलेन्स इन पीओएस अक्वायरिङ बिजनेस-प्रिन्सिपल क्लाइन्ट’ विधामा अवार्ड प्राप्त गरेको जनाएको छ । यी सम्मानले बैंकले डिजिटल भुक्तानी प्रणालीको विस्तार, कार्ड कारोबारको प्रवर्द्धन तथा भुक्तानी सेवाको विकासमा गरेको प्रयासलाई प्रतिबिम्बित गरेको बैंकको भनाइ छ । पछिल्लो समय डिजिटल भुक्तानीका माध्यमको प्रयोग बढ्दै जाँदा बैंक तथा वित्तीय संस्थाले कार्ड, पीओएस टर्मिनल र अन्य विद्युतीय भुक्तानी सेवाको विस्तारलाई प्राथमिकता दिँदै आएका छन् । यसै सन्दर्भमा हिमालयन बैंकले पनि आफ्नो भुक्तानी सेवा सञ्जाल विस्तार गर्दै ग्राहक तथा व्यवसायीलाई सहज, सुरक्षित र प्रविधिमैत्री कारोबारको सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । भिसाबाट प्राप्त अवार्डले डिजिटल भुक्तानी तथा कार्ड कारोबारको क्षेत्रमा बैंकले हासिल गरेको उपलब्धिलाई थप प्रोत्साहन गर्ने बैंकको विश्वास छ । साथै, यसबाट आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै ग्राहकलाई गुणस्तरीय बैंकिङ सुविधा प्रदान गर्न ऊर्जा र हौसला मिल्ने बैंकले जनाएको छ । हाल हिमालयन बैंकले देशभर १५७ शाखा कार्यालय र ११ विस्तारित काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकका २७९ एटीएम सञ्चालनमा छन् भने पीओएस कारोबारका लागि ९ हजारभन्दा बढी टर्मिनल उपलब्ध गराइएको छ । त्यस्तै, बैंकले ८ हजार ५०० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रमार्फत ग्राहकलाई रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । शाखा सञ्जालसँगै डिजिटल तथा कार्डमा आधारित भुक्तानी पूर्वाधार विस्तारलाई पनि प्राथमिकता दिँदै आएको बैंकले भिसाबाट प्राप्त यी अवार्डलाई आफ्नो सेवा तथा कारोबार विस्तारको उपलब्धिका रूपमा लिएको छ । बैंकका अनुसार प्राप्त सम्मानले आगामी दिनमा डिजिटल भुक्तानी सेवाको गुणस्तर अभिवृद्धि र ग्राहक अनुभव सुधारका लागि थप प्रेरणा प्रदान गर्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
खडक नगरपालिका दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन
OthersJust now

खडक नगरपालिका दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन

‎प्रमुख प्रशासकीय अधिकृत नहुँदा ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाले पाउने त्रैमासिक सामाजिक सुरक्षा भत्ता निकासा तथा वितरण हुन सकेको छैन । ...

अनलाइन खबर
दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा के भयो दुई पक्षको बहस ?
OthersJust now

दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा के भयो दुई पक्षको बहस ?

९ मंसिर, काठमाडौं । दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउने सरकारको निर्णय विरुद्ध अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे सर्वोच्च अदालतमा बहस चलिरहेको छ । न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा सुरुमा कार्कीका कानुन व्यवसायीहरूले बहस गरे । त्यसपछि सरकारको निर्णयको प्रतिरक्षामा महान्यायाधिवक्ता डा. नारायण कँडेलले बहस गरेका छन् । कार्कीका कानुन व्यवसायीहरूले कार्कीलाई… ...

अनलाइन खबर
अमेरिका-इरान तनावका बीच होर्मुजमा १० दिनमा ४० जहाजमाथि आक्रमण
OthersJust now

अमेरिका-इरान तनावका बीच होर्मुजमा १० दिनमा ४० जहाजमाथि आक्रमण

यस वर्षको सुरुदेखि अहिलेसम्म उक्त होर्मुजमा १६० भन्दा बढी सैन्य घटना भएका छन् । तीमध्ये पछिल्लो १० दिनमा मात्रै कम्तीमा ४० वटा घटना भएका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement