Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

भियतनाममा चोरी भएका घरपालुवा जनावरको खोजी बजारदेखि वधशालासम्म

Share:WhatsAppFacebookX (Twitter)Telegram
भियतनाममा चोरी भएका घरपालुवा जनावरको खोजी बजारदेखि वधशालासम्म
Photo / Coverage: केन्द्रबिन्दु

हनोई । हनोईको बाहिरी क्षेत्रमा रहेको सडकछेउको एउटा बजारमा किउ मिन्ह फुओङ आफ्नो हराएको नौ वर्षीया क्यालिको बिरालो खोजिरहेका छन् । बजारमा दर्जनौँ खोरमा बिरालो, कुकुर, खरायो र लडाइँका लागि पालिएका भाले कोचाकोच छन् । तीमध्ये केही घरपालुवा जनावरका रूपमा बिक्री गर्न राखिएका छन् भने केही मासुका लागि वध गरिने उद्देश्यले ल्याइएका छन् । फुओङ यहाँ आउनुको कारण फेसबुक समूहहरूमा यस्तै बजारमा हराएका घरपालुवा जनावर भेट्टाएका मानिसका धेरै कथा देख्नु हो । आफूले सानैदेखि हुर्काएको बिरालो डोम चोरी भएको हुन सक्ने उनको आशंका छ ।‘डोम चोरी भएको सम्भावना धेरै छ,’ ४० वर्षीय सिरेमिक व्यापारी फुओङ भन्छन् । उनका अनुसार डोम यसअघि कहिल्यै हराएकी थिइनन् । त्यही रात उनका छिमेकीका केही घरपालुवा जनावर पनि हराएका थिए । संगठित रूपमा घरपालुवा जनावर चोरी भियतनामी प्रहरीले यस वर्ष घरपालुवा जनावर चोरी गरेको आशंकामा दर्जनौँलाई पक्राउ गरेको जनाएको छ । उनीहरूमाथि हजारौँ बिरालो र कुकुर चोरेर मासुका लागि बिक्री गरेको आरोप छ । कानुनअनुसार यस्तो कार्य सम्पत्ति चोरीअन्तर्गत पर्छ । तर भियतनाममा कुकुर र बिरालोको मासुको व्यापार, बिक्री र उपभोग भने कानुनी छ । देशभरको यस्तो चोरीको कुनै आधिकारिक तथ्यांक छैन । तर प्रहरीले सञ्चालन गर्ने पत्रपत्रिकामा कहिलेकाहीँ यस्ता घटनाबारे विवरण प्रकाशित हुने गरेका छन् । गत महिना हो चि मिन्ह सिटी प्रहरीले मासुका लागि बिक्री गर्न लैजान लागिएका २ हजार ७ सय बिरालो चोरी गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको थियो । अप्रिलमा हनोई प्रहरीले ३ सयभन्दा बढी बिरालो चोरी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको थियो । प्रहरीका विवरणअनुसार चोरहरू प्रायः राति अबेर मोटरसाइकलमा आउँछन् । उनीहरूले जनावरलाई नियन्त्रणमा लिन बोरा, टाँस्ने टेप र आफैँले बनाएका विद्युतीय झट्का दिने उपकरणसहितका सामग्री बोकेका हुन्छन् । घरपालुवा जनावर चोरीका घटनाबारे प्रतिक्रिया र तथ्यांक माग्दै रोयटर्सले गरेको अनुरोधमा हनोई प्रहरीले जवाफ दिएन । पुस्तागत सोचाइमा आएको परिवर्तन एक करोड जनसंख्या भएको भियतनाममा पुस्तागत रूपमा देखिएको सांस्कृतिक परिवर्तनका बीचमा यस्ता चोरीका घटना भइरहेका छन् । युवा पुस्ताले कुकुर र बिरालोलाई घरपालुवा जनावरका रूपमा हेर्ने क्रम बढेको छ । हनोई महानगर सरकारले पनि अन्तर्राष्ट्रिय मान्यताअनुरूप कुकुर र बिरालोको मासुको व्यापार घटाउन प्रयास गर्दै आएको छ । तर देशका विभिन्न भागमा अझै पनि कुकुर र बिरालोको मासु परिकारका रूपमा बेचिन्छ । राजधानीका केही सडक पसलमा सिंगै भुटेका कुकुरसमेत देख्न सकिन्छ । घरपालुवा जनावर पाल्नेको संख्या बढेसँगै चोरहरूका लागि पनि जनावर चोर्ने सम्भावना बढेको छ । चोरी गरिएका जनावरलाई पहिलेदेखि नै स्थापित मासु व्यापारमा बिक्री गर्न सकिन्छ । मूल्यमा ठूलो अन्तर भए पनि प्रहरीका विवरणअनुसार जिउँदो कुकुर प्रतिकिलो करिब १.५० अमेरिकी डलरमा बिक्री हुन्छ भने बिरालोको मूल्य प्रतिकिलो करिब पाँच डलर पर्छ । तुलनाका लागि, भियतनाममा प्रतिघण्टा न्यूनतम ज्याला ६९ सेन्टदेखि ९९ सेन्टसम्म छ ।‘बिरालोको मासु श्रमिक वर्गका मानिसको प्रिय परिकार हो,’ हाइफोङका ५० वर्षीय ट्रक चालक चान थान्ह भन्छन् । ‘प्रायः म वा मभन्दा बढी उमेरका मानिसले यो चलनलाई निरन्तरता दिएका छन्,’ उनले भने । उनका अनुसार करिब २३ डलर खर्च गर्दा छ जनाको समूहले बिरालोको मासुको हटपट खान सक्छ । ‘हामी सुँगुर वा कुखुराको मासुको सट्टा बिरालोको मासु रोज्छौँ, किनकि यो चामलबाट बनेको मदिरासँग राम्रो मिल्छ ।’ भियतनाममा कुकुर र बिरालोको मासु खाने चलन लामो समयदेखि रहिआएको छ । कतिपयले यस्तो मासु खाँदा शरीरमा शक्ति बढ्ने वा दुर्भाग्य टर्ने विश्वास गर्छन् । यो बजारको आकारबारे आधिकारिक तथ्यांक छैन । तर पशु कल्याणसम्बन्धी संस्था फोर पज इन्टरनेसनलले सन् २०२० मा सार्वजनिक गरेको प्रतिवेदनमा हरेक वर्ष ५० लाखभन्दा बढी कुकुर र १० लाख बिरालो वध गरिने अनुमान गरेको थियो । तर बदलिँदो सामाजिक सोचाइले यो व्यवसायलाई असर पारेको छ । वर्षौँदेखि यसको कारोबार निरन्तर घट्दै आएको छ ।‘आजकल युवा मानिसहरू कुकुरलाई घरभित्रै पाल्छन् र परिवारको सदस्यजस्तै व्यवहार गर्छन्,’ कुकुरको मासु बेच्ने रेस्टुरेन्टका पूर्वसञ्चालक ७० वर्षीय चान हु थान्ह भन्छन् । बिक्री उल्लेख्य रूपमा घटेपछि उनले सन् २०१९ मा आफ्नो व्यवसाय बन्द गरेका थिए । हनोई सरकारले सन् २०१८ मै स्थानीय बासिन्दालाई कुकुर र बिरालोको मासु नखान आग्रह गरेको थियो । यस्तो मासु खाने चलनले सहरको छविमा असर पार्नुका साथै रेबिज फैलिन सक्ने जोखिम बढाउने सरकारको भनाइ थियो । गत वर्ष सरकारले कुकुर र बिरालोको मासु व्यापारमा संलग्न व्यवसायीलाई व्यावसायिक तालिम दिएर अन्य पेसामा लाग्न प्रोत्साहित गर्ने उद्देश्यले एउटा परीक्षण कार्यक्रम सुरु गरेको थियो । अर्थ मन्त्रालयद्वारा सञ्चालित भियतनाम इन्भेस्टमेन्ट रिभ्युले यसै साता प्रकाशित गरेको समाचारअनुसार कार्यक्रम सुरु भएको एक वर्षमा २८ व्यवसायले आफ्नो पेसा परिवर्तन गरेका छन् । खुला बजारमा व्यापार कानुनअनुसार जनावर बेच्ने व्यापारीले ती कहाँबाट ल्याइएका हुन् भन्ने प्रमाण देखाउनुपर्छ । तर हनोईका स्थानीय बासिन्दाका अनुसार यसको कार्यान्वयन कमजोर छ । रोयटर्सले सहरको एउटा खुला बजारमा सम्पर्क गरेका पाँचमध्ये तीन पसलेले आफूले बिक्री गरिरहेका जनावर कहाँबाट आएका हुन् भन्ने थाहा नभएको बताए । उनीहरू कसैले पनि आफ्नो नाम सार्वजनिक गर्न चाहेनन् । हनोई महानगर सरकार र प्रहरीले रोयटर्सले पठाएको प्रतिक्रियाको अनुरोधको जवाफ दिएनन् । हनोईको सबैभन्दा ठूलो परित्यक्त तथा चोरी भएका घरपालुवा जनावरको आश्रयस्थल एसएनएनसी डग एन्ड क्याट रेस्क्यु सेन्टरमा कहिलेकाहीँ जनावरलाई वधशालातर्फ लैजाँदै गरेको सूचना फोनमार्फत आउने गर्छ । गैरनाफामूलक संस्थाका सञ्चार व्यवस्थापकका रूपमा स्वयंसेवा गर्दै आएका फान चुङ थान्हका अनुसार संस्थाका कर्मचारीले मासुबाट आउने मूल्यभन्दा बढी रकम तिरेर ती जनावरलाई उद्धार गर्ने प्रयास गर्छन् । तर आश्रयस्थलमा पहिले नै करिब १ हजार ४ सय जनावर रहेका र थप जनावर राख्न आवश्यक रकम अभाव भएकाले उद्धार अभियान घटाउनुपरेको उनले बताए । यसैबीच, फुओङले आफ्नो बिरालो हराएको एक महिना बितिसक्दा पनि फेला पार्न सकेका छैनन् । जनावरका तस्बिर राखेर फिर्ता पाउन पैसा माग्ने मानिसहरूका पोस्ट हेर्न उनी अझै पनि इन्टरनेटका विभिन्न साइट निगरानी गरिरहेका छन् ।‘डोम मेरो भावनात्मक सहारा थिई,’ उनले भने, ‘ऊ नभएपछि घर नै खाली लाग्छ ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
तिवारीको नेतृत्वमा नेपाल मत्स्य समाजको नयाँ कार्यसमिति
Latest NewsJust now

तिवारीको नेतृत्वमा नेपाल मत्स्य समाजको नयाँ कार्यसमिति

काठमाडौं। नेपाल मत्स्य समाजको सातौँ वार्षिक साधारण सभा तथा अधिवेशनले युगल किशोर तिवारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। मंसिर ११ गते काठमाडौंको सिद्धार्थ कटेज, धोबीघाटमा सम्पन्न अधिवेशनले तिवारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा डा. सन्तोषी श्रेष्ठ, महासचिवमा राहुल रञ्जन, सचिवमा उमिता साह र कोषाध्यक्षमा यज्ञप्रसाद गौतम चयन भएका छन्। त्यस्तै सदस्यमा डा. कुमार खत्री, डा. ...

टक्सार
साताको सेयर बजार : उतारचढावका बीच नेप्सेमा सामान्य सुधार
Latest NewsJust now

साताको सेयर बजार : उतारचढावका बीच नेप्सेमा सामान्य सुधार

काठमाडौं । यस साता नेप्से परिसूचक सामान्य बढेको छ । यो साता गत साताको तुलनामा यो साता सेयर बजार करिब ७ अंक बढेर बन्द भएको हो । गत साता २६२१.२९ विन्दुमा बन्द भएको नेप्से परिसूचक यस साता ०.२६ प्रतिशत अर्थात ६.८८ अंक बढेर २६२८.१७ विन्दुमा बन्द भएको छ । यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो । जसमा ३ ...

कर्पोरट खबर
ऊर्जामन्त्री श्रेष्ठले गरे विभिन्न आयोजनाको अनुगमन, रूपातालसहित गण्डकीका ताल संरक्षणमा चासो
Latest NewsJust now

ऊर्जामन्त्री श्रेष्ठले गरे विभिन्न आयोजनाको अनुगमन, रूपातालसहित गण्डकीका ताल संरक्षणमा चासो

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले लेखनाथ सब–स्टेसनको स्थलगत अनुगमन गरी पोखरा तथा आसपासका क्षेत्रको विद्युत् आपूर्ति र वितरण प्रणालीको अवस्थाबारे पनि जानकारी लिएका छन् । ...

कान्तिपुर
इन्जिनियर्स विदाउट बोर्डर्सद्वारा जुम्लामा नवप्रवर्तन कार्यक्रम
Latest NewsJust now

इन्जिनियर्स विदाउट बोर्डर्सद्वारा जुम्लामा नवप्रवर्तन कार्यक्रम

जुम्ला । नेपाल–इन्जिनियर्स विदाउट बोर्डर्स नेपाल (इडब्ल्युबी नेपाल) ले जुम्लास्थित कर्णाली माध्यमिक विद्यालयमा नवप्रवर्तनसम्बन्धी कार्यक्रम आयोजना गरेको छ । त्यस अवसरमा विद्यार्थीहरूमा सिर्जनशीलता, नवप्रवर्तन, व्यावहारिक सीप तथा उद्यमशील क्षमता परीक्षण गरिएको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement