Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

भिमादमा सयपत्री फूल खेतीप्रति बढ्दो आकर्षण

Share:WhatsAppFacebookX (Twitter)Telegram
भिमादमा सयपत्री फूल खेतीप्रति बढ्दो आकर्षण
Photo / Coverage: नेपालन्युज

तनहुँ । तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूल खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि चाडपर्वका बेला बाहिरबाट आयात गरिने फूलको विकल्प तयार हुँदै गएको छ । उत्पादन भएको फूललाई लामो समयसम्म ताजा राख्ने भण्डारण सुविधाको अभावले भने किसानलाई चिन्तित बनाएको छ । भिमाद नगरपालिका–५ र ६ का विभिन्न स्थानमा किसान तिहारलाई लक्षित गरी सयपत्री फूल खेतीमा जुटेका छन् । स्थानीय माटोमा फुलेका पहेँला र सुन्तला रङका सयपत्रीले उनीहरूका बारीमात्रै सजाएका छैनन्, स्थानीय उत्पादनबाटै चाडपर्वको माग पूरा गर्न सकिने सम्भावना देखाएका छन् । भिमाद नगरपालिका–६ अन्तर्गत बाग्टारको बाँघकुनामा रेनु थापा, सिमबोट जलौदीमा जानुका थापा र बद्रिनाथ गैह्रे तथा ऋषिङ पाटनमा बालकृष्ण गैह्रेले सयपत्री फूल खेती गरेका छन् । उनीहरूले दुई–दुई रोपनी क्षेत्रफलमा फूल खेती गरेका हुन् । स्थानीय किसानलाई फूल खेतीतर्फ आकर्षित गर्न भिमाद नगरपालिकाले प्राविधिक तथा आर्थिक सहयोग गर्दै आएको छ । नगरपालिकाको कृषि विकास शाखामार्फत प्राप्त सहयोगले किसानलाई फूल खेती विस्तार गर्न प्रोत्साहन मिलेको कृषक रेनु थापाले बताइन् । स्थानीयस्तरमा उत्पादन भएको फूलको प्रयोग बढाउन सके बाहिरबाट आयात हुने फूलमा निर्भरता घट्नुका साथै स्थानीय किसानको आम्दानी बढाउन सकिने अपेक्षा गरिएको उनको भनाइ छ । फूल खेतीमा आकर्षण बढे पनि उत्पादित फूलको व्यवस्थापन भने चुनौतीपूर्ण बन्दै गएको किसान बालकृष्ण गैह्रेले बताए । चाडपर्वलाई लक्षित गरी उत्पादन गरिएको फूल समयमै बिक्री हुन नसके खेर जाने जोखिम हुने र फूल टिप्ने समय नजिकिँदै जाँदा त्यसलाई ताजा राख्ने उचित व्यवस्था नहुँदा लगानी र मिहिनेत खेर जाने चिन्ता थपिएको उनको भनाइ छ । सयपत्री फूल लामो समयसम्म ताजा राख्न आवश्यक चिस्यानयुक्त भण्डारण सुविधा नहुँदा बजारमा माग र आपूर्तिबीचको तालमेल मिलाउन कठिन हुन भएको किसान बद्रीनाथ गैह्रेले बताए । उनले भने, ‘यहाँ उत्पादन भएका सयपत्री फूललाई स्थानीय बजारमा प्राथमिकता दिनसके किसानको मिहिनेतको सम्मान हुनुका साथै आगामी वर्षमा थप क्षेत्रफलमा फूल खेती गर्न प्रेरणा मिल्नेछ ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
टिचिङ अस्पतालमा डा गोविन्द केसीको उपचार सुरु
Latest NewsJust now

टिचिङ अस्पतालमा डा गोविन्द केसीको उपचार सुरु

इलामबाट हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार सुरु भएको छ।  चिकित्सा शिक्षा सुधारको माग राख्दै गएको बिहीबारदेखि इलाममा अनसन बसेका केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि आइतबार उनलाई इलाम अस्पतालमा भर्ना गरिएको थियो।  तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि काठ... ...

नेपालखबर
युनिलिभर नेपालले प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश दिने
Latest NewsJust now

युनिलिभर नेपालले प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश दिने

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण सम्पन्न वार्षिक वित्तीय विवरण स्वीकृत गर्दै उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ९ गतेदेखि २३ गतेसम्म सेयरधनी दर्ता किताब बन्द (बुक ...

अर्थ सरोकार
फोटोनका १४ ईभी टीएम१ पिकअप भाटभटेनी सुपरमार्केटलाई
Latest NewsJust now

फोटोनका १४ ईभी टीएम१ पिकअप भाटभटेनी सुपरमार्केटलाई

फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा टीएम१ विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ। एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय सवारीसाधन विस्तार गर्ने उद्देश्यसहित उक्त सवारीसाधन हस्तान्तरण गरेको हो। योसँगै भाटभटेनी सुपरमार्केटले आफ्नो ढुवानी तथा वितरण प्रणालीमा विद्युतीय सवारीसाधन समावेश गर्नुले व्... ...

नेपालखबर
संघीय संसद्को अधिवेशन आह्वान गर्न कांग्रेसको माग
Latest NewsJust now

संघीय संसद्को अधिवेशन आह्वान गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्को अधिवेशन आह्वान गर्न माग गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक तत्काल आह्वान... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play