Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

‘पाँच पाण्डव’मा दीपाश्रीको दमदार अवतार

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘पाँच पाण्डव’मा दीपाश्रीको दमदार अवतार
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अभिनेत्री दीपाश्री निरौलाले चलचित्र ‘पाँच पाण्डव’मा आफ्नो बलियो उपस्थिति रहेको बताएकी छन् । आफूलाई दर्शकले ‘पाँच पाण्डव’मा फाइटर लेडीका रुपमा देख्न पाउने उनको भनाइ छ । दीपाश्रीले यो सिनेमामा भीमकी श्रीमतीको भूमिका निर्वाह गरेकी छन् । भीमको भूमिकामा जितु नेपाल छन् । “यसपटक मेरो चरित्र अलिक फरक छ । यो अलिकति फाइटर टाइपको भूमिका हो,” उनी भन्छिन्, “मजदुरमाथि कसैले अन्याय गर्‍यो भने सबैभन्दा पहिले मेरो हातखुट्टा चल्छन् ।” आफ्नो प्रवेश हुनेबित्तिकै दर्शकबाट सिठी, ताली र हुटिङ आउनेमा उनी ढुक्क छिन् । “डबिङ गर्दा नै मलाई यस्तो महसुस भएको थियो । मेरो प्रवेश हुने दृश्यहरू निकै धमाकेदार छन्,” दीपाश्री भन्छिन्, “ती दृश्यमा एकदमै जुझारु नारीको उपस्थिति महसुस हुन्छ । श्रीमानलाई पनि सुरक्षा दिने र उनको पक्षमा उभिने भूमिका छ ।” सिने करियरमा अहिलेसम्म निर्वाह गरेका भूमिकाभन्दा फरक भएकाले पनि यसलाई उनले नयाँ अनुभवका रूपमा लिएकी छन् । “मेरो चरित्रको नाम ‘सितर्नी’ हो । फिल्ममा अरूलाई गाली गर्दा पनि म ‘सितर्नी’ भनेर गाली गर्छु,” उनी भन्छिन्, “मलाई लाग्छ, यो शब्द दर्शकको मुखमा झुण्डिनेछ ।” यही कात्तिक २० गतेबाट प्रदर्शन हुने चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका छन् । ‘पाँच पाण्डव’मा दीपाश्रीसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् । काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका रहेको छ । यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रको निर्मातामा काली रानी श्रेष्ठ छिन् । ‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । यो चलचित्र ‘सोसल ड्रामा’ भएको लेखक पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ । यो चलचित्रलाई श्याम तामाङले खिचेका छन् । चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा फाइट डाइरेक्टरमा सम्राट बस्नेत छन् । गम्भीर विस्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ । ‘पाँच पाण्डव’मा दर्शकले पूरै साउन्ड डल्बी एटमस साउन्ड अनुभव गर्न पाउने छन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बिजिएम, पुकार धिमालको भिएफएक्स, रोहित राज गौतम एचओपी र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् । चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमान्डु गोर्खाज र कर्णाली याक्सबीचको खेल हेर्न पुगेका समर्थक
Latest NewsJust now

काठमान्डु गोर्खाज र कर्णाली याक्सबीचको खेल हेर्न पुगेका समर्थक

• काठमाडौं गोर्खाज र कर्णाली याक्सबीचको खेल त्रिवि क्रिकेट मैदानमा भइरहेको छ। • कर्णाली याक्सले पहिले ब्याटिङ गरिरहेको छ र काठमाडौं गोर्खाज बलिङमा छ। • समर्थकहरूको उपस्थिति मैदानमा उत्साह थप्न मद्दत गरिरहेको छ। ...

नेपालबहस
मेकानिकको सीप विकास गर्न टाटाको देशव्यापी प्रशिक्षण कार्यक्रम सुरु
Latest NewsJust now

मेकानिकको सीप विकास गर्न टाटाको देशव्यापी प्रशिक्षण कार्यक्रम सुरु

काठमाडौं । टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङलाई अझ प्रभावकारी बनाउन विशेष तालिम कार्यक्रम सुरु भएको छ । नेपालका लागि टाटा जेनुइन पार्ट्सको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि र सिप्रदियन सहायता संस्थाले संयुक्त रूपमा ‘टाटा बीएस–६ तालिम’ सञ्चालन गरेका हुन् । यो तालिम कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ । देशका १४ स्थानमा आयोजना हुने तालिममा […] ...

लोकपथ
ग्यास उद्योगलाई गाभ्ने सरकारको नीति, कार्ययोजना बनाउन उद्योगलाई निर्देशन
Latest NewsJust now

ग्यास उद्योगलाई गाभ्ने सरकारको नीति, कार्ययोजना बनाउन उद्योगलाई निर्देशन

एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले मर्जरबारे निगमको पत्र आएको भन्दै थोरैभन्दा थोरै ब्रान्ड हुँदा ग्यास वितरणमा सहज हुने बताए । ...

कान्तिपुर
कर्णालीको तेस्रो विकेट पतन
Latest NewsJust now

कर्णालीको तेस्रो विकेट पतन

काठमाडौँ । काठमाडौं गोर्खाजविरुद्ध कर्णाली याक्सले ७६ रन बनाउँदा तेस्रो विकेट गुमाएको छ । ८.२ ओभरमा दीपक डुम्रे ८ रन बनाएर सन्तोष यादवको बलमा आउट भए । यसअघि कर्णालीले जिशान आलमलाई... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play