Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

भिजन लुम्बिनीले सेयर जारी गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
भिजन लुम्बिनीले सेयर जारी गर्ने
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारणका लागि सेयर निष्कासन प्रक्रिया अघि बढाएको छ । कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्न मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा भिजन लुम्बिनीका अध्यक्ष जगत्बहादुर पोखरेल र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गर्नुभएको छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात् १२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कम्पनीले कुल १२ करोड ५० लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्ने बताइएको छ । भिजन लुम्बिनी नेपालको लगानी क्षेत्रको विकास र विस्तारमा सक्रिय सार्वजनिक लगानीमूलक कम्पनी हो । कम्पनीले ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, सूचना प्रविधि तथा खनिज उत्खनन्लगायतका क्षेत्रमा लगानीका अवसर पहिचान, अध्ययन र प्रवर्द्धन गर्दै आएको छ । विशेषगरी जलविद्युत् तथा नवीकरणीय ऊर्जा, कृषि र अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्दै आएको कम्पनीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग आज छलफल
Latest NewsJust now

प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग आज छलफल

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग आज छलफल गर्ने भएको छ । प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका छन् । आज बिहान ९ः३०... ...

रातोपाटी
साइबर सुरक्षा र डिजिटल नियमन बलियो बनाइँदै
Latest NewsJust now

साइबर सुरक्षा र डिजिटल नियमन बलियो बनाइँदै

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक २० गते । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा सूचना प्रविधिको सुरक्षित, व्यवस्थित र प्रभावकारी प्रयोग सुनिश्च... ...

गोरखापत्र
संकट बन्दै रुस-युक्रेन युद्ध
Latest NewsJust now

संकट बन्दै रुस-युक्रेन युद्ध

२०२२ फेब्रुअरी २४ को बिहान युरोपको नक्सामा एउटा पुरानो भय पुनः जीवित भयो। रुसी क्षेप्यास्त्रहरू युक्रेनी सहरहरूतर्फ उडिरहेका थिए। राजधानी किएभसहित विभिन्न क्षेत्रमा विस्फोटका आवाज सुनिए। ट्याङ्कहरू सीमापार अघि बढे। लाखौँ मानिसले केही घण्टाभित्रै घर छाड्नुपर्‍यो। दोस्रो विश्वयुद्धपछि युरोपले अनुभव गरेको सबैभन्दा ठूलो सैन्य संकटमध्ये एउटा नयाँ अध्याय सुरु भयो। मस्कोले यसलाई आफ्नो राष्ट्रिय सुरक्षासँग जोडिएको सैन्य कारबाहीका रूपमा व्याख्या गर्‍यो। ...

नेपालन्युज
कानुनमा प्रतिबन्धित, बजारमा छ्यापछ्याप्ती
Latest NewsJust now

कानुनमा प्रतिबन्धित, बजारमा छ्यापछ्याप्ती

काठमाडौँ, कात्तिक २० गते । सरकारले कृत्रिम (प्लास्टिक) फूलमाला र गुच्छाको आयात तथा बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाए पनि आयात र बिक्री रोकिएको छैन । सरकारले राजपत्रमा सूचना... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play