भारतीय ह्यान्डसेट निर्माता कार्बोन स्वदेशी स्मार्टफोन बजारमा प्रवेश गर्दै, रेबेल ब्राण्डमा फोन लन्च गर्ने

भारतीय ब्रान्ड ‘कार्बोन’ भारतको स्मार्टफोन बजारमा प्रवेश गर्दैछ। चिनियाँ उत्पादकहरूको वर्चस्व रहेको यस बजारमा कम्पनीले आफ्नो उपस्थिति पुनः स्थापित गर्ने प्रयास गरिरहेको छ। बिहीबार जारी गरिएको एक विज्ञप्तिमा कम्पनीले भनेको छ, “१५ वर्षभन्दा बढी समयदेखि मोबाइल फोन उद्योगमा सक्रिय रहेको भारतीय ब्रान्ड ‘कार्बोन(Karbonn)’ ले भारतको स्मार्टफोन बजारमा आफ्नो उपस्थिति पुनः स्थापित गर्दै एक नयाँ अध्यायको सुरुवात गरिरहेको छ।” दिल्लीमा आधारित यस ब्रान्डले आफ्नो लगानी योजना, उत्पादनसम्बन्धी भावी रणनीतिवा मूल्य निर्धारणबारे विस्तृत विवरण नदिए पनि, आफ्ना स्मार्टफोनहरूले युवा भारतीयहरूको आवश्यकता पूरा गर्ने बताएको छ। कार्बोन मोबाइल्सको स्थापना सन् २००९ मा बेंगलुरुस्थित युनाइटेड टेलिलिंक्स लिमिटेड (युटिएल) र जैना मार्केटिङ (Jaina Marketing) बीचको संयुक्त उद्यमका रूपमा भएको थियो। सुरुवाती चरणमा, यसले किफायती एन्ड्रोइड स्मार्टफोनहरू बिक्री गर्थ्यो र सन् २०१४ को तेस्रो त्रैमासिकमा यो भारतको चौथो ठूलो स्मार्टफोन ब्रान्ड बनेको थियो। तर, माइक्रोम्याक्स इन्फर्मेटिक्स र लाभा इन्टरनेसनल लिमिटेड जस्ता अन्य घरेलु कम्पनीहरू जस्तै, शाओमी, ओप्पो र भिभो जस्ता चिनियाँ कम्पनीहरूका सस्तो तथा आम बजार लक्षित स्मार्टफोनहरूको तीव्र आगमनले गर्दा, स्वदेशी ब्रान्डहरूलाई बजारबाट पछि हट्न वा पूर्ण रूपमा बजार छोड्न बाध्य बनायो। कम्पनीले ‘कार्बोन रेबेल प्रो’ (Karbonn Rebel Pro) र ‘कार्बोन रेबेल’ (Karbonn Rebel) मार्फत भारतीय स्मार्टफोन बजारमा पुनः प्रवेश गर्ने तयारी गरेको हो। सार्वजनिक हुनुअघि, कम्पनीले ई-कमर्स प्लेटफर्म अमेजनमा यी आगामी स्मार्टफोनहरूबारे केही ‘टिजर’ (झलक दिने सामग्री) हरू जारी गरेको छ। यसका साथै कम्पनीले यी स्मार्टफोनहरूको डिजाइनदेखि लिएर तिनका विशेषताहरूसम्मका विवरणहरू सार्वजनिक गरेको छ। प्रो मोडलमा ६.७ इन्चको एचडी प्लस डिस्प्ले हुनेछ, जसले १२० हर्ज रिफ्रेस रेट र ७२० निट्स ब्राइटनेसलाई समर्थन गर्छ। यसले गर्दा दिउँसोको उज्यालोमा पनि फोनलाई सहज रूपमा चलाउन सकिन्छ। यसमा ६ हजार एमएचएच ब्याट्री हुनेछ। अर्कोतर्फ कार्बोन रेबेलमा पनि ६.७ इन्चको एचडी प्लस डिस्प्ले हुनेछ, तर यसमा ब्याट्री पावर बढाएर ७ हजार एमएएचको राखिएको छ। The post भारतीय ह्यान्डसेट निर्माता कार्बोन स्वदेशी स्मार्टफोन बजारमा प्रवेश गर्दै, रेबेल ब्राण्डमा फोन लन्च गर्ने appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

एआईमा निर्भरता बढाउँदै बैंकिङ समूह बार्कलेजले ५,००० रोजगारी कटौती गर्ने
बार्कलेजले आफ्ना कार्य प्रक्रियाहरूमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग बढाउँदै गर्दा करिब ५,००० कर्मचारीहरूलाई कटौती गर्न लागेको छ। बेलायती बैंकिङ समूहले जनाए अनुसार १,००० पदहरू पहिले नै हटाइसकिएका छन् र यस वर्षको अन्त्यसम्ममा थप ४,००० पदहरू कटौती हुने अपेक्षा गरिएको छ। यो संख्या बैंकको विश्वव्यापी कार्यबलको करिब ५ प्रतिशत हुन आउँछ। बैंकको खर्च कटौतीको मुख्य केन्द्रबिन्दु बेलायतस्थित खुद्रा बैंकिङ सेवा हो। यद्यपि, ...

India launches new navigation satellite to boost own GPS
The Indian Space Research Organisation (ISRO) successfully launched its next-generation navigation satellite NVS-03 aboard the GSLV-F18 rocket to boost the country’s independent navigation system, Navigation with Indian Constellation, it confirmed on Saturday. The launch took place at 11:51 p.m. local time on Friday from the Satish Dhawan Space Centre in the Sriharikota area of the southern state of Andhra Pradesh. “GSLV-F18 has ...

चालकको निजी विवरण बिक्री गरेको आरोपमा जीएमले २२ करोड डलर तिर्ने
जनरल मोटर्स (जीएम) ले चालकको सवारी चलाउने व्यवहार र स्थानसम्बन्धी निजी जानकारी गैरकानुनी रूपमा डेटा ब्रोकरहरूलाई बेचेको आरोपसम्बन्धी मुद्दा टुंग्याउन ३६ वटा अमेरिकी राज्यलाई २२ करोड डलर तिर्ने भएको छ। सम्झौताअनुसार जीएमले चालकको सवारी चलाउने व्यवहार र स्थानसम्बन्धी डाटा संकलन वा साझेदारी गर्नुअघि उनीहरूको स्पष्ट सहमति लिनुपर्नेछ। यो व्यवस्था कम्पनीले यसअघि क्यालिफोर्निया र अमेरिकी संघीय व्यापार आयोग (एफटीसी) सँग गरेको छुट्टाछुट्टै ...


