भारतका विदेश सचिव विक्रम मिस्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। बुधबार परराष्ट्र मन्त्रालयमा मिस्री र खनालबीच भेटवार्ता भएको हो। भेटवार्तामा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने तथा दुई देशबीच रहिआएको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जनाएको छ।
भारतीय विदेश सचिव मिस्री र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता

Read Complete Original Article
Published originally on नेपालखबर






