काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । बुधबार बिहान काठमाडौं आइपुगेका मिस्रीले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर मन्त्री खनालसँग भेट गरेका हुन् । भेटका क्रममा नेपाल–भारतबीचको बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने तथा दुई देशबीच रहँदै आएको ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउनेलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा विदेश सचिव मिस्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलगायतका विषयमा छलफल हुने बताइएको छ ।
भारतीय विदेश सचिव मिस्रीले गरे परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट

Read Complete Original Article
Published originally on विश्वखबर






