कर्णाली।भारी हिमपातका कारण शे—फोक्सुण्डो गाउँपालिका–८ डोल्पास्थित दानीगढमा फसेका भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ। आज बिहान ६ जना पर्यटकलाई हेलिकोप्टरबाट उद्धार गरेर सकुशल सदरमुकाम दुनै ल्याइएको छ। जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शे—फोक्सुण्डो तालको अवलोकन यात्रा सकेर थप अपर डोल्पाको यात्रामा हिँडेका भारतीय ६ पर्यटकहरु केही दिनदेखिको भारी हिमपातका कारण दानीगढमा फसेका थिए। फसेका पर्यटकहरुमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिहां, डिप्लिना विश्वास र राजेश डी रहेको उनले जानकारी दिइन्। उनले उनीहरुलाई आइतबार उद्धार गर्ने प्रयास भए पनि प्राविधिक समस्याका कारण हुन नसकेको बताइन्।
भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार

Read Complete Original Article
Published originally on नेपालन्युज




![पत्रकार धरपकडबारे संसदीय विशेष समिति गठन गरी छानबिन गर्न कांग्रेसको माग [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/congress-parliament-meeting-83-7-16%20(1).jpeg)

