Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

भारतीय नौसेनाद्वारा समुद्री डाकुको कब्जामा रहेको जहाज मुक्त, २० जनाको उद्धार

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतीय नौसेनाद्वारा समुद्री डाकुको कब्जामा रहेको जहाज मुक्त, २० जनाको उद्धार
Photo / Coverage: पर्दाफास

भारतीय नौसेनाले सोमालियाको उत्तरपूर्वी तटनजिक सशस्त्र समुद्री डाकुहरूको कब्जामा रहेको माछा मार्ने जहाज ‘अजिनी’लाई मुक्त गराएको छ । ४८ घण्टाभन्दा बढी समय सञ्चालन गरिएको समन्वित कारबाहीमार्फत जहाजमा रहेका सबै २० जना चालक दलका सदस्यलाई सकुशल उद्धार गरिएको भारतीय नौसेनाले जनाएको छ । नौसेनाका अनुसार घटनामा कसैको मृत्यु वा चोटपटक लागेको छैन । गत महिना सोमालियाको उत्तरपूर्वी तटनजिक सशस्त्र समुद्री डाकुहरूको समूहले उक्त जहाज कब्जामा लिएको थियो । समुद्री डाकुहरूले जहाजलाई अन्य व्यापारिक जहाजमाथि आक्रमण गर्न प्रयोग गर्न सक्ने जोखिम देखिएपछि भारतीय नौसेनाले कारबाही अघि बढाएको थियो । त्यसका लागि परिचालित युद्धपोतसँगै समुद्री निगरानी विमान परिचालन गरिएको थियो । निरन्तर निगरानीपछि नौसेनाले जहाजको अवस्थिति पत्ता लगाएर त्यसको गतिविधि नियन्त्रणमा लिएको थियो । जहाजलाई भाग्न नदिन गैरघातक उपाय अपनाइएको थियो । भारतीय वायुसेनाको सी–१७ विमानबाट सटीक हवाई अवतरणमार्फत नौसेनाका मरीन कमान्डोसमेत परिचालन गरिएको थियो । समन्वित सैन्य कारबाहीमार्फत जहाज नियन्त्रणमा लिएर समुद्री डाकुहरूको खतरा निष्प्रभावी बनाइएको र चालक दलका सबै सदस्यलाई सुरक्षित मुक्त गरिएको नौसेनाले जनाएको छ । भारतीय नौसेनाले यो सफल कारबाहीले जटिल समुद्री सुरक्षा चुनौती सामना गर्ने आफ्नो तयारी र विभिन्न सुरक्षा निकायबीचको प्रभावकारी समन्वयलाई पुष्टि गरेको बताएको छ । साथै, हिन्द महासागर क्षेत्रमा समुद्री सुरक्षाको पहिलो प्रतिक्रियादाता तथा भरपर्दो सुरक्षा साझेदारका रूपमा भारतको प्रतिबद्धता यसले पुनः देखाएको नौसेनाको भनाइ छ । नौसेनाले समुद्री यात्रुको सुरक्षा, अन्तर्राष्ट्रिय व्यापारका महत्त्वपूर्ण समुद्री मार्गको संरक्षण र हिन्द महासागर क्षेत्रमा सुरक्षित तथा स्थिर समुद्री वातावरण कायम राख्न प्रतिबद्ध रहेको जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कर्णाली करिडोर : वर्षैपिच्छे म्याद थपिने, निर्माण गति नबढ्ने
OthersJust now

कर्णाली करिडोर : वर्षैपिच्छे म्याद थपिने, निर्माण गति नबढ्ने

कर्णालीका दुर्गम बस्तीलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने र भविष्यमा भारत–चीन व्यापारिक मार्गका रूपमा विकास गर्ने उद्देश्यले अघि बढाइएको यो आयोजना निर्माणको नयाँ चरणमा प्रवेश गरे पनि निर्धारित समयमै सम्पन्न हुनेमा शंका छ । ...

अनलाइन खबर
छिमेकीप्रति अविश्वास बढ्ने स्थिति सिर्जना भयो भने नेपालले दबाव थेग्न सक्दैन : प्रदीप ज्ञवाली
OthersJust now

छिमेकीप्रति अविश्वास बढ्ने स्थिति सिर्जना भयो भने नेपालले दबाव थेग्न सक्दैन : प्रदीप ज्ञवाली

१७ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले स्वतन्त्र, सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित एक सेमिनारमा बोल्दै ज्ञवालीले नेपालको भौगोलिक अवस्थिति र ऐतिहासिक पृष्ठभूमिलाई ध्यानमा राखेर कुनै पनि शक्ति राष्ट्रको रणनीतिक समूहमा आबद्ध हुन नहुने बताएका हुन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले, नेपालले… ...

अनलाइन खबर
चीन र भारतसँगको सम्बन्धमा हेलचेर्क्याइँ, गैरजिम्मेवारी र हीनताबोध नगरौं : नारायणकाजी
OthersJust now

चीन र भारतसँगको सम्बन्धमा हेलचेर्क्याइँ, गैरजिम्मेवारी र हीनताबोध नगरौं : नारायणकाजी

१७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले चीन र भारतसँग समान तथा सुमधुर सम्बन्ध कायम गर्नुपर्ने बताएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा ‘भारत विरोधी राष्ट्रवादको युग अन्त्य भएको’ भन्दै दिएको अभिव्यक्तिको आलोचना गर्दै उनले सो धारणा राखेका हुन् । काठमाडौंमा आयोजित एक सेमिनारमा बोल्दै उनले सरकारको नेतृत्व गरिरहेकाहरुले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play